काठमाडौँ, असार १ गते। एएफसी यु-२२ छनोट चरणको फुटबल खेलमा नेपाल 'ठोक र रोक'को रणनीतिमा मैदानमा उत्रने भएको छ।
नेपाली टिमका प्रशिक्षक व[mष्ण थापाले शुक्रबार आयोजित पि्रम्याच कन्प|mेन्समा 'ठोक र रोक'को रणनीतिअनुरूप बंगलादेश र यमनविरुद्ध जितका लागि तथा उज्वेकिस्तान र जोर्डनसँग बराबरीमा खेल्ने रणनीतिमा बनाएको बताए। प्रशिक्षक थापाले बंगलादेश र यमनलाई नेपालकै स्तर तथा उज्वेकिस्तान र जोर्डनलाई तुलनात्मकरूपमा बलियो मानेका छन्। उनी घरेलु मैदान र दर्शकको ऊर्जामा दुई जित र दुई बराबरीसहित फाइनल चरणमा पुग्ने आशामा छन्।
प्रशिक्षक थापाले पहिलो दिन बंगलादेशविरुद्धको खेल जित्ने विश्वास देखाए। यसअघि बंगलादेशलाई हामीले हराइसकेका छौँ, त्यसले पनि हाम्रो मनोबल उच्च छ, थापाले भने। यु-२२ मा राष्ट्रिय टोलीका नौ खेलाडी सामेल छन्। अझ डेढ महिनाको तयारी राम्रो भएकाले प्रतियोगितामा राम्रो नतिजा निस्कने बताउँछन् प्रशिक्षक थापा।
नेपाली टिमका कप्तान भरत खवासले पनि प्रशिक्षकको भनाइलाई दोहोर्याउँदै पहिलो र दोस्रो खेल जित्नैपर्ने स्थिति रहेको बताए। यी दुई खेलको नतिजाले आगामी रणनीति तयार हुनेछ, उनले भने।
अखिल नेपाल फुटबल सङ्घको आयोजनामा शनिबारबाट सुरु हुने प्रतियोगिताको अघिल्लो दिन अन्य टोलीका प्रशिक्षकले पनि घरेलु मैदानमा नेपाली टिमलाई आफूहरूले कम आँक्न नसक्ने जनाए।
बंगलादेशका प्रशिक्षक सयद गोलन जिलानले आप\mनो टिममा सातजना राष्ट्रिय खेलाडी रहेकाले नेपालविरुद्धको खेल रोमाञ्चक हुने बताए। नेपाली टिम बलियो छ तर हामी घरेलु मैदानमा नै नेपाललाई धूलो चखाउने योजनामा छौँ, प्रशिक्षक जिलानको कथन छ।
उज्वेकिस्तानका प्रमुख प्रशिक्षक एलीकेसे भेसीले राष्ट्रिय टोलीका धेरै खेलाडी नभए पनि प्रतियोगितामा राम्रो नतिजा निकाल्ने बताए। उनले पनि नेपाली टिमको प्रशंसाको शब्द खर्चे।
जोर्डनका प्रशिक्षक इसलान भियनाले उज्वेकिस्तानलाई आफूहरूले ठूलो प्रतिद्वन्द्वी नठानेको बताए। प्रतियोगितामा जोर्डन र उज्वेकिस्तानलाई फाइनल चरणमा पुग्ने दावेदार टिमका रूपमा लिइएको छ। जोर्डन जित्न आएको टिम हो, मेरा खेलाडी प्रत्येक खेल जित्न आतुर छन्, प्रशिक्षक भियनाले भने।
आजका खेल
यमन-जोर्डन -३ः०० बजे)
नेपाल-बंगलादेश -६ः१० बजे)