Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
जलवायु परिवर्तनको असर
होमप्रसाद लम्साल
 

विकसित र विकासशील राष्ट्रहरूमा तीव्र्र गतिमा भइरहेको विकास निर्माण कार्यहरूले गर्दा पृथ्वीको वायुमण्डलमा जम्मा भइरहेको कार्बन डायअक्साइडको कारण जलवायु परिवर्तनका नराम्रा असरहरू देखिन थालेको छ। जसको प्रभाव स्वरूप हिमशृङ्खला पग्लने, सामुदि्रक सतह बढ्ने र मौसम परिवर्तनका असामान्य स्थिति देखा पर्न थालेपछि त्यसबाट बच्न विश्व समुदाय नै एकजुट हुन थालेको छ।

नेपालको सन्दर्भमा पछिल्लो समयमा देखिएका जलवायु परिवर्तनको स्वरूप असारको थालनीमा पनि पानी नपरेर उग्र गर्मी भइरहेको छ। त्यति मात्र होइन कि नेपालको पश्चिम क्षेत्र पोखरामा गत महिना पानी नपरिकन आएको हिउँ पहिरो आउनुले पनि प्रमाणित भइनसके पनि जलवायु परिवर्तनको असरका रूपमा लिइएको छ।

विगत केही वर्ष यता देखापरेको जलवायु परिवर्तनको असर सबैले बेहोरिरहे पनि सबै तह र तप्काले कारण पत्ता लगाउन सकेको थ्ािएन। यद्यपि वैज्ञानिकहरूले त्यसका कारण र समाधानका उपायहरूबारे निकै अघिदेखि नै अनुसन्धान गरिरहेका छन्।

वैज्ञानिकका अनुसार जलवायु परिवर्तनका कारण पेट्रोलियम पदार्थ, ग्यास र कोइलाबाट निस्केको तातो हावा र कार्बनडाइअक्साइडका कारण भू-मण्डलको उष्णीकरणले हिमनदीहरू सुक्नु र सामुदि्रक किनारा बढ्नुको साथै जलवायु परिवर्तन भएकोले त्यसको न्यूनीकरणका लागि गि्रन हाउसको वृद्धि गर्ने र वनजङ्गल बढाउनुको साथै कार्बनडाइअक्साइडको मात्रा कम गर्ने सवारी साधनको प्रयोग गर्नु पर्दछ।

मूलतः त्यसका लागि सबै मुलुकले उत्तिकै सावधानी अपनाउनु जरुरी हुन्छ। पूर्व अमेरिकी उपराष्ट्रपति अल गोरले आफ्नो रोक्न नसकिने सत्य नामक शोधपत्रमा जलवायु परिवर्तनबारे उल्लेख गरिएको विषयले नोवल शान्ति पुरस्कार नै प्राप्त गरेपछि त्यस विषयले संसारभर व्यापकता पायो। जुन शोधपत्रमा उल्लेख गरिएका विषय तथ्यमा आधारित मात्र भएन कि त्यसमा किटान गरिएका कुरा शतप्रतिशत सत्य सावित हुँदै गएका छन् र आज तिनै विषय विश्वका वैज्ञानिकहरूका लागि चुनौतीपूर्ण मात्रै बनेको छैन, त्यसबाट जोगिने उपायको खोजीमा समय खर्चिनु परेको छ।

