काठमाडौँ, असार १ गते। राष्ट्रपति डा. रामवरण यादवले आफूले संविधानभित्र नै रहेर प्रमुख राजनीतिक शक्तिहरूलाई सहमतिमा ल्याउन प्रयास गरिएको बताउनुभएको छ। उहाँले राजनीतिक दलहरू शक्तिको खेलमा लागेका कारण शान्ति र संविधान निर्माणले पूर्णता पाउन नसकेको विचार व्यक्त गर्नुभएको छ।
पूर्व निर्वाचन आयुक्त वीरेन्द्रप्रसाद मिश्रद्वारा लिखित 'रिभिजिटि्र दी नेपलिज पिस प्रोसेस' पुस्तकको शुक्रबार राष्ट्रपति कार्यालयमा लोकार्पण गर्दै राष्ट्रपति यादवले मुख्य राजनीतिक शक्तिहरूबीच सहमति र सहकार्य नभएसम्म मुलुकको समस्या समाधान हुन नसक्ने स्पष्ट पार्नुभयो।