Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद
कुलचन्द्र वाग्ले
 

नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालालाई कसरी मूल्याङ्कन र स्मरण गर्ने ? यो अत्यन्त गम्भीर प्रश्न हो। राजनीतिका माध्यमबाट नेपाली चेतना एवं पहिचानमा साठी दशकभन्दा लामो र ओजपूर्ण प्रभाव राख्ने गिरिजाप्रसाद कोइरालाको ८९ औँ जयन्ती दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाएर उहाँ र उहाँको योगदानलाई स्मरण गरियो। यही स्मरणको सन्दर्भमा स्वर्गीय कोइरालाको मूल्याङ्कनको प्रश्नले नेपाली मानसमा उत्तर खोजेको हुनुपर्छ।

त्यसो त कुनै पनि महापुरुषको मूल्याङ्कन कुनै एक कोणबाट पर्याप्त गर्न सम्भव हुँदैन। महापुरुषहरूको प्रभाव बहुआयामिक हुन्छ। यस्ता पुरुषलाई मूल्याङ्कन आफ्नो क्षेत्र वा चिन्तन र विचारमा अथवा योगदानमा प्रेरणाप्रद व्यक्तित्व भनेर संक्षिप्तमा मात्र गर्न सम्भव हुन्छ। समग्रमा मूल्याङ्कन इतिहासको लामो र अविच्छिन्न प्रयासमा सायद सम्भव होला। यस्ता व्यक्तित्वलाई व्यक्तिले आआफ्नै जानकारी, अध्ययन र बुझाइमा गर्छन् र त्यो पर्याप्त भने हुँदैन।

कुनै पनि मुलुकले इतिहास वा युगलाई समग्रतामा प्रभाव पार्ने व्यक्तित्वहरू बारम्बार पाउन सक्दैन। नेपालकै सन्दर्भमा भन्ने हो भने समयको लामो शृंखलाबीच बुद्ध, पृथ्वीनारायण र भानुभक्त आ-आफ्नो विषय, क्षेत्रका मूर्धन्य बने। त्यसपछि आधुनिक भन्नोस् वा प्रजातान्त्रिक चेतनाका प्रदीप्त व्यक्तित्व बीपी कोइरालालाई नेपाली समाजले पायो। बीसौँ शताब्दीको अन्त्य भनियोस् वा २१ औँ शताब्दीको आरम्भबीच गिरिजाप्रसाद कोइरालाको नेतृत्व यस मुलुकले पायो।

महापुरुषहरूको प्रभाव व्यक्तिमा, समाजमा र विश्वक्षेत्रमा पनि परेको हुन्छ। यही कारण उनीहरूलाई प्रेरणा स्रोतसमेत मानिन्छ। यस्ता व्यक्तित्व आफ्नो मुलुकको संस्कृति एवं इतिहासको पहिचानसमेत बन्दछन्। जस्तै नेपालमा जन्मिएका बुद्ध यस देशका पहिचान बने। बीपी कोइराला नेपालको राजनीति र सामाजिक चेतनाबाट माथि उठेर विश्वपहिचानको व्यक्तित्वमा स्थापित हुनुभयो। गिरिजाप्रसाद -जीपी) कोइरालाले वर्तमान इतिहासको अन्तिम कालखण्डलाई यसरी प्रभाव पार्नुभयो कि, उहाँको जयन्तीमा आयोजित कार्यक्रमका वक्ताहरूले उहाँको अनुपस्थितिलाई अहिलेको नेपाली राजनीतिमा नेतृत्व अभावको रूपमा प्रस्तुत गरे। चाहे जीपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पीस एण्ड डेभलपमेन्ड संस्थाले गरेको कार्यक्रममा होस् वा नेपाली कांग्रेस काठमाडौँ जिल्लाद्वारा आयोजित कार्यक्रमका वक्ता, उनीहरूको निष्कर्ष जीपीको अभाव अहिलेको अश्लील राजनीति हो भन्ने नै रहृयो। मंगलबार नेवि सङ्घको कार्यक्रमका वक्ताको निष्कर्ष पनि यही थियो।

