लन्डन, असार १६ गते। स्विट्जरल्यान्डका रोजर फेडेररले शुक्रबार राति प|mान्सका जुलियन बेनेटेउलाई प्रतिस्पर्धात्मक खेलमा ४-६, ६-७ -३), ६-२, ७-६ -६) र ६-१ ले हराएर विम्बल्डनको तेस्रो चरण पार गरेका छन्।
दोस्रो वरीयताप्राप्त राफेल नाडाल दोस्रो चरणबाटै बाहिरिसकेका छन्। छपटक विम्बल्डन जितिसकेका फेडररले पनि नाडालकै बाटो पछ्याउने सम्भावना देखिएको थियो तर फेडेररले दुई सेटमा पछाडि परेर पनि बाँकी तीन सेट जितेर प्रतियोगितामा अर्को उलटपलट हुन दिएनन्।
सुरुका दुई सेट हारेपछि खेललाई कसरी पछ्याउने भन्ने कुरा हुन्छ, यस्तो अवस्थामा नै अनुभव काम लाग्छ, आज दुई सेट हारेपछि आफूलाई मानसिक रूपमा बलियो बनाई प्रत्येक अङ्कमा केन्दि्रत भएर खेलेँ, फेडेररले बताए। बेनेटेउले सम्भवतः आज आप\mनो जीवनकै सर्वश्रेष्ठ खेल खेलेको प्रतिक्रिया दिएका छन्। १६ पटक ग्रान्डस्लाम विजेतालाई टक्कर दिनु नै मैले ठूलो उपलब्धि ठानेको छु, उनी मानसिक रूपमा निकै सबल छन्, बेन्टेक्युले थपे।
शीर्ष वरीयताका नोभाक जोकोभिच चार सेटमा चेक गणतन्त्रका राडेक स्टेपानेकलाई ४-६, ६-२, ६-२, ६-२ ले हराएर अगाडि बढे। जसले सेमिफाइनलमा जोकोभिचको भेट फेडेररसँग हुने सम्भवाना बढेको छ।
महिला एकलमा शीर्ष वरीयताकी मारिया सारापोभा, तेस्रो वरीयताकी एआग्नेस्का राड्वान्स्का, आठौँ वरीयताकी एन्जेलिक कर्बर र १५औँ वरीयताका सविन लिसिकी, चार ग्रान्डस्लाम विजेता किम क्लाईस्टर्स र विम्बल्डनमा फाइनल खेलिसकेकी भेरा जोनारेभा आ-आˆनो खेल जिती चौथो चरणमा पुगेका छन्। २०औँ वरियताप्राप्त रुसकी नाडिया पेट्रोभा भने इटालीकी कामिला जर्जीसँग ६-३, ७-६ -६) ले स्तब्ध भइन्। एपी