काठमाडौँ, असार ९ गते। नेपालमा खेलकुद विकासका लागि ऐतिहासिक वस्तुहरूको संरक्षण तथा ओलम्पिक आन्दोलनलाई टेवा दिने उद्देश्यले स्थापित नेपाल एक मात्र खेलकुद सङ्ग्रहालय नेपाल ओलम्पिक सङ्ग्रहालय शनिबार १९ वर्षमा प्रवेश गरेको छ। यस सङ्ग्रहालयमा नेपालीे खेलकुद इतिहासका करिब ९६ वर्षदेखिका पुराना ऐतिहासिक खेल सामग्री, तस्बिर तथा अन्य विविध प्रकाशन सङ्ग्रहित रहेका छन्।
ओलम्पिक सङ्ग्रहालयको १९औँ वर्ष प्रवेशको अवसरमा प्रेस विज्ञप्ति जारी गरी आर्थिक अभावमा अहिले यो सङ्ग्रहालय आˆनो लक्ष्य पूरा गर्न नसकी मृत हुने अवस्थामा पुगेको बताएको छ। यसैगरी, 'नेपालको खेलकुदको विकासका लागि ओलम्पिक जागरण अभियान-२०१२' अन्तर्गत ओलम्पिक स्वयंसेवकको अवधारणा शनिबार सार्वजनिक गरेको छ। नेपाली खेलकुदका दक्ष स्वयंसेवकहरू परिचालन गर्न विविध विषयमा प्रशिक्षण प्रदान गर्ने जानकारी पनि ओलम्पिक सङ्ग्रहालयले दिएको छ।