Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
बन्दैन कोशी उच्च बाँध ?
भोला धनकौल
 

सप्तकोशीलगायत नदी किनारका बासिन्दामा एकातिर बाढी, डुवान र नदी कटानको त्रास सुरु भएको छ भने अर्कोतिर तराईमा पानी हाहाकारले खेती किसानमा निराशा र छटपटी बढ्न थालेको छ। तराईमा बर्सेनी बढ्दै गएको सुख्खा, खडेरीसँगै उखरमाउलो गर्मी र तातो हावा चल्नाले जताततै मानिसको शरीरमा जलन अनुभव हुने र कृषि भूमिमा धाँजा फाट्न थालेका छन्। आकाशे खेतीमा निर्भर किसान असारमा पनि वषर्ा नहुनाले निधारमा हात राखेर, अँध्यारो मुख लाएर बस्नु परेको छ।

ठूला नदीको पानीलाई तराईको खेतबारी र चौरीतिर फर्काउने हो भने तराईको कृषि प्रणालीमा कायापलट हुने निश्चित छ। तर विडम्बना मुलुकको सरकार तथा राजनीतिक दलहरूमा ठूला नदीहरूलाई सजिलोका लागि कि त भारतसमक्ष सुम्पिदिने कि त उदाशीन भएर बस्ने प्रवृत्ति छ। यो प्रवृत्तिमा परिवर्तन आवश्यक छ।

खेतीपाती सुरु हुनलागेको बेलामा सप्तकोशी उच्च बाँध र तराईलाई चाहिएको पानीबारे यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेेछ। विक्रम संवत् २०११ सालमा बनेको कोशी बाँधको आयु सकिएको छ। यसैले भारत पूर्वयोजना अनुसार बराहक्षेत्र भन्दा केहीमाथि सुनसरी, उदयपुर र धनकुटाबीच पर्ने सुनाखम्बी भन्ने ठाउँमा २ सय ६९ मिटर अग्लो उच्च बाँध बाँध्न हतारिएको छ।

भारतले कोशीमा निर्माण गर्ने उच्चबाँधको स्पष्ट उदेश्य राखेको छ। त्यो हो- नेपालको भूभागमा विशाल जलाशय निर्माण गरी आप\mनो भूमिमा बाह्रै महिना सिंचाइ गर्ने र बिहारलाई कोशीको बाढी र डुबानबाट जोगाउने। उसले विगतमा झैं नेपाललाई सिंचाइ, बिजुली र जलयातायातको झिनामसिना सपना देखाएर नेपालको पानीमाथिको सबै अधिकार हड्प्ने र सबै विकासका सम्भावनालाई नष्ट गर्ने दाउमा लागेको कसैबाट लुकेको छैन। जसको राष्ट्रिय र स्थानीय तहमा समेत चौतर्फी चर्को विरोध हुँदै आएको छ।

उच्च बाँधबाट चौतर्फी विनाश

सप्तकोशीमा बन्ने भनिएको उच्च बाँधलाई आम जनताले प्रलयकारी बाँध ठहर गरेका छन् किनभने यस बाँधका कारण सुरुमै काभ्रे पूर्वका नौ जिल्लाका सयौं गाउँका हजारौँ जनताको उठीबास लाग्ने निश्चित छ। हजारौँ रोपनी खेतीयोग्य जमिन डुब्ने मात्र छैन। देशकै महìवपूर्ण प्रकृति, समाजिक, सांस्कृतिक सम्पदा र धरोहर पानीमुनी विलय हुनेेछन्। सप्तकोशीका विभिन्न नदीमा बन्ने सम्भावना रहेको २२ हजार मेघावाट जलविद्युत् उत्पादन र सिंचाइका सबै सम्भावना नस्ट भएर जानेछ। एक अध्ययन अनुसार भारतको एकल योजनामा बन्ने उच्च बाँधका कारण १ सय ९६ वर्ग किलोमिटर क्षेत्रफल पानीले भरिनेे छ। यसले गर्दा पूर्व ९ जिल्लाका ८३ गाविसका १ लाख बढी जनता विस्थापित हुनेछन्। सप्तकोशी उच्च बाँधका कारण पूर्व तेह्रथुमको म्यागलुङसम्म, संखुवासभाको सभाखोलासम्म र पश्चिममा सुनकोशीको दोलालघाटसम्म स्पष्ट रूपमा पानी जम्ने देखिन्छ।

