Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
ओबामा र पुटिनको कूटनीति
रामप्रसाद आचार्य
 

प्रमुख परमाणु महाशक्ति राष्ट्र अमेरिका र रुस विश्वका विभिन्न मुलुकमा पुनः आआफ्नो प्रभाव विस्तार गर्न क्रियाशील बनेका छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामालाई विश्वमा आफ्नो प्रभाव देखाएर आगामी चुनाव पुनः जित्नु छ भने प्रधानमन्त्रीपछि पुनः राष्ट्रपतिको चुनाव जिते पनि विवादमा पर्नुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्बतर्राष्ट्रिय क्षेत्रमा प्रभाव बढाएर आफू शक्तिशाली भएको देखाउन पर्ने बाध्यता छ। त्यसैका लागि अहिले अन्तर्राष्ट्रिय चलखेल निकै बढेका छन्। आगामी नोभेम्बर ४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा ओबामाले विपक्षी रिपब्लिकन उम्मेदवार मिट रोम्नीको कडा चुनौती सामना गर्नुपर्ने भएकाले भनी उहाँको अमेरिकी कूटनीति यतिखेर बढी आक्रामक देखिएको छ। ओबामाको यो आक्रामक कूटनीतिले गर्दा यतिखेर महाशक्ति राष्ट्रहरूबीच विश्वासको सङ्कट पैदा भएको छ।

एसिया र युरोपमा फैलिएको विश्वको सबैभन्दा ठूलो मुलुक रुसलाई यो क्षेत्रमा अमेरिकाको प्रभाव बढेको मन पर्दैन। सोभियत संघ विघटनको केही समयसम्म लगभग कहाली लाग्दो अवस्थामा पुगेको रुस अहिले पुनः पुरानो अवस्थामा र्फकन थालेको छ। राजनीतिक कारणले बिग्रेको अर्थतन्त्रमा सुधार गरेको रुसमा पुटिन नेतृत्वले अमेरिकासित मित्रवत् व्यवहार राख्दाराख्दै पनि आफ्नो पुरानो शक्ति, सामथ्र्य र प्रभावलाई घट्न नदिन विभिन्न अभियान शुरु गरेको छ।

रुसमा पुटिनको राजनीति र प्रभाव कमजोर बनोस् भनी पुटिनविरोधी जनमत बनाउन त्यहाँका विपक्षीहरूलाई अमेरिकाले जतिसुकै सहयोग गरे पनि त्यो प्रभावकारी बन्न सकेन। सम्पन्न रुसी राष्ट्रपति चुनावमा पुटिनलाई हराउन अनेक प्रयास गरिए पनि सफलता मिलेन। चुनाव जितिसकेपछि पनि व्यापक धाँधली, अनियमितता भयो भनी पश्चिमी सहयोगमा ठूलठूला विरोध प्रदर्शन भए तर पनि पुटिनलाई कमजोर बनाउन सक्ने आधार फेला पर्न सकेन। सोभियत संघको पतनको कारण थाहा पाइसक्नुभएका पुटिनले पृथक् ढंगले सोभियत कालीन झझल्को दिने आणविक परीक्षण र प्रदर्शनलाई निरन्तरता दिँदै पूर्वी युरोपमा अमेरिकी प्रभाव विस्तार रोक्न उहाँलेे लिनुभएको अडानकै कारण चुनाव जित्न उहाँलाई सहज भएको हो। यो कुरा अमेरिकी राष्ट्रपति ओबामालाई पनि राम्ररी थाहा छ। त्यही भएर नै उहाँले अहिले पूर्वी युरोपमा उत्तर एटलान्टिक सैनिक संगठन -नेटो) विस्तार र चीनलाई घेर्ने रणनीतिलाई चुनावी कूटनीतिक मुद्दा बनाउनुभएको छ।

