लन्डन, असार १६ गते। इयोन मोर्गनले अविजित ८९ रन बनाएपछि इङ्ल्यान्डले शुक्रबार राति अस्टे्रलियालाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १५ रनले हराएको छ।
घरेलु टोली इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै पाँच विकेटको नोक्सानीमा २७२ रन बनाएको थियो। अस्टे्रलियाले जवाफमा नौ विकेट गुमाएर २५७ रन मात्र बनाउन सक्यो। आयरल्यान्डका पूर्वखेलाडी तथा म्यान अफ दि म्याच मोर्गनले ६३ बलमा चार छक्का र पाँच चौका प्रहार गरे। उनले जोनाथन ट्रोट
-५४ रन)सँग ६८ र क्रेज किज्वेस्टर -२५ रन) सँग ८५ रनको साझेदारी गरे। दोस्रो खेल आइतबार ओभलमा हुनेछ।