Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
पूर्ण बजेट ल्याउन आग्रह
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १८ गते। नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधि मण्डलले आइतबार एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटी सहमतिमा पूर्ण बजेट ल्याउन आग्रह गरेको छ।

महासङ्घका अध्यक्ष सुरज वैद्य नेतृत्वको प्रतिनिधि मण्डलले संविधान जारी नगरी संविधानसभा विघटन भएपछि मुलुकको आर्थिक क्षेत्रमा अन्योलता थपिएको भन्दै यस क्षेत्रलाई राजनीतिक प्रभावबाट अलग राख्न आग्रह गरेको थियो।

दाहाल निवास लाजिम्पाटमा भएको भेटमा अर्थमन्त्री वर्षमान पुन पनि सहभागी हुनुहुन्थ्यो। यसअघि महासङ्घको प्रतिनिधि मण्डलले नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटी समयमा पूर्ण आकारको बजेट ल्याउन आग्रह गरेको थियो।

भेटमा सहभागी महासङ्घका उपाध्यक्ष प्रदीपजङ्ग पाण्डेका अनुसार समयमा पूर्ण बजेट आउन नसके अर्थतन्त्र थप सङ्कटमा पर्ने भन्दै बजेटसहित मूलभूत आर्थिक मुद्दाहरूमा साझा धारणा बनाएर अगाडि बढ्न सुझाव दिइएको थियो।

बजेट प्रभावित भए लगानी प्रवर्द्धन, आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी न्यूनीकरणजस्ता दलहरूको घोषणा नारामा सीमित हुने भन्दै आउँदो बजेट जारी गर्ने कुरालाई चाँडै निकास दिन व्यवसायीले नेता दाहालसँग आग्रह गरेका थिए।

उपाध्यक्ष पाण्डेले बजेट निर्माण तथा निजी क्षेत्रले अघि सारेको आर्थिक मुद्दाहरूमा दलहरूको स्पष्ट दृष्टिकोण नहुँदा मुलुकको अर्थतन्त्र सङ्कटमा परेको, व्यावसायिक वातावरण बन्न नसकेको कुरा आफूहरूले राखेको जानकारी दिनुभयो।

प्रतिउत्तरमा अध्यक्ष दाहालले राजनीतिक कारणले बजेट प्रभावित हुन नहुने भन्दै समयमा पूर्ण बजेट ल्याउन राजनीतिक सहमतिका लागि आफूले पहल गर्ने बताउनुभएको थियो। उहाँले व्यवसायीको चिन्ताप्रति आफू पनि गम्भीर रहेको भन्दै समयमा पूर्ण बजेट ल्याउन आफूले कुनै कसर बाँकी नरख्ने बताउनुभएको उपाध्यक्ष वैद्यले जानकारी दिनु भयो।

राजनीतिक सहमति, बजेट एवं आर्थिक नीतिहरूमा न्यूनतम सहमतिका लागि महासङ्घले थालेको प्रयासको सराहना गर्दै आफूले पनि राजनीतिक सहमतिका लागि निरन्तर पहल गर्दै आएको र निर्धारित समयभित्रै राष्ट्रिय बजेट ल्याउन सबै दलहरूका तर्फबाट सहयोग हुने आफूले अपेक्षा गरेको बताउनुभएको थियो।

महासङ्घद्धारा जारी विज्ञप्तिका अनुसार भेटमा अध्यक्ष वैद्यले राजनीतिक सहमतिका साथ अर्थतन्त्रलाई निर्वाध रूपमा अगाडि बढ्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो। भेटमा निजी क्षेत्रका तर्फबाट तयार पारिएको न्यूनतम साझा आर्थिक मुद्दाका विषयमा पनि जानकारी गराइएको थियो।

महासङ्घले राखेको न्यूनतम साझा कार्यक्रमलाई आफ्नो पार्टीको कार्यसूचीमा प्रवेश गराउने विश्वास अध्यक्ष दाहालले दिलाउनु भएको थियो। साथै उहाँले परराष्ट्र नीति एवं आर्थिक नीतिमा आम सहमति बनेमा मुलुकलाई अघि बढ्न मद्दत पुग्ने धारणा राख्नु भएको बताइएको छ।

अर्थमन्त्री पुनले सर्वोच्चको फैसलाले पूर्ण बजेट ल्याउन सरकारलाई बाटो खुलेको भन्दै सरकारले यसलाई सकारात्मक रूपमा लिएको बताउनुभएको थियो। काँग्रेस, एमालेले भने काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै सहमतिमा काम चलाउ बजेट ल्याउनुपर्ने अडान राख्दै आएका छन्।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px