Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
बन्दविरुद्ध अभियान
दुर्गा घिमिरे
 

गणतान्त्रिक नेपालमा अहिले नेपाल बन्दका घटनाा उल्लेखनीय वृद्धि भइरहेको छ। सबै जसो राजनीतिक पार्टीहरू, तिनका भातृसङ्गठनहरू, विभिन्न जात जातिका सङ्गठनहरू सबैले आˆना माग पूरा गर्न आयोजना गर्ने गरेको बन्दले जनता आजित भइसकेका छन्। बिचरा जनता विवश भएर हरेक बन्दलाई चुपचाप सहन्छन्। चाहेर पनि उनीहरू कुनै पनि प्रतिकार गर्न सक्दैनन्।

बन्दकर्ताहरूले बन्दको दिनमा गर्ने गरेका असामाजिक क्रियाकलापहरूले सहनेभन्दा अर्को कुनै उपाय पनि त छैन नि ? ठूला राजनीतिक पार्टीहरूले बन्दलाई आˆनो माग पूरा गर्ने बिरोध गर्ने दरिलो हतियार नै बनाएका छन्। बन्दबाट जनता आजित नै भइसकेका छन।

सबैको एउटै गुनासो सुनिन्छ यो बन्दको संस्कृतिको कहिले अन्त

होला ? बन्दका विरुद्ध सबैको दरिलो आवाज कहिले आउने होला ? गत वैशाख र जेष्ठमहिनामा भएको नेपाल बन्दले त जनतालाई ठूलो पीडा भएको कुरा धेरैले अनुभव गरेको हुनुपर्दछ। झन् सुदूर पश्चिममा भएको झन्डै दुई हप्ताको बन्द र त्यसले जनजीवनमा पारेको नकारात्मक प्रभावलाई मूल्याङ्कन गर्ने हो भने त्यसले धेरै क्षेत्रमा नराम्रो प्रभाब परेको देखिन्छ।

बन्दले विशेष गरेर प्रभाव पार्ने वर्गहरू हुन मजदुरी गर्ने वर्गहरू जो दिनभरी काम गर्दछन र आˆनो दिन भरको कमाइले कमाएको ज्यालाको भरमा आफू र आˆनो परिबारको ज्यान पाल्ने गर्दछन्। लगातार बन्द हुँदा तिनका परिवारले भोकै भोकै सुत्नुपरेको कुरा उनीहरू बताउछन।

बेला बेलामा हुने नेपाल बन्द, देशभित्र काम पनि केही नपाउने भएकाले नेपालमा बस्न धेरै अप्ठ्यारो भएको कुरा युवाहरू बताउँदछन्। उनीहरू यस्ता परिस्थितिले गर्दा आˆनो देश छोडेर विदेशिन बाध्य भएको बताउँदछन्। यो लगातार बन्द यो अवस्थाको जिम्मेबारी कसले लिने ? नत बन्द कर्ताले नै लिएको छन् न त राजनितिक पार्टीहरू र तिनका भात्रीसङ्गठनहरू ले नै लिने गरेका छन।

बन्दकर्तालाई न त जनताको समस्यासँग कुनै सरोकार देखिन्छ न त बन्दले देशको आर्थिक अवस्थामा पारेको प्रभावको नै कुनै सरोकार दैखिन्छ। आˆनो स्वार्थ पूरा गर्न कसैले पनि बन्दलाई हतियार बनाएर अर्कालाई दुःख दिनुहुँदैन भन्ने अवधारणाको विकास भएको देखिदैन।

नेपाल भन्द अहिलेको नेपालमा राजनीतिक संस्कृति नै भइसकेको छ। यस क्षेत्रमा काम गर्न उद्योग व्यवसायीहरू सबैको एउटै गुनासो छ, बन्दले गर्दा उद्योगधन्दाहरू सबै धरासायी भइसकेका छन्। एक दिनमात्र बन्दको हिसाब गर्ने हो बने बन्दले गर्दा झन्डै एक अर्बदेखि डेढ अर्ब रुपियाँको नोक्सानी हुने गर्दछ जुन निकै नै ठूलो रकम हो। यसैले पनि सबै राजनीतिक पार्टीका नेताहरूले बन्द गर्दा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।

यसलाई गम्भीररूपमा लिनु धेरै जरुरी छ। बन्दको कारणबाट अनाहकमा जनताले औषधी उपचार गर्न नपाएर आˆनो ज्यानसमेत गुमाउनेको सङ्ख्या पनि धेरै छ। यस्ता मानव अधिकारविरोधी कार्यहरूको सबैतिरबाट निन्दा पनि हुनुपर्दछ। हरेक लामो बन्दहरूमा किसानहरूले व्यक्त गरेको आक्रोश शैली अझ अनौठो छ।

आˆनो बारीमा फलेको तरकारीहरूलाई बजारमा बेच्न नसक्ता निराश भएर सडकमा मिल्काउने गरेका घटनाहरू, दूध जस्ता अति आवश्यक चिजहरू बन्दका कारणबाट बिक्री गर्न नसक्दा सडकमा फालेर व्यक्त गरेको आक्रोश कति संवेदनशील छन्। त्यो हामी सबैले अनुमान गर्नसक्दछौ।

अबको दिनका द्वन्द्वलाई सदाको लागि अन्त्य गर्न सबैले प्रतिबद्ध हुनुपर्दछ। अर्बका दिनमा बन्दको बिकल्पबारे व्यापक रूपमा छलफल बिचार बिमर्श हुनुपर्दछ र विशेष गरेर पार्टीहरू तिनका भातृसङ्गठनहरू र विभिन्न जातीय संस्थाहरूले अर्बका दिनमा बन्दका कार्यक्रमहरू नगर्ने घोषणा गर्नु जरुरी छ।

प्रजातन्त्रमा आप\mना माग राखनु नराम्रो कुरा होइन तर शान्ति पूर्णतरिकाबाट आˆना मागहरूलाई राख्नुको बदला बन्दलाई हतियार बनाऐर अरुलाई दुःख दिनु चाहिँ राम्रो होइन जनताले पनि अब भोट माग्न जाने नेताहरूलाई प्रश्न गर्न सक्नु पर्दछ कि अबका दिनमा आˆनो पार्टीले बन्दका कार्यक्रमहरू गरेर जनतालाई दुःख दिने कि नदिने ?

सबैभन्दा महìवपूर्ण कुरा युवा जमात बन्दका विरुद्ध सङ्गठित हुनु जरुरी छ, विभिन्न सामाजिक सञ्जाल मार्फत सङ्गठित भएर बन्दको प्रतिकार गर्नु आवश्यक छ।नगरिक समाजहरूले नेपालमा बेलाबेला शान्ति र सामाजिक सद्भावका लागि र्‍यालीहरू गर्ने गरेका छन। बन्दकाविरुद्ध पनि यस्ता अभियान गर्नु जरुरी छ हामी अहिले विकासको दृष्टिले धेरे पछाडि परिसकेका छैां। सबैले बन्दको सस्कृतिलाई त्यागेर कसरी देशलाई द्रुतगतिमा विकास गर्नसकिन्छ, त्यसतर्फ ध्यान दिनु जरुरी छ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px