किएभ -युक्रेन), असार २ गते। इङ्ल्यान्डले शुक्रबार राति पछाडि परेर पनि स्वीडेनलाई ३-२ ले हराई युरो २०१२ को क्वाटरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ।
स्थानापन्न खेलाडी थियो बाल्कोटले एक गोल गर्नुका साथै अन्तिम गोलका लागि सटिक पास मिलाइदिएपछि इङ्ल्यान्डले रोमाञ्चक जित हासिल गर्यो। इङ्ल्यान्डको जितसँगै स्वीडेन भने प्रतियोगिताबाट पाखा लागेको छ। इङ्ल्यान्डले प्रमुख प्रतियोगितामा स्वीडेनलाई हराएको यो पहिलोपटक हो।
खेलको ६४ औँ मिनेटमा बाल्कोटले डिबक्स नजिकबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो। त्यसपछि निर्धारित समय सकिन १२ मिनेट बाँकी छँदा उनले डेनी वेलबेकका लागि सानो डिबक्समा उत्कृष्ट पास मिलाइदिए। सोही पासलाई सदुपयोग गर्दै वेलबेकले चलाखीपूर्ण ढङ्गले 'ब्याकहिल'द्वारा बल गोल पोष्टमा छिराए।
पूर्वार्द्धको मध्य समयमा स्ट्राइकर एन्डि क्यारोलको शानदार हेडिङ गोलबाट इङ्ल्यान्डले अग्रता बनाएको थियो। कप्तान स्टेफन जेरार्डका सटिक क्रसमा क्यारोले बल गोल पोष्टमा छिराएका हुन्। सो गोलपछि स्वीडेन अलि चलमलाए पनि खेलमा इङ्ल्यान्डकै दबाब थियो।
आरामदायक देखिएको इङ्ल्यान्डको अग्रता उत्तरार्द्धको सुरुआतमै आप\mनै खेलाडी ग्लेन जोन्सनको आत्मघाती गोल गर्दा भङ्ग भयो। खेलको ४९ औँ मिनेटमा ज्लाटन इब्राहिमोभिचको प्रहारलाई विफल पार्ने क्रममा जोन्सनले आप\mनै गोलपोष्टमा बल छिराए। दुई मिनेटपछि अनुभवी ओलोफ मेलवर्गको हेड गोलले स्वीडेनले पहिलोपटक अग्रता बनायो। यद्यपि युवा खेलाडीद्वय बाल्कोट र वेल्बेक अन्तिम समयमा चम्किँदा स्वीडेन निराश बन्यो।
समूह डिमा इङ्ल्यान्ड प|mान्स समान चार अङ्क बनाई संयुक्तरूपमा शीर्ष स्थानमा रहेको छ। प|mान्सले सोही रात सहआयोजक युक्रेनलाई २-० ले स्तब्ध बनाएको थियो। अब अन्तिम चरणमा युक्रेनले इङ्ल्यान्ड र स्वीडेनले प|mान्सको सामना गर्नेछन्। स्वीडेनलाई पहिलो खेलमा हराएको युक्रेनको तीन अङ्क छ । दुवै खेलमा पराजित भएकोले अहिलेसम्म स्वीडेनले अङ्कको खाता खोल्न सकेको छैन।
यसअघि, करिब एक घन्टा रोकिएको खेलमा प|mान्सले युक्रेनलाई २-० ले हराएको थियो। खेल सुरु भएको पाँच मिनेटपछि नै भारी वषर्ा भएपछि खेलाडीहरू मैदान छोड्न बाध्य भएको थिए।
प|mान्सका लागि उत्तरार्द्धमा जेरेमी मेनेज र योहान काबाएले गोल गरे। सन् २००६ मा विश्वकप उपविजेता बनेपछि प|mान्सले प्रमुख प्रतियोगिताबाट जित हासिल गरेको यो पहिलोपटक हो। यसैगरी, प|mान्सको अपराजित यात्रा २३ खेल पुगेको छ। एएफपी