'चाहिदाको भाँडो, नचाहिदाको ठँाडो ' भन्ने उखान भनाइमा मात्र नभई व्यवहारमा नैं प्रयोग भएको पाइन्छ। जुन कुरा त्यति राम्रो होइन। यहाँ यस उखानलाई ज्येष्ठ नागरिकसँग हामी नेपालीहरूले गर्दै आएको व्यवहारलाई साङ्केतिकरूपमा तुलना गरेर संक्षिप्त वर्णन गर्ने जमर्को गरिएको छ।
भर्खर जन्मेको अबोध बालबालिकालाई किशोरकिशोरी, युवा-युवती एवं प्रौढसम्म पुगाउन अहोरात्र परिश्रम गर्दै आफू ज्येष्ठ नागरिकतर्फ पदार्पण गर्ने नियमित प्रक्रियामा आबद्ध हाम्रा बाबुआमाको अपूरणीय देनलाई हामीहरूले त्यति महत्त्वकासाथ बुभ\mने गरेका छैनौं भन्दा अत्युक्ति नहोला।
शारीरिक हिसाबले ऊर्जाशील र आर्थिक हिसाबले आर्जनशील हुँदासम्म ज्येष्ठ नागरिकलाई घरपरिवार, समुदाय र राज्यले समेत केही न केही वास्ता गरेको हुन्छ जब उनीहरू घरपरिवार र समुदायको लागि केही दिन नसक्ने अवस्थामा पुग्छन् र अरूको स्याहार सम्भारमा बाँच्न बाध्यकारी अवस्थामा पुग्छन् अनि सबैतिरबाट व्यवस्था र अपहेलितको व्यवहार भोग्नथाल्छन्। अथवा अरूको लागि भार अनुभव हुनजान्छन्। वास्तवमा ज्येष्ठ नागरिक जब शारीरिक हिसाबले केही गर्न नसकि एकै ठाउँमा बसेर दिन बिताउने अवस्थामा पुग्छन् त्यतिखेर उनीहरूलाई साँच्चै एक जीवित इतिहास एवं भूतकालका बिबिध अनुभवका जीवित भण्डारका रूपमा सदुपयोग गर्न विशेष ख्याल गरेर सम्मानपूर्वक रेखदेख र स्याहार सम्भार गर्नु गराउनु पर्ने हो। तर बिडम्बना नैं भन्नु पर्छ ज्येष्ठ नागरिकको जतिजति उमेर अवस्था घन्किँदै जान्छ र शारीरिक एवं मानसिक दुवै खाले कार्यमा निस्त्रिmय हुन्छन् अनि आप\mनै परिवारजन, आफन्त, छरछिमेकी र समुदायले समेत अनेक प्रकारका कमीकमजोरी औंल्याउँदै छिछि र दुरदुरको व्यवहार गरिन्छ। नानाथरिका नकारात्मक कुरासँग जोडेर मानमर्दन हुनेगरी हेलाहोचो गर्ने काम सुरु हुन्छ र नकारात्मक आशयका उपमा पनि दिने कामको थालनी हुन्छ। जस्तै ः 'गोरु बूढो भए भिर खोज्छ, मान्छे बूढो भए निहुँ खोज्छ '। ' बूढाबूढी र बालबालिका एउटै हुन्' आदि।
बूढाबूढीले जेनतेन आप\mना वास्तबिक समस्या राखिरहदा पनि नकारात्मकरूपले अर्थ लगाइ हल्का ढङ्गले लिने गरिन्छ। जसले गर्दा उनीहरूको मनोविज्ञानमै झन नकारात्मक असर पर्न गइ घरपरिवार र समुदायबाट टाढिन पुग्छन्। यसबाट ज्येष्ठ नागरिकप्रति न्यून चेतना प्रदर्शित भएको बाहेक अरू केही होइन भन्न सकिन्छ। आप\mनो कुराको न्यूनतम पनि सुनुवाइ नभएको र आफूप्रति भए गरेका दुव्र्यवहारलाई सहन नसकेको अवस्थाबाट नैं कैयौं ज्येष्ठ नागरिक घरपरिवार र समुदायबाट अलगिएर वेवारिसे जीवन व्यतीत गर्दै अकालमा समेत ज्यान गुमाउनुपरेका कैयौं घटना पाइन्छन्।
