खलङ्गा -बैतडी), असार १९ गते। कैलालीको धनगढीबाट दार्चुला सदरमुकामतर्फ जाँदै गरेको बस मङ्गलवार बिहान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम यातायातको ना. ४ ख ६६०८ नम्बरको बस दार्चुलाको ग्वानी-५ मा बिहान ५ बजे दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक देवबहादुर बोगटीले जानकारी दिनुभयो।