सन १८६० देखि पृथ्वीको तापमान नाप्ने क्रम सुरु भए यता सन् १९९० को दशक सबैभन्दा गर्मी सावित भयो। सन् २००० को दशक अझ बढी तातो हुँदैे गएको वैज्ञानिक परीक्षणले पुष्टि गरेको छ। यस बीचमा ०.६ सेन्टिमिटर तापक्रम बढिसकेको जनाइएको छ। यसैगरी समुन्द्र र जमिन दिन प्रतिदिन तातिइरहेको प्रमाण सर्वसाधारण जनताले समेत अनुभव गर्न थालेका छन्। त्यस्तै वषर्ा हुने प्रक्रियामा परिवर्तन आएको छ। वषर्ातको समय परिवर्तन मात्रै भएको छैन विपरीत र असामान्य वषर्ा हुन थालेका छन्। हिमाली क्षेत्रमा हिउँ पर्न छाडेको छ भने भएका हिमाल पग्लेर हिमनदीको बहाव घट्न थालेका छन् भने समुन्दिक सतह बढ्दो छ। गि्रनल्यान्डबाट हालको हिउँ पग्लने दर ०.५ एमएम प्रतिवर्ष घटेको वैज्ञानिक तथ्यले पुष्टि गरेको छ। हिउँ पग्लेर सामुदि्रक सतह बढेको कारण कैयन देशको र ठूला सहरको भविष्य नै खतरामा पर्दै गएको छ। माल्दिभ्सका सम्पूर्ण भू-भाग १० वर्षपछि डुब्न सक्ने अनुमान वैज्ञानिकहरूले गरेको छ। जलवायु परिवर्तनले पानीका स्रोतहरू, वन, जीव परिवृत्ति प्रणाली -इकोसिस्टम), जैविक विविधता, कृषि, भौतिक वातावरण र मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ। जसरी तापक्रम वृद्धिको प्रभाव सबैतिर परेको छ, त्यसैगरी भौतिक र जैविक वातावरणमा परेको पाइन्छ। उदाहरणका रूपमा हिमनदीहरू सुुक्न थालेका छन् भने हिमभण्डार टुक्रिँदै खुम्चिँदै बग्न थालेका छन्।

हिउँदपछिका महिनाहरूमा सामान्यभन्दा ठण्डा र बढी हिमपात र असिना वषर्ा हुने, वनस्पति छिटो फुल्ने र बढ्ने प्रक्रिया देखिएको छन्। त्यसैगरी होचो ठाउँमा पाइने जीव, वनस्पति र कीट प्रजाति अग्लो ठाउँतिर फैलिँदो अवस्थामा छन्। हिमाली जिल्लाहरूमा पनि लामखुट्टेको प्रकोप बढेर जनस्वास्थ्यमा प्रभाव पर्न थालेको छ, जसको कारण गर्मीबाट हुने मृत्युदरमा वृद्धि, उच्च ठाउँमा पनि लामखुट्टेको कारण मलेरिया, पानीबाट उत्पन्न हुने र सरुवा रोगको प्रकोप बढ्नुको साथै शीत प्रदेशीय क्षेत्रमा ठण्डीबाट हुने मृत्युदरमा कमी हुन थालेको छ। साधन स्रोत कम भएका कारण गरिब देशहरू र त्यहाँका गरिब जनता जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने निश्च्िात छ। आइपर्ने समस्याको सामना गर्ने साधन स्रोतको कमीका कारण जीवनस्तरमा गम्भीर धक्का लाग्न थालेको छ। उच्च पहाडी गाउँघरहरूमा खेतीपातीको समयमा कम पानी पर्ने र अरू बेलामा पानी पर्ने जस्तो असामान्य वषर्ाले कृषि क्षेत्रमा समस्या देखा परेको छ।

यस वर्ष पानी नपरेपछि एकतिर मकै खेतीमा असर परेको छ भने धान रोप्ने बेलामा पनि वषर्ातको अभाव देखिएको छ। त्यसबाट खेती पातीमा असर पर्ने देखिन्छ। त्यसैले गर्दा खाद्यान्न सङ्कट उत्पन्न हुने देखिएको छ। माटोले बनेका परम्परागत घरहरू छिटो खिइन थालेका छन् भने त्यसको ताजा उदाहरण मुस्ताङमा हिउँ थोरै, पानी धेरै पर्न थालेका कारण माटोले बनेका परम्परागत घरहरू छिटो भत्किन थालेका छन्।

