किभ युक्रेन), असार ४ गते। जर्मनी र पोचुर्गल ग्रुप अफ डेथ मानिएको समूह 'बी' चरण पार गर्दै आइतबार राति युरोपियन च्याम्पियन्सीपको क्वाटरफाइनलमा पुगेका छन्।
अन्तिम चरणमा जर्मनीले डेनमार्कलाई र पोचुर्गलले नेदरल्यान्डलाई समान २-१ ले पराजित गरे। अब अन्तिम आठमा जर्मनीले ग्रीस र पोर्चुगलले चेक गण्तन्त्रविरुद्ध खेल्नेछन्। पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरे।
जर्मनीले तीन खेलमा शतप्रतिशत नौ अङ्क हासिल गरी समूह विजेताका रूपमा शीर्ष स्थान बनाई नकआउट चरणमा स्थान बनायो। यसैगरी पोर्चुगल दुईमा जित र एक हारमा खेलेर छ अङ्कसहित उपविजेता हैसियतले दोस्रो चरणमा पुग्यो। डेनमार्कले एक खेल जित्यो भने विश्वकप उपविजेता तथा उपाधि दावेदारमध्ये एक नेदरल्यान्ड अनपेक्षितरूपमा समूह चरणका तीनै खेल हारी अङ्कमा पनि खाता खोल्न नसकी प्रतियोगिताबाट बिदा भयो।
लुकास पोडोल्स्कीले राष्ट्रिय टिमको जर्सीमा आप\mनो सयौँ खेलको १९आँै मिनेटमा गोल गरेपछि जर्मनी अगाडि बढ्ने पक्का भएको थियो। यद्यपि पाँच मिनेटपछि नै माइकल क्रोन देहलीले हेडमार्फत गोल गरी खेल बराबर गरेर रोमाञ्च बनाइराखे। सो गोलपछि पोर्चुगल र नेदरल्यान्डको खेलमा अनुकूल नतिजा नआए समूह 'ए'बाट रुससरह जर्मनी पनि बाहिरिने सम्भावना पनि देखिएको थियो। तर खेलको अन्तिम समयमा डिफेन्डर लार्स बेन्डरले गोल गरी उलटपुलट हुन दिएनन्।
बेन्डरले जितपछि भने- डेनमार्कविरुद्धको खेलबाट सकारात्मक भावना टिममा थपिएको छ, हामी गोल गर्न केन्दि्रत थियौँ। उनले आफूले गरेको गोलमा भाग्यको झिनो हात भएको पनि स्वीकारे।
खार्किभमा रोनाल्डोले महìवपूर्ण खेलमा आप\mनो छविअनुसार प्रदर्शन गर्दा नेदरल्यान्ड हिस्स भयो। खेलको ११औँ मिनेटमा नै राफेल भान डर भार्टले डिबक्स बाहिरबाट दर्शनीय गोल गरेपछि नेदरल्यान्ड अगाडि बढ्ने सम्भावना बढेको थियो। क्वाटरफाइनल पुग्न कम्तीमा दुई गोलको अन्तरले जित हासिल गर्ने समीकरणबीच पोर्चुगलविरुद्ध खेलेको नेदरल्यान्डले प्रारम्भमै गोल गरी सकारात्मक सुरुआत गरेको थियो।
तर खेलको २८औँ मिनेटमा रोनाल्डोले बराबरी गोल गरे। त्यसपछि विश्वका सर्वाधिक महँगा खेलाडी रोनाल्डोले निर्धारित समयको खेल सकिन १६ मिनेट बाँकी छँदा अर्को गोल थपी पोर्चुगललाई जित दिलाए। रोनाल्डोको थप दुई प्रहार नेदरल्यान्डको गोलपोष्टमा लाग्दा पोर्चुगलको जित फराकिलो हुन सकेन।
पोर्चुगलका प्रशिक्षक पाउलो बेन्टोले लामो समयपछि पोर्चुगलले आप\mनो स्वाभाविक खेल खेलेको प्रतिक्रिया दिए। पहिलो खेलमा हारेपछि बाँकी दुई खेल जित्नुपर्ने दबाब थियो, जसमा हामी सफल भयौँ, दबाबमा जितेपछि नै टिम अझ उत्कृष्ट बन्ने हो, प्रशिक्षक बेन्टोले भने।
रोनाल्डोले दुवै गोल आफ्नो दुई वर्षे छोरालाई समर्पित गरेका छन्। रोनाल्डोले भने, अब उपाधि पनि सम्भव छ। एपी