Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
समयसीमाभित्रै सहमतिमा पूर्ण बजेट
कन्हैयालाल केशरी। पर्सा
 

वीरगन्ज, असार १६ गते। औद्योगीक र व्यापारिक नगरिको रूपमा चिनारी पाएको वीरगन्जका अर्थविद्, उद्योगपति र व्यापारीहरूले आर्थिक वर्ष २०६९/०७० को बजेट राजनीति सहमतिका आधारमा ल्याउनुपर्ने बताएका छन्। सहमतिका आधारमा पूर्ण बजेट आउनुपर्ने उनीहरूको दृढ मत छ।

समयमा संविधान निर्माण गर्न नसकेका दलहरूका कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बेला बजेटमाथि पनि राजनीति गरी मुलुकको अर्थतन्त्र र आम नागरिकको जीवनमा खेलबाड नगर्न आग्रह गर्दै दलहरूलाई आफ्नो व्यवहार सच्याउन दलहरूसँग आग्रह गर्दै राजनीतिक अस्थिरता र जुनसुकै दलको सरकार भए पनि आर्थिक क्षेत्रमा अवरोध गर्न नपाइने वातावरण बनाउने जिम्मेवारी सरकार र दलहरूको रहेको उहाँहरूको भनाइ रहेको छ।

ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक अर्थशास्त्र विभागका अध्यक्ष इन्दुशेखर मिश्रले संविधानसभा नभएको कारणले एकलौटीरूपमा सरकारबाट बजेट ल्याउनु उपयुक्त नहुने बताउनुहुन्छ।

संविधानको भावना राष्ट्रपतिको सुझाव र विशेषज्ञहरूको दृष्टिकोणअनुसार सरकारले सर्वपक्षीय सहमतिको आधारमा बजेट ल्याउँदा ज्यादै उपयुक्त हुने बताउनुहुन्छ। यसका लागि राष्ट्रिय हितमा अन्य सबै दलहरूले पनि दलगत राजनीति दृष्टिकोणबाट माथि उठेर राष्ट्रिय हितमा समयमै बजेट ल्याउनुमा सरकारलाई सहयोग गनुपर्ने भनाइ अर्थविद् मिश्रको रहेको छ।

अर्थविद् मिश्रले राष्ट्रको हितमा पूर्ण बजेट ल्याउनु बढी उपयुक्त हुने भएकोले बजेट ल्याउनुअघि मुलुकका सबै राजनीतिक शक्तिहरू सहमतिमा पुग्नुको कुनै विकल्प नरहेको बताउनुहुन्छ। आजको आवश्यकता भनेको भौतिक संरचनाको विकास, कृृषि र सेवा क्षेत्रको विस्तार, औद्योगिक उत्पादनमा बढी जोड दिई निजी क्षेत्रको विस्तार गर्नुपर्ने उहाँको सुझाव छ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले दलहरूले दलीय भावनाबाट माथि उठेर समग्र राष्ट्रको हितका लागि आर्थिक वातावरण बनाउन बजेट माथि राजनीति नगरी सर्वसाधारणहरूको भावना बुझेर सहमतिको आधारमा पूर्ण बजेट ल्याउनुपर्ने बताउनुहुन्छ।

अध्यक्ष टेमानीले औद्योगिक र व्यापारिक नगरिको रूपमा चिनारी पाएको वीरगन्ज-पथलैया कोरिडोरलाई सरकारले हालसम्म मान्यता नदिएर वीरगन्जवासीसँग अन्याय गरेकाले आगामी बजेटमा औद्योगिक कोरिडोरको रूपमा घोषणा गरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले घोषणा गरेअनुरुप वीरगन्जमा अन्तर्राष्ट्रियस्तरको ट्रेड फेयर सेन्टरको लागि बजेटमा रकम विनियोजन गर्नुपर्ने बताउनुभयो।

