काठमाडौँ, असार ५ गते। एएफसी यु-२२ फुटबल छनोट चरणअन्तर्गत नेपालले बुधबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
पहिलो खेलमा बङ्गलादेशलाई ४-१ गोलले पराजित गरेर हौसिएको नेपाल सोमबार यमनसँग १-० गोलले पराजित भएको थियो। नेपालले आज उज्वेकिस्तानसँग भने आक्रामक ढङ्गले खेल्ने रणनीति बनाएको छ।
यमनसँग जित हासिल गर्ने योजना विफल भएकोमा चिन्ता प्रकट गर्दै नेपाली प्रशिक्षक कृष्ण थापाले आफूहरू अब मैदानमा आक्रामक ढङ्गले उत्रने बताए। खेलाडीले राम्रो खेल्दाखेल्दै पराजित भएकोमा चिन्ता प्रकट गर्दै थापाले यसअघिको खेलको कमजोरी सुधार्दै जित हासिल गर्ने जनाए।
आजको खेल
जोर्डन-बङ्गलादेश
-दिउँसो ३.०० बजे )
नेपाल-उज्वेकिस्तान
-साँझ ६.१० बजे )