Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
सरकारी खर्च रू. दुई खर्ब ७५ अर्ब
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार ५ गते। चालू आर्थिक वर्षको प्रथम ११ महिनामा दुई खर्ब ७५ अर्ब ५६ करोड रुपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। यो कुल बजेटको ७२ प्रतिशत खर्च हो।

अर्थसचिव कृष्णहरि बाँस्कोटाका अनुसार नेपाल राष्ट्र बैङ्कले जेठ मसान्तमा तयार पारेको ट्रेजरी पोजिसनअनुसार रु. दुई खर्ब ६६ अर्ब ९६ करोड निकासा भएको र महालेखा नियन्त्रकको कार्यालयले सो अवधिमा तयार गरेको तथ्याङ्कअनुसार वस्तुगत सहायता र सोझै नगद भुक्तानीतर्फ रु. आठ अर्ब ५९ करोड खर्च भएको छ।

चालू आर्थिक वर्षमा नगदतर्फ रु. तीन खर्ब ४५ अर्ब २२ करोड बजेट छुट्टयाइएकोमा २०६९ जेठ मसान्तसम्ममा ७७.३ प्रतिशत रकम निकासा भएको र सो अवधिमा वस्तुगत सहायता र सोझै नगद भुक्तानीतर्फ विनियोजित रु. ३९ अर्ब ६८ करोडमा २१.७ प्रतिशत खर्च भएको अभिलेख आफूहरूलाई प्राप्त भएको उहाँले जानकारी दिनुभयो।

बाँस्कोटाले वस्तुगत सहायता तथा सोझै नगद भुक्तानीतर्फको रकम हाल प्राप्त तथ्याङ्क भन्दा निकै बढी खर्च भए पनि सम्बन्धित दाता र आयोजनाको कार्यालयबाट महालेखा नियन्त्रकको कार्यालयमा सबै खर्चका विवरण उपलब्ध नभएकाले पनि खर्च कम देखिएको बताउनुभयो।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार जेठसम्म नगदतर्फ रु. ३१ अर्ब ७६ करोड निकासा भएको र महालेखा नियन्त्रकको कार्यालयबाट सोही अवधिमा वस्तुगत सहायता र सोझै नगद भुक्तानीतर्फ अभिलेखबद्ध भएको पूरै खर्च रु. आठ अर्ब ५९ करोडको खर्चलाई पुँजीगत खर्चका रूपमा मान्दा पुँजीगत खर्च झन्डै ५६ प्रतिशत -रु. ४० अर्ब ३५ करोड) खर्च भएको देखिएको उहाँको भनाइ थियो। चालू आर्थिक वर्षमा कुल पुँजीगत बजेट रु. ७२ अर्ब ६१ करोड विनियोजन गरिएको थियो।

चालू आवको कुल बजेट रु. ३८४ अर्ब ९० करोड रहेको र हालसम्मको खर्चको प्रवृत्तिलाई नियाल्दा चालू खर्चतर्फ विनियोजित रु. दुई खर्ब ६६ अर्ब ६१ करोड र वित्तीय व्यवस्थातर्फ विनियोजित रु. ४५ अर्ब ६८ करोड पूरै खर्च हुने देखिएको अर्थ मन्त्रालयले जनाएको छ।

पुँजीगत खर्चतर्फ करिब रु. ६५ अर्ब खर्च हुने मध्यावधि समीक्षाको प्रक्षेपणभन्दा केही बढी रकम खर्च हुने देखिएको भन्दै सचिव बाँस्कोटाले यसलाई पुष्टि गर्ने विभिन्न आधार रहेको र जसमध्ये विगत वर्षको खर्च महìवपूर्ण आधार हो भन्नुभयो। गत आर्थिक वर्षको असार महिनामा मात्रै नगदमा आधारित बजेट रु. ६५ अर्ब ४३ करोड खर्च भएको थियो। आर्थिक वर्ष २०६६/६७ को असार महिनामा त्यस्तो खर्च रु. ६२ अर्ब १७ करोड रहेको थियो।

असारमा ठूलो रकम खर्च हुने कुरा काम भएर नभई सो महिनामा हुने खर्च, अघिल्ला खर्चको भुक्तानी, राष्ट्रिय गौरवका आयोजना एवं बहुवषर्ीय ठेक्कामा रहेका पहिलो प्राथमिकतामा परेका आयोजनालाई नपुग हुने रकम बचतबाट थप गरिदिँदाको कारण हो भन्दै अर्थसचिव बाँस्कोटाले सबैजसो आर्थिक वर्षको अन्तिम महिनामा बढी खर्च हुने प्रवृत्तिले निरन्तरता पाइरहेको बताउनुभयो।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px