प्रवेशिका एसएलसी परीक्षालाई आज पनि फलामे गेट भनिने गरिएकाले यसमा उत्तीर्ण हुनु तथा बढी आतंक ल्याइनुलाई प्रतिष्ठा र प्रगतिसँग गाँस्ने गरिएको छ, जब कि प्रत्येक परीक्षाहरू आफैमा फलामे गेट हुन्। विगतमा एसएलसीसरहको परीक्षा दिन भारतको पटना वा अन्यत्र जानुपर्ने भएको र सोभन्दा बढी योग्यता हासिल गर्ने अवसर कम मात्रामा प्राप्त हुनेभएकाले यसलाई लौहद्वार भनिन उपयुक्त थियो होला। नेपालबाट एसएलसी दिन पाइने भएको इतिहासलाई आधार बनाउने हो भने वि.स. १९९० देखि २०६८ सम्म्ा यसको ७८ औं संस्करण वितिसक्दा विश्व र मुलुकको शिक्षाको प्रगति, गुणस्तर र मापमा धेरै परिवर्तन आएको छ। कुनै बेला थियो, स्नातक उत्तीर्ण भएपछि दीक्षित भइन्थ्यो। पूर्णबहादुरले "एमए" मा गर्व गर्नुभयो। त्यो जमानामा एसएलसीले उच्च सामाजिक तौल राख्नु स्वाभाविक भए पनि अहिले विशिष्टीकृत ज्ञानका लागि विद्यावारिधि गर्नुपर्ने अनिवार्य सर्त हुँदै गरेको अवस्थामा पनि एसएलसीलाई पुरानै शैलीमा लौहद्वार मानिदा यसमा उत्तीर्ण हुन अनावश्यक कर्तुत र तौरतरिका अपनाउनु पर्ने वाध्यता विद्यार्थीदेखि शिक्षक र अभिभावकहरूलाई थपिने भयो। त्यसैले बन्द गेटको हाउगुजी बनाइएको एसएलसीमा अन्य तहका परीक्षाको तुलनामा विद्यार्थी, शिक्षक, अभिभावक र मुलुकको शिक्षा क्षेत्रसँग सम्बन्धित मन्त्रालय र निकायहरूका तर्फबाट बढी अनियमितता गर्ने गरिएको पाइएको छ। स्थानीय आवश्यकताको जाँच नगरी उच्च्ा मावि सञ्चालन गर्ने अनुमति दिइदा वा माग्दा माध्यमिक विद्यालय -एसएलसी) को परिणाम हेरेर निर्णय गरिने भएपछि शिक्षकले पाटीमा उत्तर लेखेर चोराउने काममा सबैको मिलिमोतो र सहयोग रहने भयो नि Û उदाहरणका लागि त्रिभुवन विश्वविद्यालयबाट लिइने परीक्षा जसबाट विद्यार्थीले चिकित्सक वा इन्जिनिएर बन्ने अवसर पाउँछन्, ती परीक्षा आइरन गेट हुन नसक्ने, त्यो परीक्षाको चर्चा-परिचर्चा पनि नहुने। यस्ता परीक्षाका प्रश्नपत्र कीर्तिपुरस्थित त्रिविको छापाखानामा छापिन सक्ने तर एसएलसीका प्रश्नपत्रहरू छाप्न मित्रराष्ट्र पुर्याउनु पर्ने, प्रश्नपत्र छपाउन भ्रमण काजका लागि मात्रै लाखौं रूपियाँ खर्च गर्नुपर्ने प्रवृत्तिले एसएलसी आतंकलाई अनावश्यक पालनपोषण पुगेको छ। जसरी एसएलसीमा जस्तो तयारी, तामझाम र प्रचार/ढोल विश्वविद्यालयस्तरका परीक्षामा भएको सुनिंदैन त्यसरी नै एसएलसीको तुलनामा विश्वविद्यालयका परीक्षामा अनियमितता भएका समाचार पनि आँउदैनन्। मिडिया, प्रशासक, विद्यार्थी अभिभावक र शिक्षा मन्त्रालयले एसएलसीको परीक्षालाई कागजी बाघ बनाउँदासम्म्ा यसमा हुने अनियमितता हटाउन सकिंंदैन।
एसएलसीमा बढी विद्यार्थी अनुत्तीर्ण हुनुको कारण खोज्दै जिल्लातिर जानु र "शिक्षकले कालोपाटीमा उत्तर नलेखिदिएकाले फेल भयौं" भनेर विद्यार्थीले भन्नुलाई नियमित आकस्मिकता मात्र मान्न सकिन्छ। परीक्षामा चिट चोर्न नपाएर विद्यार्थीले शिक्षक कुटेका छन्, चोराएर शिक्षक निलम्बन भएका छन्। निपुण विद्यार्थी अनुत्तीर्ण र छट्टु उत्तीर्ण भएका छन्। यस्ता अमर्यादित काम रोक्नुको सट्टा एसएलसीलाई यो वा त्यो अर्थमा सम्पूर्ण शैक्षिक तहको केन्द्रमा राखिने श्री ३ कालीन मानोवृत्ति हटाउनै पर्दछ। विगतमा मीरसुब्बाको खान्की खानका लागि बाटो खुल्ने एसएलसीले अहिले सामान्य तहमा प्रवेशको न्यूनतम शैक्षिक योग्यताको हैसियत राख्दछ भने एसएलसीलाई समय—सन्दर्भमा पनि बुझ्नु पर्दछ। अनि यसका अनियमिता केही हदसम्म आफै नियन्त्रण हुँदै जान्छन्। मन्त्री, मन्त्रालय वा तिनका कर्मचारीहरू शिक्षकले यस्तो र उस्तो अनियमितता गर्छन् भनेर पानीमाथिको ओभानो हुन सक्दैनन्। शिक्षाको समग्र गुणस्तर र उन्नयनको जिम्मेवारी पाएका व्यक्ति तथा निकायले अनियमितताका घटनालाई सञ्चारमाध्यमबाट सार्वजनिक गरेर मात्र समाधान खोजिन सकिदैन। ती गाउँमा किन यसरी शिक्षकले नै उत्तर लेखिदिनु पर्यो ? यसो गर्नुपर्ने अवस्था आउनुमा को कति दोषी छन् ? भन्नेजस्ता गम्भीर प्रश्नको उत्तर नखोजी एसएलसीको परिणामका बारेमा अन्य कुरा खोज्नुले समस्याको धरातलमा पुग्न सकिदैन। यति मात्र होइन एसएलसीको परीक्षा र परिणामलाई आवश्यकताभन्दा बढी महìव दिइएकाले यो अब शैक्षिक मात्र होइन सामाजिक समस्या पनि बन्दै गएको छ। हरेक वर्ष एसएलसीको परीक्षाफल प्रकाशित भएपछि केही सङ्ख्याका विद्यार्थीले आत्महत्या गरिरहेका मिडियाले लेखिरहेका छन् र पनि समाधानमा कसैको ध्यान गएको छैन। त्यसैले एसएलसीलाई १० कक्षा पास गरेर ११ कक्षा जाने परीक्षा मात्र हो भनेर बुभ्fm्न र बुझाउन नसक्दासम्म यस्ता अनियमिततालाई हाम्रै व्यवहारले प्रत्यक्ष परोक्ष सहयोग पुग्दछ।