Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
'प्लुटो' किन ग्रह होइन ?
आकाश महर्जन
 

सानोदेखि नै विज्ञान विषयमा सौर्य मण्डलमा नौवटा ग्रह छन् भनेर पढ्दै आएका हामी त्यो बेला छक्क पर्‍यौँ जब सन् २००६ मा प्लुटो -यम)लाई ग्रहबाट पदावनति गरियो। प्लुटोलाई ग्रहको सूचीबाट हटाई 'शिशु ग्रह'को सूचीमा राखिनुको कारण के हो त ? प्लुटोलाई ग्रहकै सूचीमा राखिराखेको भए के बिगि्रन्थ्यो त ? प्लुटो -यम) ग्रह हो वा होइन ? भन्ने प्रश्नको उत्तर खोज्नको लागि 'ग्रह' शब्दको अर्थ जान्नुपर्ने हुन्छ। त्यसको लागि इतिहासको कुरा गरौँ। प्राचीन ग्रीसका वैज्ञानिकहरूले बुध, शुक्र, मङ्गल, बृहस्पति, शनि, चन्द्रमा र सूर्य सबैलाई ग्रहकै रूपमा सूचीकृत गरेका थिए। खासमा उनीहरूको लागि आकाशमा देखिने ताराभन्दा चम्किलो कुनै पनि पिण्ड ग्रह थियो। ग्रहको यो परिभाषामा दुईवटा समस्या छन्। पहिलो, ग्रहको यो परिभाषाबाट तयार गरिएको ग्रहहरूको सूचीमा पृथ्वी अटाउँदैन।

दोस्रो, यसले अति भिन्न खालका आकाशीय पिण्डहरूलाई पनि एउटै सूचीमा सूचीकृत गरेको छ। तर, प्राचीन ग्रीसका वैज्ञानिकहरूलाई चन्द्रमा शनिभन्दा कुन किसिमले फरक छ भन्ने कुराको ज्ञान थिएन किनभने आकाशीय पिण्डहरूको अवलोकन गर्ने उनीहरूसँग भएको सबैभन्दा उन्नत प्रविधि भनेकै नाङ्गो आँखा मात्रै थियो। हजारौँ वर्षपछि ग्यालिलियो ग्यालिलीले टेलिस्कोपको आविष्कार गरी खगोलशास्त्रमा क्रान्ति ल्याए। उनको आविष्कारका कारण वैज्ञानिकहरूले सूर्यले पृथ्वीलाई नभई पृथ्वीले सूर्यलाई घुम्ने तथ्य पत्ता लगाए।

अब खगोलशास्त्रीहरूले सौर्यमण्डलको सही नक्सा सजिलैसँग कोर्न सक्ने भए। अनि ग्रहको परिभाषा परिवर्तन गरियो ः जुन खगोलीय पिण्डले सूर्यलाई परिक्रमा गर्छ, त्यसैलाई ग्रह भन्न थालियो। समय बित्दै जाँदा टेलिस्कोप पनि विकसित हुँदै गयो र हरेक शताब्दीमा एउटा नयाँ ग्रह पत्ता लाग्दै गयो। सन् १७८१ मा अरूण पत्ता लाग्यो भने सन् १८४६ मा वरुण। त्यस्तै सन् १९३० मा यम ग्रह पत्ता लाग्यो। तर यमलाई ग्रहको सूचीबाट सन् २००६ मा हटाइयो।