अर्कोतिर सबै हिसाबले सम्पन्न घरपरिवारका सन्ततिहरूले ज्येष्ठ नागरिकको रेखदेख एवं स्याहार सम्भारका कुरालाई झन्झटपूर्ण ठानेर राम्रो सेवासुबिधाका लागि भन्दै कुनै सङ्घसंस्था एवं वृद्धाश्रममा लगेर राख्ने र आफु जिम्मेवारीबाट उम्किने गरेको पाइन्छ। यसो भनि रहदा सम्पूर्ण रूपमा अरूबाटै दुव्र्यवहार हुने गरेको कारणबाट मात्र ज्येष्ठ नागरिकको दुर्दशा हुने गरेको भन्न खोजेको भने होइन।
अपबादको रूपमा घरपरिवारबाट राम्रो व्यवहार हुँदाहुँदै पनि एकाध बूढाबूढी साँच्चै निहुँ खोजेर आफै आफन्त, सङ्घसंस्था र वृद्धाश्रम धाएर बाँकी जीवन व्यतीत गरेका घट्ना पनि भेटिने गरेका छन् तर आमरूपमा सम्मानित जीवन व्यतित गर्दै बस्नुपर्ने बेलामा न्यूनतम मानवीय व्यवहार पाउन नसकेर धेरैजसो बूढाबूढीले कष्टकर जीवन बिताउने व|mममा अकालमा समेत ज्यान गुमाउनुपरेका र सामाजिक कुसंस्कारको सिकार समेत बन्नुपरेको दुःखद घटनाहरू व्यापकरूपमा पाउने गरिन्छ। समाजका सम्मानित व्यक्ति भएर बस्नु पर्ने र घरपरिवार, समुदाय एवं राज्यलाई बिगतका विबिध पक्षका अनुभवका आधारमा सल्लाह, सुझाव दिने अवस्थामा ती ज्येष्ठ नागरिकले नारकीय जीवन व्यतित गर्ने अवस्थामा पुग्नु पुगाउनु सबैका लागि साह्रै लाजमर्दो विषय हो। यसो भन्दाभन्दै पनि २१ औं शताब्दिमा संसार एउटा गाउँको रूपमा परिणत हुने कुरा चुनौतीको विषय बन्न गएको यथ्ाार्थलाई स्वीकार गर्नैपर्दछ।
दिनप्रतिदिन नयाँ संस्कृतिको आगमन भइरहेको छ र त्यसले हाम्रा कैयौं पुराना मूल्य मान्यतालाई विस्थापन पनि गरिदिएको छ। फलतः नयाँ पुस्ता र पुरानो पुस्ताबीचको पारिवारिक दूरी बढाइ दिएको
छ। जसले गर्दा पारिवारिक बनोट खण्डित भइ एकल परिवारमा परिणत हुनपुगेको पाइन्छ। यसलाई पनि ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारसँग जोडेर हेर्नैपर्ने अवस्था छ।
नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकको किटानी यहाँको संबिधान एवं ऐन, कानुनले कसरी गरेको छ त भन्ने कुरातर्फ विचार गर्ने हो भने ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा ज्येष्ठ नागरिकको उमेर ६० बर्ष तोकिएको छ तर सोही ऐनको नियमावलीको नियम १४ क मा ज्येष्ठ नागरिकको उमेर ७० वर्ष उल्लेख गरिएको छ। यसैगरी ज्येष्ठ नागरिक सामाजिक सुरक्षा कार्यव|mम सञ्चालन कार्यबिधि २०६५ मा मन्त्रिपरिषदको निर्णय अनुसार ७० वर्ष उमेरको हद तोकिएको छ।
यो बिरोधाभासको अवस्थालाई राज्यले यथाशक्य चाँडो निराकरण गर्नुपर्ने देखिन्छ यसै कुरालाई अन्तराष्ट्रिय स्तरमा जोडेर हेर्दा विश्व स्वास्थ्य सङ्गठनले ६० बर्ष माथिको उमेर समूहलाइ ज्येष्ठ नागरिक भनेर परिभाषित गरेको पाइन्छ। आजको २१ औं शताब्दीको यस घडीमा आइपुग्दा पनि विकसित एवं अल्पविकसित सबै देशहरूमा ज्येष्ठ नागरिकहरूले घरपरिवार, समुदाय एवं राज्यको तर्फबाट गरिने दुव्र्यवहारका कारण उनीहरूले अनेक खाले दुःख कष्ट झेल्न परिरहेको अवस्था बिद्यमान छ, केवल मात्रामा मात्र फरक भेटाउनसकिन्छ।
