काठमाडाँै, असार २ गते। भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्रसिहं धोनी शनिबार बिहान साढे नौ बजे नेपालमा आइपुगेका छन्।
भारतीय राजदूतावासको निमन्त्रणामा पहिलोपटक नेपाल झरेका विश्व विजेता टिमका कप्तान धोनीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गदै आफू क्रिकेटर भएकाले क्रिकेटको प्रबर्द्धन र विकासका लागि नेपाल आएको जानकारी दिए।
यो उपमहाद्वीपमा क्रिकेट खेल बढी चर्चित छ, दक्षिण एसियाली मुलुकहरूमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्काजस्ता टेष्ट खेल्ने राष्ट्र छन्, नेपालले पनि क्रिकेटमा प्रगति गरुन् भन्ने मेरा इच्छा हो - भारतीय कप्तान धोनीले भने।
नेपाली क्रिकेटको विकास गर्न भौतिक पूर्वाधारसँँगै उचित टिमको विकास गर्न जरुरी छ। क्रिकेटर मात्र होइन खेलाडी भएको नाताले नेपाली युवालाई आफ्नो अध्ययनसँगैै लिएर खेलमा प्रवेश गर्न सुझाव दिँदै कप्तान धोनीले यी दुई जिन्दगीका महìवपूर्ण पाटो रहेको बताए।
श्रीमती साक्षीको साथ नेपाल आएका धोनी त्यसपछि यु-१९ एसियाकपको तयारीमा रहेको नेपाली टोलीलाई मनोबल बढाउन कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेका थिए। त्यहाँ करिब दुई घण्टाको बसाईंमा उनले युवा टोली, राष्ट्रिय सिनियर टोली र महिला राष्ट्रिय टोलीलाई क्रिकेटसँग आप\mनो अनुभव साट्नुका साथै केही टिप्स पनि दिए।
धोनीसँगको भेटपछि यु—१९ कप्तान पृथु बास्कोटाले भने -धोनीसँग भेट्न पाउँदा टोली नै उत्साहित छ, उनीसँगको कुराकानीले ऊर्जा थपेको छ। धोनीले एकता नै टिमको महìवपूर्ण पक्ष हो भन्ने राम्ररी बुझाए, टिमलाई परिवार मान्नुपर्छ भन्ने उनको सोचाइ सार्है मन पर्यो।
यु-१९ विश्वकप खेल्ने टिम भन्ने थाहा पाएपछि उनले विश्वकपबारे थप जानकारी दिए, घरेलु र विदेशको पिचको अन्तर बुझाए, विश्वकप हुने स्थान अष्टे्रलियाली पिचमा बल बढी उप|mने भएकोले संयमपूर्ण तरिकाले खेल्नुपर्छ भन्ने टिप्स दिए, उनको टिप्स आगामी प्रतियोगितामा प्रयोग गर्नेछु— पृथुले थपे।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासलाई पनि धोनीसँग बिताएका दस मिनेट जिन्दगीको सुखद क्षणको रूपमा रहृयो। क्रिकेटरकै नाताले धोनीसँग भेट्न पाउँदा खुसी छु—दासले भने।
महिला राष्ट्रिय टोलीकी कप्तान निरा राजोपोध्यायले धोनी नेपाल आउनाले नेपाली खेलाडीहरूको मनोबल बढ्ने धारणा राखिन्। धोनीको भ्रमण नेपाली क्रिकेटको विकासमा फलदायी हुने विश्वास निराको रहेको छ। - कप्तान निराले भनिन्। त्यसपछि धोनी याक एन्ड यति होटलमा खेलप्रेमी र पत्रकारसँगको अन्तक्रिर्यामा सहभागी भए। जहाँ उनलाई पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले नेपाली क्रिकेटको सद्भावना राजदूत पनि घोषित गरेका थिए।