वक्ताहरूको निष्कर्षलाई यहाँ उद्धृत गर्नुको सान्दर्भिकता यस कारण छ कि, जीपीले शुरु गर्नुभएको शान्ति, लोकतन्त्र र समृद्धिको यात्रा यतिबेला अवरुद्ध जस्तै भएको छ र उहाँको अभाव खट्किएको छ। जतिबेला यो मुलुक हिंसा प्रतिहिंसाबाट अत्यन्त मर्माहत थियो, प्रत्येक व्यक्ति आफूलाई असुरक्षित ठान्दथ्यो, त्यतिबेला जीपी कोइरालाले- म हार्न तयार छु तर मुलुक हार्नु हुँदैन, नेपाली जनता मार्नु हुँदैन भनेर शन्तिको प्रयास शुरु गर्नुभयो। उहाँ सफल पनि हुनुभयो, आज भइरहेको बाँच्न पाइने अनुभूतिमा उहाँको नेतृत्व नै छ। प्रस्ट दृष्टिका साथ उहाँले भन्नुभयो-शान्ति, लोकतन्त्र र समृद्धि, यसका लागि सहमति, सहकार्य र एकता। यही दृष्टिबाट जीपी सफल हुनुभयो। प्रश्न यो यात्रालाई सशक्त र सफल बनाउने नेपाली राजनीतिका उत्तराधिकारी किन अहिले अलमलिएका छन् ? उहाँको यो सूत्र, जुन सूत्र बीपी कोइरालाको मेलमिलाप निस्सृत छ, के नेपाली राजनीतिमा यो भन्दा अर्को सुन्दर विकल्प छ र ? के जीपीले अहिलेको भत्रगोल, बेथिती र अन्योलका लागि शान्ति, लोकतन्त्र र समृद्धिको कल्पना गर्नु भएको थियो वा गणतन्त्र स्थापनाको नेतृत्व ? अथवा उहाँको यी सूत्रमा मुलुकका अन्य राजनीतिक दल र नेताहरू यस्तै बेथितिका लागि संवेष्ठित भएका थिए ?

गिरिजाप्रसाद कोइरालाको सबैभन्दा ठूलो पहिचान मिहिनेतकस मजदुरको पक्षमा लडेर उठेको लोकतान्त्रिक व्यक्तित्व हो। समय क्रममा आएको चुनौती अर्थात् देशलाई गृहयुद्धबाट जोगाउन र नेपाली जनताको बाँच्न पाउने हक रक्षा गर्न उहाँले शान्ति स्थापनाको गम्भीर दायित्व पूरा गर्नुभयो। हिंसाबाट राज्यसत्ता कब्जा गर्ने उद्देश्य लिएको नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई लोकतान्त्रिक सूत्र अनुसार उहाँले नै शान्तिको पथमा ल्याउनुभयो। यही कारण नेपाली जनताले जीपीलाई शिखरपुरुष, महानायक र शान्तिनायक जस्ता सम्मानित उपाधि प्रदान गरे।

जीपी कोइराला नेपाली राजनीतिमा अत्यन्त आलोचित व्यक्तित्व पनि हुनुहुन्थ्यो। उहाँको आलोचना शारीरिक उचाइ र सौन्दर्यका कारण भएको थिएन। विरोधीहरूले, लोकतान्त्रिक भन्नोस् वा प्रजातन्त्रप्रतिको उहाँको अविचलित निष्ठा एवं राष्ट्र र जनताका पक्षमा अहर्निस सङ्घर्षका कारण -जीपीको) आलोचना गरेका थिए। तर अविचलित यात्रामा उहाँ नेपाली राजनीतिका अत्यन्त सम्मानित नेता एवं शिखरपुरुषको पदवीबाट सम्मानित हुनुभयो। बहुआयामिक उहाँको व्यक्तित्वको समग्र मूल्याङ्कन इतिहासको लामो खोजको विषय भए पनि अहिलेको पुस्ताले जीपीलाई लोकतन्त्र, शान्ति र समृद्धिका महानायकमा स्मरण गरेको छ र उहाँको अभाव महसुस गरेको छ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px