स्थानीय बासिन्दा यस्ता समस्याबाट जोगिन जस्तापाताको छाना छाउने गरी फरक ढाँचामा घर बनाउन थालेका छन्। त्यस्तैगरी तीव्र रूपमा हिउँ पग्लिएर ताल बन्दै छन्। हिमनदीले प्रतिवर्ष १० मिटरको दरले ठाउँ छोड्दै गएको अध्ययनहरूबाट देखिएको छ। जसले गर्दा हिमाली क्षेत्र र हिमतालहरूमा प्रभाव परेको छ। हालैका वर्षहरूमा हिमनदीहरू खुम्चने वा सुक्ने प्रक्रियामा वृद्धि भएका छन्।

भ्ाारतमा हालै भएको एक अध्ययन अनुसार सन् २०३५ सम्ममा प्रायः सबै हिमनदी लोप हुने अनुमान गरिएको छ। त्यसै गरी हाम्रो जस्तो जैविक विविधता र पहाडी पर्यावरण, पहाडी वनस्पतिमा जलवायु परिवर्तनको असरले ठूलो समस्या पार्ने देखिएको छ। हिमालमा वनस्पति रेखा, प्रजातिहरूको वितरण अनुपात वा सघनत्वमा बदलिएको छ। स्थानीय वनस्पतिमाथि बाहृय प्रजातिको प्रभाव बढ्दो रहेको छ।

कृषिमा पनि जलवायु परिवर्तनको प्रभाव पर्न थालेपछि हाम्रो जस्तो कृषिप्रधान मुलुकका किसान गम्भीर मर्कामा पर्ने भएका छन्। पानी, माटोमा चिसोपनाको मात्रा, परागसेचन क्रिया, माटोको तापक्रम जस्ता आधार तìवमा आएको परिवर्तनका कारण कृषि उत्पादकìवमा कमी हुन थालेको छ। वषर्ाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बालीे चक्रको सन्तुलनमा खलल पुग्न गई खेत गर्ने प्राणलीमा परिवर्तन गर्नुपर्ने चुनौती देखिन थालेको छ।

सुख्खा हिउँदको उच्च भू-भागको पर्यावरणमा थप दबाब पर्नेहँुँदा जटिलता बढ्दै जानेछ। यसको असर खाद्य सुरक्षालगायत स्वास्थ्य र जैविक विविधतामा पर्ने निश्चित छ। जलवायुमा आएको परिवर्तनसँगै समुदायहरूको क्रियाकलापमा पनि परिवर्तन आएको छ। पानीको समस्यासँग जुध्दै हिउँदमा हुने गरेको हिउँ पर्ने दिन र मात्रामा कमी हुनाले हिम भण्डार खस्कँदो स्थितिमा पुगेको छ भने सुख्खायाममा पानीका लागि नयाँ स्रोतको खोजी गर्नुपर्ने अवस्था देखिन थालेको छ। त्यस्तै आकाशेपानी सङ्कलन प्रविधिको प्रयोग बढाउनेतर्फ ध्यान दिनुपर्ने अवस्था बढेर गएको छ भने पानी थोरै चाहिने बाली लगाउने, जोखिम कम गर्न वैकल्पिक आम्दानीका स्रोतको खोजी गर्नुपर्ने स्थिति टड्कारो देखिएको छ।

ज्ालवायु परिवर्तनका कारण त्यस समस्याबाट उन्मुक्ति पाउन केही राम्रा पहल सुुरु भएका छन्। ज्ास्तो स्वच्छ ऊर्जा बिजुली, गोबरग्यास, सौर्य प्रविधिको प्रयोग बढ्नु राम्रो सङ्केत हो। वन संरक्षण र विस्तार, वस्तुको पुनः प्रयोग बढाउन सके वातावरणलाई उल्लेख्य योगदान पुग्नेछ। नेेपालको सामुदायिक वन विश्वका लागि नै उदाहरण भएको र यसको चिनारी बनिसकेको हुनाले कार्बन व्यापारको सुविधा पाउन सके फाइदा लिन सक्ने देखिन्छ। उदाहरणका लागि नेपालका दस लाख हेक्टरभन्दा बढी क्षेत्र ओगटेको सामुदायिक वनले बर्सेनि करिब ५० लाख टन कार्बन उत्पादन गर्छ, जसको अन्तर्राष्ट्रिय मूल्य कम्तिमा ५ करोड डलर हुन्छ। त्यस्तेा अवस्थामा हामीले गम्भीर बन्नु जरुरी छ।

