Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
उपत्यकामा भदौदेखि रात्रीबस चल्ने
प्रकृति अधिकारी
 

काठमाडौँ, असार १७ गते। राति सवारीसाधन नपाइने समस्याले हतारिने गर्नुभएको छ ? सवारीसाधनकै कारण राति अबेरसम्म रेस्टुरेन्टमा निर्धक्कसित बसेर परिकारका स्वाद लिन पाइरहनुभएको छैन ? राति आकस्मिक रूपमा अस्पताल जान यातायात अभावका कारण समस्या हुँदै आएको छ ?

रात्रि सवारीसाधनको असुविधालाई लिएर अब सुर्ता नलिनुहोस्। काठमाडौँ महानगरपालिका र नेपाल यातायात राष्ट्रिय महासङ्घको सहकार्यमा आगामी भदौ १ गतेदेखि रात्रिबस सेवा सञ्चालन हुने भएको छ। त्यसका लागि आइतबार कामपा र महासङ्घबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले भन्नुभयो, "साँझ छ बजेपछि यातायातको समस्याले गन्तव्यमा पुग्न उपत्यकावासीलाई हतार हुन थाल्छ। उनीहरूलाई राति अबेरसम्म सुविधा होस् भनेर रात्रिबस सेवा सुरु गर्न लागिएको हो।"

कामपाका अनुसार रात्रिबस सेवाका लागि १४ वटा बस सञ्चालन गरिनेछ। हाललाई बाँसबारीदेखि रत्नपार्क, जोरपाटीदेखि रत्नपार्क, कलङ्कीदेखि रत्नपार्क, सातदोबाटोदेखि रत्नपार्क, तीनकुनेदेखि सिनामङ्गल हुँदै रत्नपार्क, बबरमहलदेखि तीनकुने हुँदै कोटेश्वर र चक्रपथ दायाँ तथा बायाँतर्फ गरी सातवटा रुट तय गरिएका छन्।

छ महिनासम्म परीक्षण गर्न भनेर कामपाले यातायात व्यवसायीलाई ४५ लाख रुपियाँ उपलब्ध गराउने भएको छ। राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन गरिने र हाललाई प्रत्येक एक घण्टामा बस आउजाउ गर्नेछ। कार्यकारी अधिकृत अधिकारीले यात्रुको सङ्ख्या बढ्दै गएपछि बस छुट्ने समय घट्दै जाने बताउनुभयो।

रात्रिबसमा सीसीटिभी जडान गरिने भएको छ। सीसीटिभीले यात्रुको हरेक गतिविधिलाई नियाल्नेछ। आपराधिकलगायतका कार्य रोक्न सीसीटिभी जडान गरिने भएका छन् भने हाल दिउँसो सञ्चालन भइरहेका बसलाई नै रात्रिबसका रूपमा प्रयोग गरिने भएको छ।

आगामी भदौदेखि कात्तिकसम्मका लागि रात्रिबसमा पनि हाल दिवा बस सेवाले लिँदै आएको भाडा कायम गरिएको छ। "राजधानीवासीले परिवारका साथमा अबेरसम्म रेस्टुरेन्टमा बिताउने सोच पूरा हुनेछ" कामपाका कार्यकारी अधिकृत अधिकारीले भन्नुभयो, "निश्चित समयमा बस गुड्ने अवस्था आउन सकेमा विश्वसनीयता कायम हुन सक्छ।"

महानगरपालिका प्रहरी परिसर काठमाडौँका प्रवक्ता धीरजप्रताप सिंहले रात्रिबस सेवालाई सुरक्षित तुल्याउन बसभित्र सादा पोशाकका तथा हतियारधारी प्रहरी परिचालन गरिने बताउँदै थप्नुभयो, "त्यस बाहेक २१ वटा मोटरसाइकलमा प्रहरीले गस्ती गरिरहने छन्। बसमा प्रहरी बस्ने भएकाले ढुक्क भएर यात्रा गर्दा हुन्छ।"

महासङ्घको बागमती अञ्चल संयोजक धर्मराज रिमालले गुण्डागर्दी, पकेटमार र जड्याहाका साथै सडक बत्तीको समस्या रहेको बताउँदै ती समस्या हुन नदिन राज्यले प्रतिबद्धता व्यक्त गरेमा रात्रिबस सेवा सधैँका लागि सञ्चालन गर्न आफूहरू तयार रहेको बताउनुभयो।

अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px