यसको एउटा कारण हो प्लुटोको आकार। सन् २००६ भन्दा अगाडि सौर्य मण्डलका ग्रहहरू भनी सूचीकृत गरिएका नौ खगोलीय पिण्डहरूमध्ये प्लुटो सबैभन्दा सानो हो। प्लुटोको व्यास २३०६ कि.मि. मात्र छ भने यसको पिण्ड पृथ्वीको पिण्डको २४ प्रतिशतभन्दा कम छ। यो आठ वटा ग्रहहरूभन्दा पनि सानो मात्र नभई सौर्यमण्डलका उपग्रहहरूमध्येका सात वटा उपग्रहहरूभन्दा पनि सानो छ। पृथ्वीकै उपग्रह चन्द्रमा, बृहस्पतिका उपग्रहहरू ग्यानिमिड, कालिस्टो, आईओ र युरोपा, शनिको उपग्रह टाइटन र वरुणको उपग्रह ट्राइटन सबै प्लुटोभन्दा ठूला छन्। प्लुटो र बृहस्पतिको आकारको तुलना गर्ने हो भने बृहस्पतिको आकार एउटा बास्केटबल बराबर मान्ने हो भने प्लुटोको आकार केराउ जत्रो मात्र हुन्छ तर प्लुटोको आकारको कारण मात्र यसलाई ग्रहको सूचीबाट हटाइएको भने होइन। यस कार्यको लागि अर्को एउटा महत्वपूर्ण कारण छ। सन् १८०१ मा वैज्ञानिकहरूले बृहस्पति र मङ्गलको बीचमा एउटा अर्को ग्रह पत्ता लगाए। त्यस ग्रहको नाम उनीहरूले सिरिज राखे। अर्को वर्ष वैज्ञानिकहरूले सोहि क्षेत्रमा एक अर्को ग्रह पत्ता लगाए जसको नाम पालास राखियो। केही वर्ष पछाडि उनीहरूले तेस्रो ग्रह पत्ता लगाए ः जुनो र फेरि चौथो ः भेस्टा। दशकौंसम्म बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरूणलगायत यी चारवटा खगोलीय पिण्डहरू गरी ११ वटा पिण्डहरूलाई ग्रहको सूचीमा राखियो। तर समय बित्दै जाँदा सोही क्षेत्रमा अन्य थुप्रै त्यस्ता खगोलीय पिण्डहरू पत्ता लाग्दै गए र ती सबैलाई ग्रहको सूचीमा राख्न अप्ठेरो हुँदै गयो किनभने ती खगोलीय पिण्डहरू स-साना र अन्य ग्रहहरूभन्दा भिन्न थिए। त्यसैले एउटा नयाँ वर्गको जन्म भयो जसलाई अहिले वैज्ञानिकहरू छुद्रग्रह भन्छन्। र, छुद्रग्रहहरू रहेको मंगल र बृहस्पतिबीचको त्यस क्षेत्रलाई उनीहरू छुद्रग्रह क्षेत्र भन्छन्। पछि त्यस क्षेत्रमा वैज्ञानिकहरूले सयौं हजारौं छुद्रग्रहहरू पत्ता लगाए।

सन् १९३० मा वैज्ञानिकहरूले प्लुटो पत्ता लगाए। सुरुमा यसको आकार वरुणको आकारभन्दा हल्का सानो भएको आङ्कलन गरिएको थियो। तर पछि प्रविधिको विकास हुँदै जाँदा अनुसन्धानका नतिजाहरू पनि सुध्रंदै गए र प्लुटोको आकार घट्दै गयो। एकातिर प्लुटोको आकारका लागि गरिएका अनुसन्धानहरूको नतिजा घट्दै गयो भने अर्कोतिर त्यस क्षेत्रमा अन्य स-साना प्लुटोजस्ता खगोलीय पिण्डहरू पत्ता लाग्दै गए। त्यसैले वैज्ञानिकहरूलाई प्लुटोलाई ग्रहकै सूचीमा सूचीकृत गरिराख्न अप्ठेरो हुँदै गयो। तर, त्यस क्षेत्रमा प्लुटोभन्दा ठूलो कुनै आकाशीय पिण्ड फेला नपरेसम्म प्लुटोलाई ग्रहको सूचीबाट हटाउन पनि अप्ठेरो थियो।

यो समस्या सन् २००६ मा हल भयो जब वैज्ञानिकहरूले इरिस नामक एक खगोलीय पिण्ड पत्ता लगाए। इरिसको व्यास २३०० देखि २४०० कि.मि.को बीच पर्ने वैज्ञानिक बताउँछन्। यसको पिण्ड प्लुटोको भन्दा २७ प्रतिशत बढी छ। फलस्वरूप एक नयाँ वर्गको जन्म भयो जसलाई वैज्ञानिकहरू शिशु ग्रह ९म्धबचा एबिलभत० भन्छन्। साथै यस क्षेत्रलाई काइपर क्षेत्र भनिन्छ। र, प्लुटोलाई ग्रहको सूचीबाट हटाई शिशु ग्रहको सूचीमा राखियो।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px