वार्सा -पोल्यान्ड), असार ५ गते। स्पेन र इटाली आप\mनो प्रतिष्ठा कायम राख्दै सोमबार राति युरोपियन च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेका छन्।
विश्वविजेता तथा उपाधि रक्षा गर्ने अभियानमा रहेको स्पेनले क्रोएसियालाई १-० ले हराएर समूह 'सी' विजेताको हैसियत बनायो। खेलको अन्तिम समयमा स्थानापन्न खेलाडी जेसस नाभासले गोल गरेपछि मात्र स्पेनले कठिन जित हात पारेको थियो। यसैगरी इटालीले आयरल्यान्डलाई २-० ले पराजित गर्यो।
क्रोएसियाविरुद्ध १-० ले हारेमा प्रतियोगिताबाट पाखा लाग्ने समीकरणको ज्ञात हुँदाहुँदै पनि स्पेनले सोमबार राति स्वाभाविक प्रदर्शन गर्न सकेन। यद्यपि स्पेनका प्रशिक्षक भिसेन्ट डेल बोस्कले योजनाअनुसार क्रोएसियाविरुद्ध खेल्न नसके पनि आप\mनो टिमको मानसिकता र खेल्ने शैली अझै धेरै राम्रो रहेको प्रतिक्रिया दिए।
स्पेनको जितका कप्तान तथा गोलरक्षक इकर कासिलासले नायकीय भूमिका निर्वाह गरे। खेलको ५९औँ मिनेटमा उनले क्रोसियाका इभान राकिटिचको लगातार दुई प्रहारलाई उनले शानदार ढङ्गले विफल पारेका थिए। खेलको ७९औँ मिनेटमा पनि इभान पर्सिसिचको 'लो भली' प्रहारलाई जोगाएर स्पेनलाई सङ्कटबाट पार लगाए।
फर्नान्डो टोरेजको स्थानमा मैदानमा छिरेका नाभासले खेलको ८८औँ मिनेटमा गोल गरेपछि स्पेन ढुक्क बन्यो। उनले एन्दि्रयाज इनिएस्टाको पास सदुपयोग गर्ने क्रममा क्रोएसियाको अफसाइडको जालो विफल पार्दै बल गोलपोस्टमा छिराएका हुन्।
अन्तिम समयसम्म गोल नहुँदा सोही समयमा भएको अर्को खेलमा इटालीलाई २-० पनि अपुग हुने स्थिति देखिएको थियो। यद्यपि स्पेन र क्रोएसियाविरुद्धको खेलमा स्तब्धकारी नतिजा नआउँदा इटाली समूह उपविजेता बनी अगाडि बढ्यो। इटालीका लागि खेलको ३५औँ मिनेटमा एन्टोनियो कसानोले हेडमार्फत पहिलो गोल गरे। करिब छ महिनाअघि मुटुको साधारण शल्यक्रिया गरेपछि कसानोको प्रदर्शन प्रभावशाली रहँदैआएको छ।
आयरल्यान्डले आज पछिल्ला दुई हारलाई भुलाउने मनसायमा जितको खोजीमा आक्रामक खेल खेलेको थियो। आयरल्यान्डले गोल भने गर्न सकेन। खेलको ८९औँ मिनेटमा मिडफिल्डर किथ एन्ड्रजले दोहोरो पहेँलो कार्डको दर्शन गरी मैदान छाडेपछि आयरल्यान्डका लागि बराबरी गोल पनि असम्भव प्रतीत भयो। एक खेलाडीको फाइदा इटालीले एक मिनेटपछि नै उठायो। स्थानापन्न खेलाडी मारियो बालाटोलीले खेलको ९०औँ मिनेटमा गोल गरी इटालीको जित पक्का गरे।
बालाटोली गोल गरेपछि निकै भावुक देखिएका थिए। पछिल्ला दुई खेलमा रङ्गभेदको लक्ष्य बनेका बालाटोलीले गोलको खुसी मनाउने क्रममा आप\mनो रिस र भावना लुकाउन सकेनन्। सो समय साथी खेलाडीले शान्त राख्ने प्रयासमा बालाटोलीको मुख पनि छोपिदिएका थिए। खेल सकिएपछि क्रोएसियाका समर्थकले आगो बालेर हुलदङ्गा गरेका थिए। एपी