काठमाडौँ, जेठ ३२ गते। एएफसी यु-२२ छनोट चरण प्रतियोगिताको अन्तिम तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल सङ्घ -एन्फा)ले बिहीबार जानकारी दिएको छ।
छनोट चरणअन्तर्गत समूह घको प्रतियोगिता दशरथ रङ्गशालमा शनिबार सुरु हुँदैछ। प्रतियोगितामा सहभागी हुन उज्वेकिस्तान, यमन, जोर्डन र बंगलादेशको टिम टोली नेपाल आइसकेको छ। यस समूहबाट शीर्ष दुई टोली फाइनल चरणमा पुग्नेछन्। नौ दिनसम्म चल्ने प्रतियोगितामा प्रत्येक दिन दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो तीन बजे र दोस्रो खेल बेलुकी छ बजे ˆलड लाइट्समा खेलाइनेछ।
घरेलु टोली नेपालले आप\mना सबै खेल व[mत्रिम प्रकाशमा खेल्नेछ। नेपालले शनिबार बंगलादेश, सोमबार यमन, बुधबार उज्वेकिस्तान र शुक्रबार जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
यु-२२ राष्ट्रिय टोलीका प्रशिक्षक कृष्ण थापाले डेढ महिनाको प्रशिक्षण फलदायी हुने आशा गरेका छन्। प्रतियोगिताअघि अभ्यास खेल खेल्न नपाए पनि तयारी राम्रो भएको छ, प्रशिक्षक थापाले बताए। यु-२२ तयारीको क्रममा एपीएफ, नेपाली सेना र स्थानीय क्लबका साथै नेपालको राष्ट्रिय टिमसँग पनि मैत्री खेल खेलेको थियो।
प्रशिक्षक थापाले सोही मैत्री खेलबाट टिम सेट गरेको जानकारी दिए। नेपाली टिमको कप्तानको जिम्मेवारी भरत खवासलाई दिइएको छ। विकाससिंह क्षेत्रीले उपकप्तानको जिम्मेवारी पाएका छन्।
प्रशिक्षक थापाले बंगलादेश र यमनलाई हराउने र आफूभन्दा माथिल्लो स्तरका जोर्डन र उज्वेकिस्तानविरुद्ध बराबरीको नतिजा निकाल्ने योजना बुनेका छन्। बंगलादेश र यमनको खेल स्तर हाम्रो भन्दा माथि छैन, त्यसैले यी दुई टिमविरुद्ध जितका लागि खेल्नेछौँ, उनले भने।
सुरुका दुई र अन्तिम दुई खेलमा नेपालले फरक रणनीतिमा खेल्ने कथन पनि प्रशिक्षक थापाको छ। उनी भन्छन्, फाइनल चरणमा पुग्न घरेलु टिम पूर्ण तयार छ।