यही वास्तविकताका कारणले नैं ज्येष्ठ नागरिकको उचित व्यवस्थापनमा ध्यान आकषिर्त गर्ने ध्येयले नैं संयुक्त राष्ट्र सङ्घले उनीहरूको स्वतन्त्रता, सहभागिता, हेरविचार, आत्मपरिपूर्ति, सम्मान जस्ता स्थापित सिद्धान्तहरू प्रतिपादित गरी आप\mना सदस्य राष्ट्रहरूलाई प्रवाहित गरेको छ। यसबाट उनीहरूका राटि्रय कार्यक्रममा समेट्नका लागि प्रोत्साहित गरेको छ। यसका साथै ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारका बिबिध पक्षमा चेतना अभिबृद्धि गरी त्यस्ता क्रियाकलापहरू न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले विभिन्न सरकारी तथा गैर सरकारी निकायमार्फत काम गरिरहेको पनि पाइन्छ। यस्तै प्रयासको फलस्वरूप विश्वभर हरेक वर्षको जुन १५ का दिन 'ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको चेतना दिवस 'मनाउने गरिएको छ। अझ भन्ने हो भने हाम्रो देशको विगत दश वर्षे द्वन्द्वकालको समयमा आप\mनो ज्यानलाइ बाजी लगाएर पनि घरगृहस्त, खेतबारी र अरू सम्पत्ति जोगाउने काममा ती ज्येष्ठ नागरिको नै मुख्य देन रहेको कुरालाई पनि सबैले सम्झनु पर्दछ। यी सबै आधारमा भन्नुपर्दा ज्येष्ठ नागरिकको उच्च सम्मान र रेखदेख उनीहरूको घरपरिवार र अंसियारको मुख्य हुनुपर्ने देखिन्छ। त्यसपछि राज्यले उनीहरूप्रति हुने दुव्र्यवहारलाई निराकरण गर्ने र उचित स्याहार सम्भारमा यथोचित ढङ्गले ध्यान पुर्याउनैं पर्दछ।
अतः ज्येष्ठ नागरिकको उचित व्यवस्था हुनुपर्दछ। व्यवस्थामा सहयोग पुर्याउने हेतुले राज्यको तर्फबाट केही कार्यहरू गनुर्, गराउनु पर्दछ। जस्तै ः १.देश भरिका ज्येष्ठ नागरिकको यथार्थ तथ्याङ्क सङ्कलन गर्नुपर्दछ। २. केन्द्र र जिल्लामा ज्येष्ठ नागरिक श्रोतकेन्द्र स्थापना गर्नुपर्दछ। ३. अब बन्ने देशको नयाँ संविधानमा स्वास्थ्य, शिक्षा, पालन पोषण, सम्पत्ति उपभोग एवं शोषण विरुद्धका कुराहरूलाई मौलिक हकको रूपमा विशेष व्यवस्था गरिनु पर्दछ। ४. विद्यालय तथा उच्च शिक्षा तहसम्म ज्येष्ठ नागरिक सम्बन्धी बिषय समाबेश गर्नु पर्दछ। ५. ज्येष्ठ नागरिक विकास कार्यक्रम नियमित सञ्चालन गरिनुपर्दछ।
६. गाउँ, गाउँमा सङ्गठन निर्माण गर्नुपर्दछ। ७. ज्येष्ठ नागरिक अस्पताल र पुस्तकालय स्थापना गर्नुपर्दछ। ८. विभिन्न प्रकृतिका जिम्मेवारी दिने र नीति निर्माण गर्ने सवालमा ज्येष्ठ नागरिकको समाबेशीकरणको व्यवस्था गरिनुपर्दछ।