मानव चेतनशील प्राणी भएकाले स्वभाविकरूपमा जागरुक हुुन्छन्। सबै मानवको चेतनाको स्तर बराबर या समान नहुुन सक्छ। हामी सबैलाई थाहै भएको कुुरा हो, आखिर चेतनाको मुुख्य स्रोत मानव समाज नै हो। मानव अन्तर्निहित चेतना र वाह््य वातावरणको प्र्रभावबाट मानिसहरूलाईर् जागरण पैदा गर्दर्छ।
हामीले समाजबाट कस्तो शिक्षा पाइरहेका छौंं, अर्थार्त् हाम्र्रो भोगाई र शिकाइको मन्थनबाट हामी के गर्दैर्छौंं कता जादैछौं भनी निर्धार्रण गर्दर्छ। मानव चेतनास्तर विश्वको कुना, कुुनामा प्रवाह भइरहेको छ, त्यसमा राम्रा नराम्र्रा सबै कुराले स्थान जमाएका छन््, मात्र हामीले ग्र्रहण गर्नेर् राम्र्रा पक्षले हामीमा सकारात्मक सोचको विकास गर्छर् भने नराम्र्रा पक्षले नकारात्मक सोचको विकास गर्छर्। यसबाट ब्यक्ति, परिवार, समाज र देश नै पछाडि परेको हामी सबैले अनुभव गरी आएका छौं।
समाज विज्ञ्ाानका अनुुसार, समाजमा मेधावी सिकारुको सङ्ख्या दुई देखि तीन प्रतिशत मात्र रहेको छ भने त्यति नै सङ्ख्यामा अवुुझ स्वाँठ सिकारुहरूको छ भने बाँकी सबै मध्यमस्तरका सिकारुहरूको रहेको हुन्छ। अर्थात् मध्यमस्तरका सिकारुहरूको वाहुल्य पाईन्छ।
समाज विज्ञ्ाान भौतिक विज्ञ्ाानझैंं सधैंं सरलरेखामा र सुुत्रवतरूपमा नचल्न पनि सक्छ। यिनै व्यवहार चलनका आधारमा धेरै सुुक्ति उक्ति बने, त्यसैलाई हामीले आत्मसाथ गर्दैर् गर्दैर् आयौं। भनिन्छ नि सबै चम्किला वस्तुहरू सुुन नहुुन सक्छन््, कहिंं कतै फोहोर भित्र पनि मणी लुुकेको हुुन सक्छ। हामी कुनै पनि सफलताको नजिक पुुग्न, विजय प्राप्त गर्न विवेकपूूर्णर् अथक प्रयास आवश्यक पर्दछ।
आजभोलि विश्व समुुदाय विकास वा समाज उत्थानका नाममा विभिन्न तह र तप्काहरूमा धेरै लागि परिरहेको देख्छौंं। यद्यपि त्यसमा अन्तरनिहित योजना र उद्देश्य फरकफरक हुुन पनि सक्लान। त्यस्तै त्यसलाईर् आत्मसात गर्नेर् र हेर्नेर् वा देख्ने दृृष्टिकोणमा पृृथकता हुुनसक्छ। तापनि मानव समाज भित्र गरिने हरेक वस्तुु र प्र्रयासमा सकारात्मक सोचको विकास अवश्य बढिरहेको छ, तथापि समस्याको रूपमा त्यसको पहिचान र अवलम्बन मुूल कुरा हो।
संंस्कृतमा एउटा भनाइ छ "अमन्त्रं अक्षरंं नास्ती, नास्ती मूलष्य औषधं, अयोग्य पुरुषो नास्ती ,नास्ती तत्रं योजनंं" जसको भावार्थर् हुुन्छ — मन्त्र/श्लोक नबन्ने अक्षर हुुँदैन, औषधि नबन्ने बनस्पतिको जरो हुुँदैन, अयोग्य कुुनै मानिस हुुँदैन केवल त्यसलाईर् तारतम्य मिलाउन मात्र अभाव खड््केको हुुन्छ। विज्ञ्ाानले संंसारलाईर् नै एउटै गाउँझ् बनाईदिएको छ आजभोलि। विश्व घटना परिघटनाबारे थाहा पाउन कसैलाईर् कुुर्नुर् पर्दैर्न, तत्काल थाहा पाउनसकिन्छ। मात्र खाँचो छ त हामीमा ज्ञ्ाानको खोज, सकारात्मक सोच र त्यसको ग्र्रहणशीलता। हामी जहिले पनि अरुका पछि पछि दौडेका मात्र हुुन्छौंं, तर हामीले आफूलाई अरुले हेर्ने दृष्टिकोण के छ भनेर कहिल्यै आफूले आफैंंलाई बुुझ्ने कोसिस गरेका छैनौंं, यो एकदमै तीतो सत्य हो। परन्तुु संसारका महान ठानिएका ब्यक्ति विशेषबारे जानकारी राख्नुु, मानिसहरूलाई अभिप्र्रेरित गर्नुर् जस्ता दुुईर्वटा घटानासँगै पाउछौं, त्यसलाईर् हामीमा रहेको ज्ञ्ाानको शक्तिले सफल प्र्रयोग गर्नु मात्र ठूूलो कुुरो हो।