यसले गर्दा भोजपुर लेगुवाघाट सडक, धरान धनकुटा सडकमा पर्ने तमोरनदीमाथिको मूलघाट पुल, खोटाङ, ओखलढुङ्गा जोड्ने घुर्मी बजार सडक, बनेपा बर्दिवास सडकको नेपालथोक-खुर्कोट सडकखण्ड लगायत महìवपूर्ण राष्ट्रिय राजमार्ग, सडक र पुलहरू डुब्ने निश्चित छ।

महìवाकाङ्क्षी सप्तकोशी उच्च बाँधका कारण नेपालले अकल्पनीय डुवान समस्या बेहोर्नु पर्ने त छँदैछ यो बाँध दैवसंयोगका कारण फुट्यो भने धरान, विराटनगर, इटहरी, भन्टाबारी, राजविराजलगायत सहरहरूको निशान रहने छैन। नेपाल र भारतका कति गाउँ, जनधन, खेती योग्य जमीन बग्ने हुन् त्यसको परिकल्पना पनि त्रासदीपूर्ण छ। स्मरण रहोस् २०५० सालमा आएको बाढीबाट बागमती सिंचाइ योजनाको बाँध फुट्नगई एक रातमा २३ सय मान्छे र गाउँका गाउँ बगेका थिए।

अर्कोतिर, भारतले ६० वर्ष अगाडि निर्माण गरेको विद्यमान कोशी ब्यारेजका कारण आजसम्म पनि स्थानीय नेपालीले बर्सेनी दुःख, पीडा र अपूरणीय क्षति बेहोर्दै आएका छन्। २०६५ भदौ २ गते सप्तकोशी ब्यारेजको पूर्वी स्पर भत्किँदा नेपालका आधा दर्जन गाउँहरूका हजारौँ जनता घरखेत बग्दा अनाथ हुनपुगे।

हजारौँ विघा प्रचुर उत्पादन हुने जमीन बालुवैबालुवाले भरिएर मरुभूमिमा परिणत हुन पगेकोे त्यहाँ जाँदा जसकसैले पनि देख्न सकिन्छ। भारतीय बाँधका कारण घरवारविहीन भएकाहरूलाई नेपाल सरकार र भारत सरकारले भरणपोषण योग्य कुनै क्षतिपूर्ति दिइएन र अझै कोशीको कहर जारी छ। सप्तकोशी उच्च बाँध बन्दा झन् के हुने हो त्यसको परिकल्पना सपनामा पनि गर्न सकिँदैन।

सप्तकोशी उच्च बाँधको परिकल्पना तत्कालीन बि्रटिस इन्डियाको पालामै गरिएको हो। तर सन् १९८१ देखि मात्र विस्तृत सम्भाव्यता अध्ययन सुुरु भई हालसम्म उच्च बाँधको डीपीआर -डिटेल इन्जिनियरिङ प्रोजेक्ट रिर्पोट) तयार गर्न भारत सरकारको ७० करोड भारु बढी खर्च भइसकेको छ। त्यो व्यर्थै खर्च भएको छ भन्दा अतिश्ायोक्ति नहोला, किनभने सम्भावित क्षति र विनाशको मूल्याङ्कन नेपालीले गरेका छन्। त्यसैले जनताले कुनै हालतमा पनि यो उच्चबाँध तयार हुन दिने छैनन्।

कोशीमा बहुबाँध लाभैलाभ

आपार सम्भावना र विशाल जलप्रवाह लिएर तराई हुँदै दक्षिण भारततर्फ बगिरहेको कोशीमा बिजुली, सिंचाइ, माछापालन, पेयजल आपूर्ति, जलपर्यटनलगायत अनेक विकासका सम्भावना देखिन्छन्।

जलस्रोत मन्त्रालयको कोशी गुरुयोजना १९८५ को अध्ययनअनुसार सप्तकोशी नदी तथा जलाधार क्षेत्रको विभिन्न ठाउँमा बाँध र जलाशय निर्माण गरी २२ हजार मेघावाट विद्युत् उत्पादनका साथै नेपालको ९ लाख र भारतको करिब १५ लाख हेक्टर भूमिमा वर्षैभरि दिगो सिंचाइ गर्न सकिन्छ। यस्तै कोशीको पानीबाट सिंचाइ र बिजुलीका लागि बन्ने ड्याममा माछापालन र जलबिहारको विकास गर्न सकिने सम्भावना पनि छ।