उहाँले राजनीतिक अस्थिरताका कारण रुग्ण निजी क्षेत्रका उद्योगलाई आउँदो बजेटमा विशेष राहत प्याकेजको घोषणा गरी रुग्ण अवस्थामा रहेका सरकारी उद्योगलाई विशेष सुविधा प्रदान गरी निजीकरणतर्फ लानुपर्ने बताउनुभयो। मुलुकको समग्र विकासका लागि आगामी बजेटमा विकास खर्चको दायरालाई फराकिलो बनाउनुपर्ने अध्यक्ष टेमानीको भनाइरहेको छ।

नेपाल औषधि उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष वीरगन्ज निवासी महेश गोर्खालीले बजेट दलहरूको सहमतिमा आउनुको विकल्प नरहेको बताउनुहुन्छ। एकलौटी रूपमा ल्याइएको बजेटले दीर्घ जीवन पाउने सम्भावना न्यून रहेकोले अर्थतन्त्रलाई बलियो र दीर्घकालीन बनाउन राजनीतिक दृष्टिकोणभन्दा पनि आर्थिक दृष्टिकोणले मुलुकको धरातलीय अवस्थालाई दृष्टिगत गरी पूर्ण बजेट ल्याउनुपर्ने बताउनुहुन्छ।

अध्यक्ष गोर्खालीले मुलुक अहिले ऊर्जा सङ्कटबाट गुजि्ररहेकोले बजेटको ठूलो हिस्सा ऊर्जा उत्पादनमा लगाउँदा मुलुकमा नयाँ उद्योगहरू पनि आउने वातावरण बन्ने आफूले देखेको बताउनुहुन्छ। उहाँले अगामी वर्षको बजेटले श्रमिकलाई पनि सम्बोधन गर्दै श्रम समस्याका बारेमा पनि नीति ल्याए श्रमसम्बन्धी समस्या केही हदसम्म मत्थर हुने र स्वदेशी उत्पादन पनि बढ्ने बताउनुहुन्छ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजय सरावगीले जुनसुकै दलको सरकार भए पनि बजेट पुनरावलोकन गर्ने अधिकार सरकारसँग सुरक्षित रहेकोले दलीय सहमतिका आधारमा पूर्ण बजेट समयसीमाभित्रै ल्याउनुपर्ने बताउनुहुन्छ।

निजी क्षेत्रले अगाडि सारेका न्युनतम साझा आर्थिक कार्यसूचीमा सहमति गरेर अर्थतन्त्रलाई राजनीतिक चक्रब्युहबाट मुक्त गनुपर्ने आजको आवश्यकता रहेकोले समयमा संविधान निर्माण गर्न नसकेका दलहरू यसमा चुक्नु हुँदैन पूर्वअध्यक्ष सरावगीको भनाइ रहेको छ।

करको दायरालाई अझै फराकिलो बनाई करको दायरामा सबैलाई समेट्नुपर्ने खालको बजेट आउनु उपयुक्त हुने र आगामी बजेटमा विकास खर्चमा बढोत्तरी गरी रोजगारीको स्थिति सिर्जना गरी श्रम ऐनलाई व्यवहारिक बनाए कामका लागि विदेशिनेहरूले मुलुकमै काम पाउने र रोजगारी पाउन सकिने सरावगीको भनाइरहेको छ।

खुद्रा व्यापार सङ्घका पूर्व अध्यक्ष एवं वीरगन्ज उद्योग वाणिज्य सङ्घ कार्यसमितिका सदस्य मनोज शर्माले सहमतिका आधारमा बजेट नआए सबैभन्दा बढी मार्कामा पर्ने खुद्रा व्यवसायीहरू रहेको बताउनुहुन्छ।

दलहरूबीच सहमति नभएर आएको बजेटले स्थायित्व पाउन नसकिने र सरकार बाहिरका दलहरूले सोको विरोध गर्दै सामान्य भएर गइरहेको बन्द र हड्तालको मारमा खुद्रा व्यवसायीहरू दिनहु जसो पर्ने भएकोले ढिलो भए पनि दलहरूको सहमतिका आधारमा बजेट आउनुपर्ने शर्मा भन्नुहुन्छ।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px