चरम आर्थिक मन्दीबीच सत्ता सम्हाल्नुभएका ओबामाले आर्थिक मन्दी घटाउन र अमेरिकाको बिगे्रको अन्तर्राष्ट्रिय छवि सुधार्ने व्यक्त प्रतिबद्धता अनुसार काम गर्ने अभियानलाई निरन्तरता दिनुभएकाले उहाँको पार्टी डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावमा उहाँलाई नै अगाडि सार्ने भएको हो। यद्यपि उहाँले पनि विभिन्न कारणले गर्दा अपेक्षा अनुसार काम गर्न सक्नुभएको छैन। राष्ट्रपतिको चुनाव जिते पनि संसद् विपक्षीको नियन्त्रणमा रहेकाले ओबामालाई काम गर्न निकै गाह्रो भएकोले पनि उहाँले मुलुकको आन्तरिक व्यवस्थापन र सुधारलाई भन्दा अन्तर्राष्ट्रिय कूटनीतिलाई जोड दिनुपरेको उहाँको चुनावी बाध्यता हो। पूर्ववर्ती शासन जर्ज डब्ल्यू बुशको कूटनीतिक कमजोरीलाई नै आधार बनाएर चुनाव जित्नु भएका ओबामालाई अहिले आक्रामक कूटनीतिविना चुनाव जित्न सजिलो नभएकाले पनि उहाँको व्यवहार र गतिविधिमा आक्रामकपन बढेकोे हो। यो उहाँलाई चुनावका लागि बाध्यात्मक अवस्था भए पनि यसले विश्व कूटनीति नै प्रभावित बन्ने खतरा भने देखिएको छ। शशमलाउन सके सहज तर ज्यादै जटिल बन्दै गएको विश्वकूटनीति मामिलामा सन्तुलन आजको प्रमुख चुनौती हो। विश्वकूटनीति असफलतासँगै परमाणु युद्ध निम्त्याउने आजको जटिल परिवेशलाई सही मूल्यांकन गरी सन्तुलन मिलाउन चुके भने आजसम्म विकसित गरिएको मानव सभ्यता नै क्षणभरमा खरानी बन्न सक्ने अवस्थाप्रति समयमै सचेत हुन जरुरी छ। विश्वको परमाणु हतियारको ९५ प्रतिशतभन्दा बढी अंश ओगटेर बसेका अमेरिका र रुसले परमाणु हतियारको विवादलाई सहजै समाधान गर्ने मापदण्ड बनाउन नसक्ने र यसलाई पनि चुनावी मुद्दा बनाउने हो भने समस्या अरू बल्भि

mनेछ। परमाणु बमहरू जोसुकैले बनाए पनि ती सबै मानव सभ्यताविरोधी विनाशकारी विस्फोटक पदार्थ नै हुन् किनभने परमाणु बमले विश्वमा कहिल्यै पनि शान्ति दिन सक्दैन।

परमाणु बमको चर्चा भइरहँदा यतिखेर इरानको विवादास्पद आणविक कार्यक्रम निकै पेचिलो मोडमा पुगेको छ। इरानको परमाणु कार्यक्रमलाई लिएर गरिएको पछिल्लो उच्चस्तरीय वार्ता विफल भएपछि इरानविरुद्ध सैन्य कारबाही गर्नुपर्ने विकल्पबारे अमेरिका र उसका समर्थक मुलुकहरू गृहकार्यमा जुटेका छन् तर यो विवादको सैन्य समाधान नहुने भन्दै रुस र चीनले अडान लिँदै आएकाले सैन्य कारबाही गर्ने अमेरिकी चाहना पूरा नभएको हो। त्यसैगरी, राजनीतिक युद्धमा रहेको सिरियाका विषयमा पनि अमेरिकासँग रुस र चीनको गम्भीर मतभेद रहेको छ। इरान र सिरियाको वर्तमान नेतृत्वलाई विस्थापित गरी आफ्नो अनुकूल सत्ता स्थापना गर्न सके आफ्नो प्रभाव बढाउन सकिने चाहना गरेको अमेरिका अहिले जतिसुकै आक्रामक बने पनि इरान र सिरियामा तत्काल सैन्य कारबाही गर्नसक्ने अवस्थामा देखिएको छैन। रुस र चीनको शक्ति कमजोर भएको भए अहिलेसम्म इरान र सिरियाको अवस्था इराकको भन्दा फरक हुने थिएन तर महाशक्ति राष्ट्रहरूबीचको यो शक्ति हानाथापले प्रभावित मुलुकहरूका जनताले भने अनावश्यक रूपमा युद्धको पीडा, दमन र यातनाको शिकार हुनुपर्ने अवस्था छ। यो अर्को चिन्ताको विषय बनेको छ। महाशक्ति राष्ट्रहरूका स्वार्थमा निरंकुश सत्ता टिकाउने वा हटाउने यस्ता अराजनीतिक खेलले विभिन्न मुलुकको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता आन्दोलन कमजोर बन्दै गएको छ। एक्काइसौं शताब्दीका लागि यो सुहाउने विषय होइन।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px