आफूले प्रयोग गर्ने प्रविधि स्वच्छ ऊर्जामा आधारित हो कि होइन विचार गरौँ- सुधारिएको चुलो, गोबरग्यास, सौर्यप्रणाली, जलविद्युत् स्वच्छ ऊर्जाको प्रयोग बढाउनु जरुरी छ। त्यस्तै कार्बन शून्य घर, कार्यालय र व्यवसायको पक्षमा उदाहरण बन्दै वकालत गर्न जरुरी भएको छ विकास संरचना बनाउँदा, बाढी, खडेरीका घटनालाई विचार गरेर डिजाइन गर्न आवश्यक भइसकेको छ। दिगो वन व्यवस्थापनबाट काठको खपत बढाउन सकिएको खण्डमा त्यसबाट पनि वातावरणमा सुधार गर्नसकिन्छ। हरितगृह ग्यास कम गर्न वैकल्पिक ऊर्जा, गोबरग्यास प्लान्ट बढाउन सकिन्छ। नेपालमा करिब २ लाख गोबरग्यास प्लान्ट सञ्चालनमा रहेको छ भने करिब २० लाख प्लान्टको सम्भावना छ। त्यस्ता सम्भावनालाई बेलैमा प्रयोग गर्नसके प्रभाव कम पर्ने निश्चित छ। त्यस्तै कार्बन व्यापार एउटा नया सम्भावना हो। एक टन कार्बन ५ देखि १५ डलरसम्ममा बेच्न सकिने भएकाले त्यसतर्फ पनि विशेष ध्यान दिनु जरुरी देखिन्छ। त्यस्तैगरी गोबरग्यास प्लान्टका प्रयोग गर्दाका फाइदाहरूमा यसले वन पनि जोगाउँछ अनि हरितगृह ग्यास पनि कम गर्छ। एउटा गोबरग्यास प्लान्टले करिब २ टन कार्बनडाई अक्साइड प्रतिवर्ष हावामा मिसिनबाट जोगाउँछ। खाना पकाउने सुधारिएको चुलोको कुरा गर्ने हो भने त्यसले पनि वातावरण सुधारमा उल्लेख्य सहयोग पुर्‍याउँछ।

एउटा रूख ५० वर्ष जीवित रहन्छ। त्यो रूखले अक्सिजन उत्पादन गर्छ। सो एउटा रूखबाट मात्रै ८ लाख ५० हजार मूल्यको अक्सिजन उत्पादन हुन्छ। सोही रूखबाट १० लाख मूल्यको माटो मल बन्छ भने १० लाख मूल्यको भू-क्षय नियन्त्रण गर्दछ। त्यसैगरी १७ लाख मूल्यको वायु प्रदूषण नियन्त्रण गर्छ र फलफूल र हरियो सागपातबाहेक पशु पक्षीको लागि ८ लाख ५० हजार मूल्यको आश्रय प्रदान गर्छ। एउटा हुर्किएको रूखले २ टन पानी सङ्ग्रह गर्न सक्छ जसले भाँडोमा जम्मा गर्न लायकको पानीको स्रोतको निर्माण गर्दछ। तसर्थ, एउटा रूख काटिनु भनेको रु. ५१ लाखभन्दा बढिको खुद क्षति हुनु हो भन्ने अध्ययनले पुष्टि गरेको छ। वनस्पतिहरू कार्बन डाइअक्साइड धारण गर्ने प्राकृतिक रक्ष्यान भएकाले एउटा रूखले उसको जीवनकाल -१०० वर्ष)मा एक हजार किलोग्राम कार्बन डाई अक्साइड सोसेर लिन सक्छ। त्यसैले वातावरणको कार्बन डाई-अक्साइड घटाउने एउटा सरल, कम खर्चिलो र उपयुक्त उपाय हो।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px