Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
युरो २०१२ को सफल आयोजना
 

किभ -युक्रेन), असार १७ गते। युरोपेली च्याम्पियन्सिपको सफल आयोजना गरेको भन्दै अहिले आयोजकद्वय युक्रेन र पोल्यान्डको सर्वत्र प्रशंसा भइरहेको छ।

यसअघि, यी दुई राष्ट्रलाई युरोपको सबभन्दा ठूलो प्रतियोगिताको आयोजना गर्ने अधिकार पाएपछि यूईएफएले गलत निर्णय गर्‍यो भन्ने आवाज उठेको थियो। यस्ता विरोधाभास आवाज १६ टिमले भाग लिएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलअघि कायम थियो।

आठवटा रङ्गशाला अपूर्ण रहेको, यातायातको सुविधा तथा भौतिक पूर्वाधार अपेक्षाअनुरूप नभएको आरोप युक्रेन र पोल्यान्डले खेपेका थिए। अझ प्रतियोगितापूर्व होटलको भाउ -विशेषतः युक्रेनमा) चर्किएपछि पाहुना समर्थकले ठूलो मूल्य चुकाउनुपर्ने डर थियो।

यसैगरी, आयोजक राष्ट्रका केही रङ्गशालामा अश्वेत खेलाडीमाथि दुव्र्यवहार गरेको र एसियाली विद्यार्थीमाथि आक्रमण भएको वृत्तचित्र बीबीसीले प्रसारण गरेपछि युरो २०१२ मा रङ्गभेदी दङ्गाको त्रास पनि उत्तिकै थियो। युरोपका केही राष्ट्रले युक्रेनमा हुने सबै खेल बहिष्कार गर्ने धम्की पनि दिए। युक्रेनमा मानवअधिकार गम्भीर विषयको रूपमा रहेको र सरकारले विपक्ष दलमाथि राम्रो व्यवहार नगरेकोमा उनीहरू असन्तुष्ट बनेका हुन्।

यद्यपि केही छिटफुट घटनाबाहेक सबै लाञ्छना दुवै आयोजकले निराधार सावित गरे। हुन त प्रतियोगितामा विदेशी समर्थकले रङ्भेदी नारा लगाएर समस्या दिन नखोजेको होइन। पोल्यान्ड र रुसबीचको खेलमा दुई समर्थकबीच भयङ्कर झडप पनि भयो। तर उद्घाटन खेलदेखि फाइनलसम्म एकसेएक विश्वस्तरीय खेल भएपछि सबैको ध्यान मैदानमा मात्र केन्दि्रत बन्यो।

यसपालि सहभागी सबै टिमले स्तरीय खेल पस्केपछि युरो २०१२ ले टेलिभिजनमा सर्वाधिक दर्शकले हेरेको प्रतियोगिताको कीर्तिमान बनाएको छ। अझ युरोपका आधिकारिक वेभसाइटको खोजी धेरै भएपछि वेभसाइट जाम नै हुन गरेको पनि पाइयो।

अहिले म पोल्यान्ड र युक्रेनका लागि गौरवको अनुभव गर्दैछु, धेरै आलोचना भए तर युरो २०१२ लाई महान् प्रतियोगिताको रूपमा आयोजना गरेर यी दुवै आयोजकले आफूलाई सावित गरेका छन्, युक्रेन र पोल्यान्डलाई अद्भुत आयोजकको रूपमा स्मरण गरिनेछ, यहाँका जनताको प्रशंसा जति गरे पनि कम हुन्छ, यूईएफएका अध्यक्ष मिचेल प्लाटिनीले फाइनलको पूर्वसन्ध्यामा आप\mनो खुसी जाहिर गरे।

अहिले युरोकप जस्तो प्रमुख प्रतियोगिताको आयोजनाले अर्थतन्त्रमा पार्ने असर बहसको विषय बनेको छ। तर पोल्यान्ड र युक्रेनका अधिकारीले हजारौँको सङ्ख्यामा पाहुना दर्शक रङ्गशालामा पुगेपछि आआˆनो देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको खुलासा गरेका छन्।

वार्साका मेयर हना ग्रोन्किविचल वाटजले यूईएफएको वेभसाइटमा उल्लेख गरेका छन्, पोल्यान्ड कहिल्यै पनि विदेशीका लागि पि्रय गन्तव्य बनेन तर युरोकपका लागि भित्रिएका हजार समर्थकबीच गरिएको अनुसन्धानमा ७३ प्रतिशतभन्दा बढीले तीन वर्षभित्रमा नै पुनः पोल्यान्डको भ्रमण गर्ने बताएका छन्।

युरोकपको सहआयोजना २१ वर्षअघि स्वतन्त्र भएको युक्रेनलाई पनि फलिफाप नै भएको छ। युक्रेन फुटबल महासङ्घका अध्यक्ष गि्रगोरी सर्किसले युरो २०१२ ले युक्रेनका आगामी पुस्तालाई समेत फाइदा पुग्ने धारणा राखका छन्। युरोले भौतिक पूर्वाधार, होटल र एयरपोर्टमा आकासजमिनको सुधार भएको छ, यसले पछिसम्म फाइदा पुर्‍याउँछ, उनले भने। एएफपी

अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px