काठमाडौँ, असार १८ गते। राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव शरदचन्द्र शाहको स्वर्गारोहण भएका १३औँ दिनको पुण्यतिथिको अवसरमा सोमबार राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा एक श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापा, पूर्व मन्त्री जगत गौचन, कमल थापा, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव जीवनराम श्रेष्ठलगायत सो कार्यक्रममा नेपाली खेलकुदमा आबद्ध विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।
सो अवसरमा राखेपका सदस्य सचिव लामालगायतले शाहले नेपाली खेलकुदमा पुर्याइएको योगदानको चर्चा गरेका थिए।
११ वर्षसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हालेका दक्षिण एशियाली खेलकुदमा प्रमुख योजनाकार शाहको उपचारको क्रममा सिङ्गापुरमा मृत्यु भएको थियो।