ठोस वस्तुको ठोस विश्लेषण गर्नु र एकता, सङ्घर्ष र रूपान्तरणको वस्तुवादी विश्लेषण नै माक्र्सवाद हो । यही विषयलाई लिए जनयुद्धकै एजेन्डामा र्फकेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी-माओवादी र नजानिंदो ढङ्गले अन्तर्राष्ट्रिय परिस्थितिको अधिभूतवादी विश्लेषण गर्दै अगाडि बढेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी
-माओवादी)को माक्र्सवाद-लेनिनवाद-माओवादलाई बुझ्ने र बदल्ने सवालमा विपरीत बुझाई रहेको पाइन्छ। यद्यपि यी दुबै माओवादीले एकताको रागलाई छोडेको छैन। एकीकृत माओवादीले अन्तर्राष्ट्रिय परिस्थितिमा आएको फेरबदललाई आत्मसमीक्षा गर्दै रूपान्तरणको लागि नयाँ पार्टीका अध्यक्ष मोहन वैद्य 'किरण'लाई आहृवान गर्नुभएको छ भने प्रत्युत्तरमा वैद्यले उहाँका पूर्व अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विगतका सैद्धान्तिक, राजनीतिक र वैचारिक एजेन्डाहरूमा मत जाहेर गर्दै रूपान्तरणको शर्त सार्नुभएको छ। दुबैमा एकताको सापेक्षिक मतहरू रहे पनि सङ्घर्षहरू निरपेक्ष ढङ्गले अगाडि बढेको छ।
पार्टीभित्र चलेका बहसहरूमा रुकुमको चुनवाङ बैठकका निर्णयहरूकै आधारमा माओवादी पार्टी यो विन्दुसम्म आइपुगेको हो। आधार इलाका बनाउँदै राज्यसत्ता कब्जा गर्ने लाइन र गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको लाइनलाई समानान्तर रूपमा ल्याएको हो। तर पछिल्लो लाइनमै टेकेर अघिल्लो लाइनलाई पूर्णता दिने आधिकारिक लाइन थियो तर संविधानसभामा लार्जेष्ट पार्टी भइकन जनताको एजेन्डालाई स्थापित गर्नुको सट्टा पार्टीका केही नेताहरू आफ्नो धरातलीय यथार्थलाई विर्सेर एकपछि अर्काे सर्वहारावर्गका एजेन्डाहरूलाई छोड्दै जान थाले। फलस्वरूपः माओवादी दुई चिरामा विभक्त हुन पुगेको छ।
सरकारको लागि पार्टीहरूले राजनीति गर्ने हो तर माओवादीका लागि होइन। सरकार साधन हो सत्ता साध्य हो। त्यही विन्दुमा पुग्नको लागि माओवादीभित्र चरम रूपमा दुई लाइन सङ्घर्ष चले पनि प्रधान अन्तरविरोधलाई छोडेर पालुङ्टार प्लेनमले सबैलाई मिलाएर एकता, रूपान्तरण र जनविद्रोहको विकल्प छैन भनेर एकमतले पारित गरेको थियो। तर केही समयपछि नै डा. बाबुराम भट्टराईको शान्ति र संविधानको कार्यदिशालाई अध्यक्ष प्रचण्डले काँध थापेर ल्याउनुभयो। पार्टीको आधिकारिक लाइनलाई छोडेर बनेको कार्यदिशा असफल भएपछि पुनः पुरानैमा र्फकनुपर्ने हो
शान्ति र संविधानको कार्यदिशा अबलम्बन गर्दै जाने तर वैद्य पक्ष र कार्यकर्ताहरूलाई उक्साउनको लागि जनविद्रोहको अलाप पनि गर्दै जाने अतिवाम सङ्कीण मानसिकताबाट मुक्त हुन नसकिएको कटुयथार्थता एकीकृत माओवादीमा छ। सिधैँ जनविद्रोहमा होम्नु पर्छ भन्ने दुस्साहसवादी जडसूत्रवादी गठजोड पनि नयाँ पार्टीमा रहेको आरोप लगाइन्छ।
अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्दै साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचको अन्तर्विरोधलाई प्रधान अन्तर्विरोधका रूपमा नयाँ पार्टीले ठहर गरेको देखिन्छ। संयुक्त राज्य अमेरिकासहित साम्राज्यवादी मुलुकहरूमा देखापर्दै आएको आर्थिक र राजनीतिक सङ्कटका साथै पश्चिम अपि|mका र अरबमा देखिएको साम्राज्यवादी जनविरोधी र निरङ्कुशतन्त्रविरोधी जनलहरले जनविद्रोह सम्भव छ, नेपाली मौलिक पहिचानसहित। पेरु कम्युनिष्ट पार्टी -साइनपाथ)का नेता गाञ्जालोको गिरफतारीसँगै साम्राज्यवादी प्रतिकुलतामा पनि जनविद्रोह र जनयुद्ध हुन सक्छ भनेर वलिदानको लागि कार्यकर्ताहरूलाई आग्रह र विजयको सन्निकट आउँदा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल रहे पनि प्रतिकुल देख्ने आत्मसुरक्षावादी निरीहपन हो। यो माक्र्सवादी विश्लेषण नभएर नवशंसोधनवादी मनोगतवादी सिवाय केही होइन।
