विम्बल्डन -इङ्ल्यान्ड), असार १९ गते। बेलायतका एन्डी मरे मङ्गलवार क्रोएसियाका मारिन सिलिचलाई सोझो सेटमा ७-५, ६-२, ६-३ ले हराएर विम्बल्डनको क्वाटरफाइनलमा पुगेको छ। घरेलु खेलाडी मरे यहाँ अन्तिम आठमा पुगेको यो लगातार पाँचौँ पटक हो।
चौथो वरीयताका मरे सन् १९३६ पछि विम्बल्डन जित्ने बेलायतका पहिलो खेलाडी बन्ने सुरमा छन्। सन् २००९, २०१० र २०११ मा मरे सेमिफाइनलमा हारेका थिए। मरेसँग हारेपछि सिचिलको विजय यात्रा आठ खेलपछि समाप्त भएको छ। मरेले अब सातौँ वरीयताका डेभिड फेरर अथवा नवौँ वरीयताका हुँवा मार्टिन डेल पोट्रोमध्ये एकविरुद्ध खेल्नेछन्।
शीर्ष वरीयताप्राप्त तथा पूर्व विजेता मारिया सारापोभा भने चौथो चरणमा सेविन लिसिकीसँग ६-४, ६-३ ले हारेकी छन्। सारापोभा सन् २००२ पछि एकै वर्ष प|mेन्च ओपन र विम्बल्डन जित्ने पहिलो खेलाडी बन्ने अभियानमा थिइन्।
स्विजरल्यान्डका रोजर फेडररले यहाँ सातौँ उपाधि जितको खोजीमा अर्को पाइला चालेका छन्। उनले अन्तिम चारमा हृयाभियर मालिसेलाई ७-६ -१), ६-१, ४-६, ६-३ ले पराजित गरे। उनी ग्रान्डस्लामको क्वाटरफाइनलमा पुगेको यो ३३औँ पटक हो। फेडररले अर्को चरणमा रुसका मिखाइल यउज्नीविरुद्ध खेल्नेछन्। यउज्नीले डेनिस इस्टोमिनलाई ६-३, ५-७, ६-४, ६-७ -५), ७-५ ले हराए।