Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
स्पेन पुनः युरो च्याम्पियन
 

किभ, असार १७ गते। स्पेनले आइतबार राति इटालीलाई ४-० ले हराएर युरोपेली च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। स्पेनले लगातार तेस्रो पटक प्रमुख प्रतियोगिता जितेको हो। सन् २००८ मा युरो कप जितेपछि सन् २०१० मा स्पेनले विश्वकप ट्रफीमा पनि कब्जा जमएको थियो।

यस उपाधिसँगै स्पेनले पुनः आफूलाई विश्वको सर्वश्रेष्ठ टिम सावित गरेको छ। यसैगरी, तीन पटक उपाधि जितेर स्पेनले सर्वाधिक उपाधि जित्ने जर्मनीको कीर्तिमान बराबर गर्‍यो। यो जित युरो फाइनलमा सर्वाधिक अन्तरको जित पनि हो। यसअघि सन् १९७२ मा पश्चिम जर्मनीले सोभियत युनियनलाई ३-० ले हराएको नै कीर्तिमानको रूपमा रहेको थियो। विश्वकप फुटबलमा पनि ४-० फाइनल जितेको इतिहास छैन। पेलेको ब्राजिलियाली टिमले पनि दुई पटक एकपक्षीय रूपमा विश्वकप जित्दा तीन गोलको अन्तर मात्र रहेको थियो।

युरो २०१२ मा स्पेनले निरस शैलीमा खेल्यो भनी आलोचाना खेपेको स्पेनले फाइनलमा आक्रामक फुटबल खेली आलोचकलाई चुप पार्‍यो। स्पेनका लागि पूर्वार्द्धमा डेभिड सिल्भा र जोडी अल्बा तथा उत्तरार्द्धमा स्थानापन्न खेलाडीद्वय फर्नान्डो टोरेज र हुँवा माटाले गोल गरे।

खेलको ६४औँ मिनेटमा मिडफिल्डर थियागो मोटा घाइते भएर खेल्न नसक्ने भएर दस जनामा सीमित बनेपछि इटालीको खेलमा फर्किने सभावना समाप्त भएको थियो। मोटा सात मिनेटअघि मात्र स्थानापन्न खेलाडीको रूपमा मैदान छिरेका थिए। प्रशिक्षक सिजार प्रान्डेलीले तीन खेलाडी परिवर्तन गरिसकेकाले मोटा घाइते हुँदा इटालीले ठूलो मूल्य चुकाउनु पर्‍यो।

हामी इटालीको सम्मान गर्छौँ, इटाली महान प्रतिद्वन्द्वी हो तर आज हामीले खेलमा नियन्त्रण बनायौँ, स्पेनका प्रशिक्षक भिन्सेट डेल बोस्कले भने। डेल बोस्क विश्वको तीन सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता युरो, विश्वकप र च्याम्पियन्स लिग जित्ने एक मात्र प्रशिक्षक बनेका छन्।

पूर्वार्द्धमा दुवै टिमले बराबरीको खेल खेले पनि उत्तरार्द्ध एकपक्षीय बन्यो। आजको रात प्रतिस्पर्धा नै भएन, स्पेनले उन्नत खेल खेल्यो, इटालीको कप्तान तथा गोलरक्षक गियान्लुजी बुफनको भनाइ छ। स्पेनका गोलरक्षक तथा कप्तान इकेर कासिलासले केही राम्रा प्रहार बचाउँदा पनि इटाली खेलमा फर्किन सकेन। कासिलासको नेतृत्वमा नकआउट चरणमा स्पेनको यो लगातार दशौँ जित हो। यसैगरी राष्ट्रिय टिमको जर्सीमा कासिलासको यो सयौँ जित पनि हो। सन् २००६ को विश्वकप दोस्रो चरणमा प|mान्ससँग ३-१ ले हारेको खेलमा जिनेदिन जिदानबाट गोल बेहोरेपछि स्पेनको जर्सीमा कासिलासले नकआउट खेलमा विपक्षी टिमलाई बल गोलपोस्टमा छिराउन दिएका छैनन्।

इटालीका प्लेमेकर एन्दि्रया पिर्लो र स्ट्राइकर मारियो बालोटेलीले कोसिस गर्दागर्दै पनि स्पेनी डिफेन्सको कडा निगरानीमा प्रभावित पार्न सकेनन्।

खेलको १४औँ मिनेटमा सेच फाबि्रगासको सटिक 'चिप ब्याक' पासमा सिल्भाले हेडमार्फत् बल गोलपोस्टमा छिराए। सिल्भाको यो सफलतालाई युरो २०१२ कै सर्वश्रेठ हेड गोलको रूपमा लिइएको छ। पूर्वार्द्ध सकिन चार मिनेट बाँकी छँदा स्पेनले आप\mनो अग्रता दोब्बर पार्‍यो। प्रत्याक्रमणमा हर्नान्डेज मिलाइदिएको पासमा अल्बाले इटालीका चार डिफेन्डरको बीचबाट बल लग्दै गोल गरे।

खेलको ८४औँ मिनेटमा जाभीको पास सदुपयोग गर्दै टोरेजले गोलरक्षक बुफनसँगको एक्लो जम्काभेटमा बल गोलपोस्टमा छिराए। त्यसपछि टारेजको पासमा माटाले अन्तिम गोल गरे। जुन गोल प्रतियोगितामै माटाको पहिलो प्रहार थियो। चेल्सीका प्रमुख खेलाडी माटा यसअघि बेन्चमै थन्किएका थिए। एएफपी

अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px