यसैगरी बागमतीपूर्व मोरङसम्म तराईका हजारौँ पोखरी, ताल, दह र स्थानीय नदीहरूमा पानी पठाइ बाह्रै महिना सुव्यवस्थित सिंचाइका साथै व्यावसायिक माछा पालनलगायत जैविक विविधता र जलचरहरूको संरक्षणमा टेवा पुर्‍याउन सकिन्छ। बाह्रै महिना, चाहिएको बेला हुने सिंचाइ सुविधाबाट धानबाली, दालबाली, तेलहन, मसलाबाली, तरकारी आदि नगदेबालीको प्रचुर मात्रामा खेती गर्न सकिने छ। उत्पादनका साथै उपादकत्व पनि बढाउन सकिने छ। तर यति धेरै विकासका कुरा एउटा मात्र सप्तकोशी उच्चबाँधबाट हुने कुनै सम्भावना छैन।

कोशीको सम्भावनालाई लाभैलाभमा परिणत गर्ने हो भने सिंचाइ मन्त्रालयले घोषणा गरेको कोशी बहुबाँध र डाइभर्सनको अवधारणा र योजनालाई कार्यान्वयन गर्नु जरुरी छ। जसबाट विद्युत्, सिंचाइ र जलाशय निर्माण गरी एकैसाथ अनेकन फाइदा लिन सकिन्छ। नेपाल र भारतमा हुने सबै प्रकारको डुवान र विनाशको समस्याबाट मुक्त भई द्विदेशीय र बहुपक्षीय लाभ लिन सकिन्छ।

डाइभर्सन प्रणालीबाट सप्तकोशीको पानी विभिन्न नदीमा बाँडिदा बिहारमा बाढीको त्रास हटेर जानेछ भने नेपालको चतराघाट दक्षिण पचासौँ हजार विघा खेती जमिन उकास हुने सम्भावना पनि छ। यसको लागि सप्तकोशीका प्रमुख नदीहरूलाई विभिन्न ठाउँमा सुरुङद्वारा 'डाइभर्ट' गनुपर्छ। उदाहरणको लागि तमोरलाई मोरङ र झापातर्फ, तामाकोशीलाई सिरहा र धनुषातर्फ तथा सुनकोसीलाई महोत्तरी र सर्लाहीतर्फ सुरुङ्ग बनाएर फर्काउन सकिन्छ।

तमोर, तमाकोशी र सुनकोशीको पानीलाई चुरेको छेवैछेउ पूर्वपश्चिम नहर बनाई तराईका विभिन्न खोलामा खसाल्दा विभिन्न स्थानमा रहेका स्थानीय सेक्टर बाँधहरूमार्फत आफै सिंचाइ पुग्नजाने छ। यसअघि कोशीको पानी आपूर्ति हुने प्रत्येक स्थानीय नदी र खोलाहरूमा बाढी र नदी कटान रोक्न आधुनिक तारजालीसहित नदी किनारमा दायाँबायाँ बोटबिरुवा, खर, बाँस, वृक्षारोपण गरी वातावरणीय तटबन्ध निर्माण गर्नु उपयुक्त हुनेछ।

यो योजनाको कार्यान्वयनबाट सिंचाइका साथै तराईको भावरक्षेत्रमा पेयजलको आपूर्ति, वनजङ्गल र अन्यभूमिमा समेत वर्षैभरि हरियाली र जमीनमा चिस्यान अभिवृद्धि गर्दै अनुकूल वातावरणको सृजना हुन जानेछ। यसले गर्दा तराईको सतही भूमि भिजेर बढ्दो गर्मी र तापमान नियन्त्रण गर्न, भूमिगत पानी रिचार्ज भई ट्युवेलहरूको स्थापना गर्न र जैविक विवधताको संरक्षणमा समेत टेवा पुग्न जानेछ।

यही पानी खोलैखोला दक्षिण पुगेपछि विना लगानी भारतको ठूलो क्षेत्रफलमा सिंचाइ उपलब्ध हुनेछ। त्यसर्थ नेपाल र भारतले कोशी उच्च बाँधको योजना छाडी नदी 'डाइभर्ट' गर्ने सहज योजना कार्यान्वयनतर्फ पाइला चाल्नु सर्वोत्तम हुनेछ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px