चुनवाङ्ग बैठकमार्फत लोकतान्त्रिक गणतन्त्रको कार्यनीति नै रणनीतिक बनाउँदै साम्राज्यवादको विश्लेषण गर्दा लेनिन तथा माओको विश्लेषण धेरै पछाडि परेको र नयाँ ढङगले रणनीति तथा कार्यनीति विन्यास गर्न आवश्यक भएको कुरा देखाई रणनीतिक रूपमा लोकतान्त्रिक गणतन्त्रको पुरानै संसदवादी राजनीतिलाई अवलम्बन गर्न पुगिएको ठहरसहित प्रचण्डको कार्यदिशा असफल भएको बताइएको छ।
नेपाली क्रान्ति तथा जनयुद्धको ओज र गरिमा, नेपाली दश वर्षे जनयुद्धमा जनमुक्ति सेना
विचलन, सिद्धान्त, राजनीति, दर्शन, रणनीति, कार्यनीति, आचरणलगायतका सबै क्षेत्रमा देखिएको र दंक्षिणपन्थी विसर्जनवाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादका रूपमा अभिव्यक्त भएको र पार्टीले रङ्ग फेर्दै गइरहेको अवसरमा पुनः जनताको संघीय गणतन्त्र तथा राष्ट्रिय स्वाधीनताको रक्षाको मूल कार्यनीतिको परिपूरक बनाएको छ। नेपालमाथि भैरहेका विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि देशभक्ति पूर्ण आन्दोलन सञ्चालन गर्ने उद्घोष र १९५० को सन्धि, कालापानी सम्बन्घी सम्झौता, बिप्पा सम्झौतालगायतका सम्पूर्ण असमान सन्धिसम्झौता खारेज गरिनु पर्ने माग अगाडि सारेको छ। वैद्यको नेतृत्वमा रहेको माओवादीले।
वास्तवमा दुवै पक्षका सकारात्मक पक्षलाई छोडेर नकारात्मक पक्षलाई द्वन्द्ववादी विश्लेषण गरेर हेर्ने हो भने दुवै पक्षको रूपान्तरणको आवश्यकतावोध हुन्छ। केही प्रतिशतमा कार्यदिशा, कार्यनीति, राजनीतिक सिद्धान्तलाई लागू गर्ने सवालमा ब्यवहारिक रूपमा कमकमजोरी भएको छ।
अध्यक्ष प्रचण्डले प्रचण्डपथ, एक्काइसांै शताब्दीको जनवादको सवालमा 'स्ट्टेमेन्टसिप' लागू गर्न नसक्नु र त्यसलाई सच्याउन नसकेर निरिह भएर बस्नु वैद्य कमरेड अवैद्य जस्तो देख्नु पनि कमजोरी हो। जनयुद्धको नायक भन्दै अति श्रद्धावाद, अधिभूतवाद। केन्द्रीकरण र उदारवाद वैद्य कमरेडमा देखिन्छ। यदि दुवै पक्षले जनविद्रोहकै कार्यनीतिलाई ब्यवहारतः अवलम्बन गर्ने हो भने रूपान्तरणसहितको एकताको विकल्प छैन। गुटगत मानसिकतालाई तिलाञ्जलि दिँदै पार्टीभित्रको विचार पक्षलाई दुवै पार्टीले खारेज गरेको आधार, एकता हुन सक्दैन भने पनि एकताको ढोका खुल्लै रहनु, रूपान्तरणको आवाज उठ्नुलाई हेर्ने हो भने पुनः माओवादीहरू मिल्ने सङ्केतको रूपमा लिन सकिन्छ। सम्बन्धविछेद गरेर नयाँ पार्टी बनाए पनि महाविपत्तिमा क्रमभङ्ग गर्दै छलाङ मार्न माहिर माओवादीहरू सच्चा माक्र्सवादीमा रूपान्तरण हुनु आवश्यक छ। एकता, सङ्घर्ष, रूपान्तरण तर मुख्यतः रूपान्तरण भन्ने गरिएको प्रचण्डले नेतृत्वले सँधै 'टेस्टेड' भएर पास हुनुपर्ने कुरालाई दोहार्याउने हो भने उहाँ रूपान्तरण हुन जरुरी देखिन्छ र पुरातन सिद्धान्तको धङ्धङ्गीबाट माथि उठ्न नसकेको भनेर जडसूत्रवादी आरोपी वैद्यले पनि माक्र्सवादको मूल सिद्धान्तबाट अविचलित भएर रूपान्तरणसहित ब्यवहारमा लागू गर्न सक्नुपर्छ।