Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
कृषि क्षेत्रको बेवास्ताले खाद्य सङ्कटको गम्भीर खतरा
राष्ट्रिय समाचार समिति
 

काठमाडौँ, असार १६ गते। 'बाबु पढिनस् भने हलो जोत्नु पर्ला है' सरिताले छोरालाई सो कुरा बताएको प्रत्यक्ष सुनेपछि वरिष्ठ धान विशेषज्ञ डा. भोलामानसिंह बस्नेत झस्किए।

मुलुकको कुल गार्हस्थ उत्पादनको करिब ३४ प्रतिशत हिस्सा ओगटेको कृषि पेसाप्रति एक जना ग्रामीण महिलाले कृषि पेसालाई धिक्कारेको देख्दा आफू उदासिन भएको डा. बस्नेतले बताउनुभयो।

सरिताका जस्तै अभिव्यक्ति भक्तपुरको चित्तपोल गाविसबाट कृषि सामग्री कम्पनीमा मल लिन आएकी नानीमैया कार्कीको छ। हप्तौँसम्म मल लिन धाउँदा पनि मल नपाएपछि किसान आफ्नो पेसाप्रति नै दिक्क बनेका हुन्। उनले भनिन्, के गर्ने पैसा खर्चेर मल किन्न पनि पाइएन। यस्तै हो भने अर्को वर्षदेखि खेतीपाती गर्न नै छोड्छु, बरु अन्य व्यवसाय गरेर गुजारा चलाउँछु।

सरिताले छोरालाई नपढेमा हलो जोत्न बाध्य हुनुपर्ने उक्ति अन्तरआत्मादेखि नै बताएकी हुन्। उनले छोरालाई त्यसो किन भनिन् होला यो विचारणीय विषय हो।

कृषि पेसामा जनताका छोराछोरीले ध्यान नदिने हो भने भोलि कृषिमा व्यवसायीकरण कसरी होला ? यसले मुलुक खाद्य सङ्कटको समस्या अझ बढेर जानेछ, भोकमरीले धेरैले ज्यान गुमाउनुपर्ने छ, डा. बस्नेतले भन्नुभयो।

नानीमैयाको जस्तै पीडा नेपालका अधिकांश किसानको छ। खाद्यान्न लगाउने समयमा रासायनिक मल नपाउनु, गुणस्तरहीन बीउबीजन, कीटनाशक औषधि महँगो दरमा खरिद गर्नुपर्ने र उत्पादित वस्तुको उचित मूल्य नपाउनु किसानको पीडा हो।

विश्वका समृद्ध मुलुकहरू कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा जोड दिइरहेका बेला नेपालमा कृषि पेसा ओझेलमा पर्दै गएको छ।

उर्वर भूमिमा प्रचुर तथा अत्याधुनिक निर्माण हुँदै गएका छन्। कृषि पेसा व्यावसायिक बन्न सकेको छैन। उत्पादनको लागत उठ्न धौधौ छ। उत्पादक भनिएको वर्ग किसान अपहेलित बन्न पुगेको छ।

कृषि पेसालाई सम्मानित नगरिएसम्म मुलुकको आर्थिक विकास हुन सक्दैन भन्ने तथ्यलाई सबैले आत्मसात् गर्नै पर्दछ। परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले बढ्दो जनसङ्ख्याको खाद्यान्नको माग पूरा गर्न सक्दैन र खाद्यान्नमा परनिर्भरतालाई बढाउनेछ, जुन कृषि प्रधान मुलुकका लागि लज्जाको विषय हो डा. बस्नेतले भन्नुभयो।

कृषक रामनाथ भण्डारीले भनुहुन्छ, सरकारले कृषि पेसामा लगानीको वातावरण तयार नगर्नु, लगानीमैत्री वातावरण नभित्रिनु, राष्ट्रिय पुँजीपतिहरूले समेत कृषि क्षेत्रलाई बेवास्ता गर्नु र सरकारका वित्तीय निकायहरूले कृषि पेसामा लगानी नबढाउनु र नाफाखोरी मात्रै बन्नुले पनि कृषि पेसामा आकर्षण घट्दै गएको सम्बन्धित व्यक्तिहरू बताउँछन्।

करिब ७० देखि ७५ प्रतिशतसम्म नेपाली जनता कृषि पेसामा संलग्न छन्। राज्यले आफूलाई कृषि प्रधान मुलुक घोषणा गरेको छ। कृषिप्रधान मुलुकका जनताले पैसा तिरेर पनि मल पाउँदैनन् भने त्यस देशका जनता यस पेसाप्रति उदासिन नभए को हुने ? पूर्वकृषि मन्त्री छविलाल विश्वकर्माले प्रतिप्रश्न गरे।

नेताहरू असार १५ लाई पनि राजनीतिको मञ्च बनाउन पछि पर्दैनन् तर मल नपाएर रोपाइँ गर्न नपाएका कृषकका पक्षमा बोलिदिने कसले ? यसको उत्तर दिन न सरकार तयार छ, न कृषिको विकासका लागि भन्दै अबौर्ं डलर लगानी गर्ने दातृ निकायको ध्यान जान सकेको छैन। नेपाली जनतालाई कति मल चाहिन्छ र खपत कति हुन्छ भन्ने तथ्याङ्क कृषि तथा सहकारी मन्त्रालयलाई प्रस्ट थाहा छ तर स्वतन्त्र ढङ्गले मल खरिद गर्ने अधिकार प्राप्त निकाय कृषि सामग्री कम्पनी लिमिटेड भने पैसाको अभाव देखाएर पन्छिने गर्छ यो लज्जास्पद विषय हो, उहाँले भन्नुभयो।

प्रायः आकाशे खेतीमा निर्भर नेपाली किसानलाई यस वर्ष मौसमले समेत साथ दिएन। मकैको उत्पादन ८० प्रतिशतले घट्ने दाबी प्रमुख बाली निर्देशनालयले गरेको छ भने यस वर्ष धान उत्पादनमा पनि ह्रास आउने सम्भावना देखिएको छ। समयमा पानी नपर्दा मध्य असारमा पनि देशका अधिकांश भेगमा रोपाइँ सुरु नहुँदा चिन्तित रहेका कृषकलाई सरकारले समेत मल उपलब्ध गराउन उदासिन देखिनु चिन्ताको विषय हो।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px