Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १९ गते। नेपाली काँग्रेस, नेकपा -एमाले), नेकपा-माओवादी, मधेसी जनअधिकार फोरम नेपाललगायत २१ प्रतिपक्षी दलहरूले आर्थिक-अध्यादेश -बजेट) जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएका छन्।

नेकपा -एमाले) मदननगर बल्खुमा मङ्गलबार बसेको संयुक्त बैठकले संविधानको सर्वोच्चता, कानुनी शासन, लोकतन्त्र र विगतका सहमतिविरुद्ध देशलाई राजनीतिक द्वन्द्व र सङ्कटतर्फ धकेल्नु सट्टा राजनीतिक सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नसमेत आग्रह गरेको छ।

बैठकपछि नेकपा -एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई 'पदमुक्त भइसकेको' भन्दै पुरानै कार्यक्रमको निरन्तरता हुने गरी अघिल्लो आर्थिक वर्षको कुल खर्चको एक तृतीयांश बजेट ल्याउनेसमेत अधिकार वर्तमान सरकारलाई नभएको बताउनुभयो।

उहाँले व्यवस्थापिका-संसद् नभएको अवस्थामा राष्ट्रिय सहमतिबिना बजेट ल्याउन सरकारले नसक्ने दाबी गर्दै प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिएर मुलुकको सङ्कटको मार्ग प्रशस्त गर्न आग्रहसमेत गर्नुभयो।

त्यस्तै, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कामचलाउ सरकारले ल्याएको बजेट मान्य नहुने बताउनुभयो।

नेकपा-माओवादीकी नेत्री पम्फा भुषालले कामचलाउ सरकारले बजेट ल्याउन नसक्ने भन्दै बजेटका लागि राष्ट्रिय सहमति आवश्यक हुने दोहोर्‍याउनुभयो।

उहाँले जसरी पनि बजेट ल्याउने तयारी सरकारले गरेमा द्वन्द्वको परिस्थिति उत्पन्न हुने भएकाले त्यसको परिणाम पनि सरकारले बेहोर्नुपर्ने चेतावनी दिनुभयो।

यसैगरी, नेपाली काँग्रेसका डा. रामशरण महतले संसद्बाहेक अन्यत्र बजेट प्रस्तुत गर्न नसकिने भएकाले वर्तमान अवस्थामा अध्यादेशमार्फत बजेट आउन नसक्ने दाबी गर्नुभयो।

उहाँले सरकारबाट ल्याइने अध्यादेश -बजेट) जारी नगर्न संयुक्त वा अलग-अलग राष्ट्रपतिलाई भेट गरिने जानकारी गराउनुभयो।

बैठकपछि जारी विज्ञप्तिमा असार १७ गते पदमुक्त भइसकेको सरकारलाई सर्वोच्च अदालतले अध्यादेशको माध्यमबाट बजेट ल्याउन नसक्ने गरी स्पष्ट रोक लगाएको उल्लेख गरिएको छ। विगतको अभ्यासले पनि उक्त दफा लागू गर्दा चालु कार्यक्रम, योजना र प्रशासनिक खर्चलाई मात्र निरन्तरता दिने कार्यमा सीमित हुने गरी व्ययको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च अदालतले असार १७ गते 'व्यवस्थापिका-संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्न नसक्ने विशेष परिस्थिति भएमा नेपालको अन्तरिम संविधानको धारा ९६ -क) ले राजस्व र व्ययसम्बन्धी विशेष व्यवस्था गरी सोको उपधारा १ र २ को अधीनमा रही बजेट जारी गर्नुपर्ने व्यवस्था भइरहेको अवस्थामा सो संवैधानिक व्यवस्था विपरीत हुने गरी सरकारबाट बजटे जारी हुने अवस्था नभएको' भन्ने आदेश जारी गरेको थियो।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px