Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
मुलुकलाई कालो सूचीमा पर्नबाट जोगाउनु जरूरी
राष्ट्रिय समाचार समिति
 

काठमाडौँ, असार २ गते। सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणलगायत तीनवटा विधेयक अध्यादेशमार्फत जारी नभए मुलुक कालो सूचीमा पर्ने जोखिम बढेको छ ।

वित्तीय कारोबार पारदर्शी बनाउन तथा अन्तर्राष्ट्रिय जगत्मा व्यक्त प्रतिबद्धता पूरा गर्न नेपालले सम्पत्ति शुद्धीकरण, प्रतिआतङ्कवाद सुपुर्दगी एवं सङ्गठित अपराध निवारण तथा पारस्परिक सहयोगसम्बन्धी कानुन नबनाउँदा कालो सूचीमा पर्ने जोखिम बढेको हो ।

फाइनान्सियल एक्सन टास्क फोर्स -एफएटीएफ)को आगामी सोमबारदेखि शुक्रबारसम्म इटालीको रोममा हुने बैठक अगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अध्यादेशबाट जारी नभए मुुलुक कालो सूचीमा पर्नेछ ।

हाल संसद् नभएकाले सरकारसँग अध्यादेशबाट विधेयक ल्याउनुको विकल्प नभएकाले देशको गरिमा जोगाउन पनि तीनवटा विधेयक जारी गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।

राष्ट्रको प्रतिष्ठा र अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार रहेका सम्पत्ति शुद्धीकरण, पारस्परिक सहायता तथा सुपुर्दगी एवं सङ्गठित अपराध नियन्त्रणसम्बन्धी कानुन अध्यादेशमार्फत जारी गर्न सरकारले आवश्यक प्रयास गरिरहेको मुख्यसचिव माधवप्रसाद घिमिरे बताउनुहुन्छ ।

मन्त्रिपरिषद्ले निर्णय गरी नसकेकाले ती विधेयक अध्यादेशबाट आउने/नआउने यकिन हुन सकेको छैन ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्कवादी हमलापछि आतङ्कवादी सङ्गठनहरूलाई आर्थिक सहयोगमा रोक लगाउन ३६ देशले साझा सङ्गठन एफएटीएफ गठन गरेका हुन् । नेपाल उक्त सङ्गठनको पक्ष राष्ट्र हो ।

सन् २०१० भित्रै नेपालले ती कानुन बनाउनुपर्ने थियो तर मुलुकको सङ्क्रमणकालीन अवस्था तथा मुख्य कार्य संविधान जारी गर्नु भएकाले प्रतिबद्धताअनुरूप कानुन बनाउन नसकिएको जिकिर सरकारले गर्दै आएको थियो । अर्थशास्त्री एवं अमेरिकाका लागि पूर्वनेपाली राजदूत मोहनमान सैंजु जसरी पनि अध्यादेश ल्याएर नेपाललाई कालो सूचीमा पर्नबाट जोगाउनुपर्नेमा जोड दिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, नेपाललाई कालोधन राख्ने वा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन नबनाउने देशका रूपमा चित्रित गर्ने मौका दिन हुँदैन, राष्ट्रिय अस्मितामा आँच आउने कार्य हुन नदिन नेतृत्व वर्ग संवेदनशील हुनुपर्छ ।

नेपाललाई एफएटीएफले कालो सूचीमा समावेश गरेमा प्रज्ञापनपत्र -एलसी) खोल्न पाइँदैन भने अन्तर्राष्ट्रिय समुदायबाट सहुलियतपूर्ण कर्जा र अन्य भौतिक एवं आर्थिक सहायता प्राप्त गर्न अति कठिन हुनेछ ।

अतः बाहृय मुलुकसँगको सम्बन्ध र वित्तीय कारोबारबाट समेत राष्ट्रले अलग्गिनुपर्ने अति विषम परिस्थिति उत्पन्न हुन नदिन प्रधानमन्त्री, अर्थमन्त्री, अर्थसचिव एव. नेपाल राष्ट्र बैङ्कका वरिष्ठ अधिकारीहरू लागिपर्नु भएको छ । यद्यपि त्यसले परिणाम भने ल्याइसकेको छैन ।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px