काठमाडौँ, असार १९ गते। नेपाल खेलकूद पत्रकार मञ्चले बुधवार हुने पल्सर स्पोर्ट्स अवार्ड २०६८ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। सो अवार्ड कार्यक्रम समग्रमा दशौं र लगातार नवौं संस्करण हो।
नेपालको प्रतिष्ठित खेलकूद अवार्डमा विभिन्न आठ विधामा पुरस्कार दिइनेछ। जसमा पल्सर वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, लोकपि्रय खेलाडी, पारा एथलिट अफ द इयर, स्पेशल अवार्ड र लाइभ टाइम इचिभमेन्ट अवार्ड रहेका छन्।
पारा, स्पेशल र लाइभटाइम एचिभमेन्ट अवार्डबाहेक अन्य पाँच विधाको मनोयन मञ्चले यसअघि नै सार्वजनिक गरिसकेको छ। हरेक विधाको मनोनयनमा पर्ने पाँच मध्येबाट एकजना विजेता चुनिनेछन्। वर्षका सर्वश्रेष्ठ लोकपि्रय खेलाडी भने एसएमएस मतमार्फत् बढी मत प्राप्त बन्नेछ। लाइफटाइम अवार्ड, स्पेशल अवार्ड र पाराएथलेट अफ द इयरको घोषणा बुधबार कार्यक्रमकै अवसरमा गरिनेछ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पपुलर प्लेयर अफ द इयरले बजाज पल्सर मोटरसाइकलसहित ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै अन्य विधाका विजेताले जनही ३० हजार रुपियाँ र ट्रफी प्राप्त गर्नेछन्। सबै विधाका मनोयनमा पर्ने खेलाडी, प्रशिक्षकले टाइमेक्सको घडी प्राप्त गर्नेछन्।
स्पोर्ट्स अवार्ड २०६८ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीको मनोनयमा शैलेश राणा -पौडी), पारस खड्का -क्रिकेट), तिलकराम थारु -एथ्लेटिक्स), शिवराम श्रेष्ठ -गल्फ) र ध्रुवप्रसाद अर्याल -घोडचडी) रहेका छन्। यसैगरी, सर्वश्रेष्ठ महिला खेलाडीका लागि तारा पुन -भारोत्तलन) प्रमिला रिजाल -एथ्लेटिक्स), श्रेया धिताल -पौडी), नवीता श्रेष्ठ -टेबलटेनिस) र नङ्गशलदेवी तामाङ -ब्याडमिन्टन) बीच प्रतिस्पर्धा हुनेछ।
यसैगरी, रुविना क्षत्री -क्रिकेट), सिद्धान्त अधिकारी -एथ्लेटिक्स), विश्वरुपा बुढा -एथ्लेटिक्स)। शिरिष गुरुङ -पौडी) र पृथु बास्कोटा -क्रिकेट) मध्येबाट सर्वश्रेष्ठ युवा खेलाडीको चयन हुनेछ। वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पुवुदु दसानायक -क्रिकेट), जगत टमाटा -क्रिकेट), नवीन सिंह -क्रिकेट)। वीरबहादुर राना -जुडो) र इश्वर कार्की -पौडी) रहेका छन्।
सविता चौधरी -एथलेटिक्स), भरत खवास -फूटबल), शक्ति गौचन -क्रिकेट), अस्लेसा लिसानेविच -टेनिस) र रमिला तन्डुकार -भलिबल) सर्वश्रेष्ठ लोकपि्रय खेलाडी बन्ने होडमा छन्।