कोलम्बो, असार ३ गते। थिसरा परेराले हृयाटि्रक गरेपछि शनिबार राति श्रीलङ्काले पाकिस्तानलाई नाटकीय रूपमा चौथो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ रनले हराएको छ।
यस नतिजासँगै श्रीलङ्काले पाँच खेलको शृङ्खलामा २-१ ले अग्रता बनाएको छ। तेस्रो एकदिवसीय खेल वषर्ाले रद्ध भएको थियो। यसैगरी पहिलो खेल पाकिस्तानले छ विकेट र दोस्रो खेल श्रीलङ्काले ७६ रनले जितेको थियो।
चौथो खेलमा श्रीलङ्कले दिएको २४४ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९९ रनमा समेटियो। पाकिस्तान लक्ष्य पछ्याउने क्रममा ३८औँ ओभरमा दुई विकेटको क्षतिमा १६६ रन बनाएर आरामदायक स्थितिमा थियो तर त्यसपछि नाटकीय रूपमा पाकिस्तानले ३३ रन बनाउने क्रममा पछिल्ला आठ विकेट गुमायो। छ ब्याट्सम्यान खाता नखोली पवेलियन फर्के।
प्रारम्भिक ब्याट्सम्यान अजर अली एक छक्का र चार चौकासहित अविजित ८१ रन बनाएर अन्तसम्म आउट भएनन्। उसले तेस्रो विकेटका लागि कप्तान मिसबाह उल हक -५७)सँग मिलेर ११३ रनको साझेदारी गरे। यसअघि कुमार सङ्गकाराले १३० बलमा ९७ रन बनाएका थिए।
'म्यान अफ द म्याच' परेराले ४२ रनमा कुल चार विकेट लिए। परेराले युनिस खान, साहिद अपि|mदी र सरर्फज अहमदलाई लगातार सिकार बनाउँदै आफ्नो हृयाटि्रक पूरा गरेका थिए।
इङ्ल्यान्ड विजयी
साउथहृयाम्पटन। इयान वेलले आफ्नो पुनरागमनमा शतक प्रहार गरेपछि इङ्ल्यान्डले शनिबार राति पहिलो एकदिवसीयमा वेस्टइन्डिजलाई ११४ रनले हराएको छ।
वषर्ाले खेल बिथोलेपछि डर्कवर्थ/लुइसको नियममा खेल अगाडि बढेको थियो। इङ्ल्यान्ड ४८ ओभरमा बनाएको २८७ रन पछ्याउने क्रममा वेस्टइन्डिज १७२ रनमा अलआउट भएको थियो। १५ महिनापछि वेस्टइन्डिजको टिममा फर्केका गि्रस गेलले पनि हार टार्न सकेनन्। एजेन्सी