ज्ञ्ाानलाईर् केवल विश्व विद्यालयहरूबाट हासिल हुुने डिग्र्री र प्र्रमाणपत्रसँग मात्र दाँज्नुु पनि हँुदैन। ज्ञ्ाानको निरन्तर अभ्यासबाट सफलताको सिंंढी चढ््नसकिन्छ। ज्ञ्ाान भनेको त समाजको रूपान्तरणका लागि गरिने उत्तम अस्त्र हो। ज्ञ्ाानलाई सही रूपमा प्रयोग गर्नर्सकेमा मात्र त्यसबाट राम्र्रा प्र्रतिफलको आशा गर्न सकिन्छ।
हामीले विश्वको इतिहास पढेका छौं थोरबहुुत बुुझेका पनि छौंं तर पनि त्यसका राम्र्रा पक्षका सार ग्रहण गर्नर् हामी कहींं न कहींं चुकेका छौंं। विश्वका ठूला व्याक्तित्वहरूका जीवनी पढेर त्यसलाई आत्मसात गर्दा विचित्र लाग्दछ।
सामान्य कारिन्दा "अल्वर्ट आइन्स्टाइन विश्वप्रसिद्ध बैज्ञ्ाानिक बनेका थिए। साँझ बिहान खेतिपातीको काम गर्दैर् पढेका किसानका छोरा अब्र्राह्म लिंंकन अमेरिकाको राष्ट्रपति बन्न सफल भए। बाल्यअबस्थामै बिरामी भइ दुुवै खुुट््टा पक्षघात भएका रुजवेल्ट पनि अमेरिकाको राष्ट्रपति बने। विश्व प्र्रसिद्धद्घ लेखिका हेलेन केलर थिइन। त्यसैगरी नाम चलेका ग्र्रीक दार्शर्निक एवं लेखक होमर पनि दृष्टिविहीन थिए। अपाङ्ग अमेरिकी खोजकर्तार् थोमस एडिसनले म्याटि्र्रक मात्र पास गरेका थिए। त्यस्तै भारतका एम एस ओवराय सामान्य कारिन्दाबाट विश्वकै एक ठूलो होटल सञ्जालका मालिक बन्न सफल भए।
भारतका महात्मागान्धी आफू कुुनै औपचारिक पद बेगर नै महान् बने, उनले मानव घाउमा लगाएको मलहम र त्याग एवं समपर्णर् सदा अमर छ। त्यसैले यहाँझ्भन्न खोजिएको के हो भने मानिसको प्र्रसिद्धिमा कुुनै वर्ण, लिंग, उमेर, भूूगोल, योग्यता र वैभवले छेकबार गर्दैर्न।
हाम्र्रो देश नेपालमा पनि यस प्र्रकारका प्र्रेरणादायी ब्यक्तित्व र घटनाक्रम उल्लेख्य छन््।अभावै अभावमा बांचेका लक्ष्मीप्रसाद देवकोटा समकालीन साहित्यका उज्वल नक्षत्र हुन्, उनी त्यत्तिकै महाकवि बनेका होइनन्।
शिक्षा मन्त्री भएर तलब बुुझेर घर फकर्ंदा बाटोमा दीनदुुःखीलाईर् दान गर्दैर् घर पुुग्दा कौडी नभए पनि बाँचेका थिए। घाँसीको प्रेरणबाट भानुभक्त आचार्यर् आदिकवि बने। २८ बर्षर्को कलिलो उमेरमा निधन भएका मोतीराम भट्टले युुवक कविको पहिचान बनाए।
भीमनिधि तिवारीले आफ्नो कृृति आफैंंले कलेजमा अध्ययन गरेका थिए रे, त्यस्तै सिद्धिचरण श्रेष्ठ बीना औपचारिक शिक्षा सबैका मनमस्तिष्कमा रहन सफल भए। मस्तिष्क पक्षघातबाट पीडित झमक कुुमारी घिमिरे नेपाली साहित्य क्षेत्रमा चर्चाको शिखरमा छिन।
समय परिवर्तर्नशील छ, त्यसैले समय संँगसँंगै मानिसका इच्छा, आकांक्षा, सोच तथा काम गर्ने गराउने तौरतरिकामा धेरै नै परिवर्तन देखापरेको छ। समयको गतिशीलता बुुझ्न त्यति सरल सहज पनि छैन्। सवप्रथम आफूलाई त्यसका लागि प्रयत्नशील छ भन्ने ठान्नुपर्छ, निरन्तरताको अध्ययन र परिस्थितिको मूल्याङ्कनबाट मात्र अघि बढ्न सकिन्छ।
हिजोका मूल्य मान्यता र सोचमा आजभोलि ब्यापक परिवर्तर्न आएको पनि छ। मानिसका जीवनकला, आवश्यकता, पेशा र धर्म संस्कृतिमा समेत नयाँ नयाँ परिवर्तन देखा परेको अनुभव गर्नसकिन्छ। मानिसका पेशागत क्षमता र सोचमा समेत विविधता छाएको छ।
आज विश्वको कुनै पनि कुनामा मानिस सहजै पुगिरहेका छन्। चाहे जीविकोपार्जनका लागि होस् चाहे स्वास्थ्य परीक्षण या पर्यटकका रूपमा होस्। एउटा कुनाको पर्यटकले विश्वको कुना कुनासम्म पुगेर विश्व परिवेशका विविध कला, धर्म, संस्कृति र प्रकृतिको भरपुर मनोरञ्जन उपयोग गरिरहेको देख्न सुुन्न पाइन्छ। यसबाट मानिसले नयाँ नयाँ ठाउको नयाँ नयाँ कुुराको अनुुभव र जानकारी लिइरहेको छ। á