खोटाङ, असार ७ गते। नेपाल टेलिकमको सिडिएमए, नमस्ते र निजी कम्पनी एनसिएलको रिचार्ज कार्डमा उपभोक्ताहरू ठगीको मारमा पर्ने गरेका छन्।
गाउाघरमा बिक्री गरिने रिचार्ज कार्डको साविक मूल्यभन्दा व्यापारीहरूले ग्राहकबाट मनपरी शुल्क असुल्ने गरेपछि ग्राहक ठगीको मारमा परेको याम्खाका स्थानीयवासी राजेन्द्र राईले बताउनुभयो। गाउाघरमा सानासाना किराना पसलले रिचार्ज कार्डको डिलरबाट होलसेलमा ल्याएर गाउाले ग्राहकबाट व्यापक ठगी गरिरहेका हुन्। गाउालेहरूलाई व्यापारीले सय रुपियााको रिचार्ज कार्डलाई दश रुपियाा बढी रकम लिने गरेका छन्। प्रत्येक रिचार्ज कार्डबाट रु. दशदेखि बीससम्म लिने गरेपछि रिचार्ज कार्डका व्यापारीहरू दिन प्रतिदिन मालामाल बन्दै गएका छन् भने मोबाइल प्रयोगकर्ताहरू मर्कामा परेको लिच्कीराम्चे ६ का धनकुमार नेपालीले गुनासो गर्नुभयो।
सदरमुकाम बाहिरका किराना पसल गरी बस्ने व्यापारीहरूले मनपरी रूपमा रिचार्ज कार्डको व्यापार गरिरहे पनि सम्बन्धित निकाय मौन बसेको छ। टेलिकमको नियम अनुसार रिचार्ज कार्डको मूल्य लेखिएबराबरको हुनुपर्ने भए पनि गाउाघरमा कारबाही गर्ने निकाय नभएको भन्दै व्यापारीहरूले मनपरी शुल्क लिइरहेका हुन्।