Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण
लक्ष्मीप्रसाद उपाध्याय
 

काठमाडौं, असार २२ गते। कथित सुकम्बासीका नाउँमा देशभर एक लाख हेक्टर भन्दा बढी वन जंगल तथा सरकारी कार्यालयको जग्गा अतिक्रमण भएको छ।

व्यापारिक प्रयोजनका लागि राजमार्गको लोभलाग्दा छेउछाउ, विकास आयोजना नजिक, जंगल छेउछाउका जग्गा अतिक्रमण गरी कथित सुकुम्बासीले उपभोग गरिरहेको वन विभागले जनाएको छ।

हाल सञ्चालन हुन नसकेका हवाई मैदान, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, प्राविधिक शिक्षालय, मेडिकल कलेज, धार्मिक मठ, मन्दिरलगायतका विभिन्न सरकारी कार्यालयका महìवपूर्ण जग्गा समेत अतिक्रमणको चपेटामा परेका छन्।

जैविक विविधताको दृष्टिले निकै महìवपूर्ण मानिएका चितवनका तालतलैयाहरू, कैलालीको घोडाघोडी ताल, नेपाल भारत जैविक मार्गको रूपमा रहेको वसन्ता क्षेत्र, प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको बाराको मूर्तिया क्षेत्र, सर्लाहीको सागरनाथ वन अतिक्रमणमा परेका छन्। उता मकवानपुर, धनुषा, उदयपुर, सुनसरीको चुरे तथा शिंवालिक क्षेत्रमा कथित सुकुम्बासीका नाउँमा सयौं हेक्टर जमीन प्रत्यक्ष अतिक्रमण भएको छ भने नजिक रहेको वन जंगल भित्र चोरी शिकार, काठ तस्करी बढिरहेको वन तथा भू-संरक्षण मन्त्रालयले जनाएको छ।

विभागका उपमहानिर्देशक यमबहादुर थापाका अनुसार सरकारी जग्गा अतिक्रमण भएको जिल्लाको संख्या ३० भन्दा बढी रहेको छ। विभागले हालै संकलन गरेको तथ्यांक अनुसार देशमा सबैभन्दा बढी कैलाली जिल्लामा २१ हजार हेक्टर सरकारी जमीन अतिक्रमण भएको छ।

त्यसैगरी, कञ्चनपुरमा करीब ११ हजार हेक्टर, नवलपरासीमा सात हजार ९२१ हेक्टर रूपन्देहीमा सात हजार ७६३ हेक्टर, इलाममा एक हजार ८२४ हेक्टर, झापामा एक हजार ९८९ हेक्टर र सुनसरीमा एक हजार ७५४ हेक्टर सरकारी जमीन अतिक्रमण भइरहेको विभागका उपमहानिर्देशक थापाले जानकारी दिनुभयो।

तराईका प्रायः सबै जिल्लामा अतिक्रमणको समस्या रहेको छ भने पहाडी जिल्लाहरू धनकुटा, भक्तपुर तथा कालिकोटमा पनि सरकारी जग्गा अतिक्रमण भइरहेको विभागले जनाएको छ। काठमाडौं उपत्यका भित्रका भक्तपुर जिल्लामा सरकारी तथ्यांकमा २० हेक्टर जग्गा अतिक्रमण भएको देखाइए पनि कम्तिमा यहाँ दुई सय हेक्टर भन्दा बढी जग्गा अतिक्रमण भएको बताइएको छ।

त्यसैगरी, डडेल्धुरामा २९६ हेक्टर, धनकुटामा ७० हेक्टर र कालिकोटमा २५ हेक्टर जमीन अतिक्रमण भएको विभागको तथ्यांकमा उल्लेख छ। यद्यपि यो तथ्यांक भन्दा बढी जग्गा अतिक्रमण भएको कुरा स्वयं विभागका कर्मचारीहरू

स्वीकार गर्दछन्।

जग्गा कसले खाली गराउने भन्ने कुरामा सरकारी निकायबीच समन्वय नहुँदा समेत सरकारी जग्गा ओगट्ने प्रवृत्तिले महìव पाएको बताइएको छ। सडकको विस्तारसँगै व्यापारिक दृष्टिले निकै महìवपूर्ण मानिएका स्थानहरूमा रातारात अतिक्रमण हुने गरेको छ। सडक किनाराको जग्गा सडक विभागको कि वन विभागको हो भन्ने कुरामा कानूनी अड्चन रहेको वन विज्ञहरूको भनाइ रहेको छ।

विशेषगरी तराईका जिल्लामा राज्यले विभिन्न समयमा बस्ती विकास गर्न जंगल फडानी गर्ने गरेको र पछिल्ला दिनहरूमा सरकारी जग्गा अतिक्रमण गरी बसेका कथित सुकुम्बासीलाई सुकुम्बासी आयोगले लालपूर्जा बाँड्ने गरेकाले पनि सरकारी जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेको कुरा उपमहानिर्देशक थापा बताउनुहुन्छ।

राजनीतिक आडमा सामरिक महìव बोकेका स्थानमा समेत भोगचलन भइरहेकाले देशभरबाट सरकारी जग्ग्ाामा भएको अतिक्रमण हटाउन सरकारले वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ पारित गरेको छ।

वन तथा भू-संरक्षण मन्त्रालयका सचिव नवीनकुमार घिमिरेका अनुसार नेपालको वन जंगल क्षेत्रलाई ४० प्रतिशत कायम राख्ने अभियानमा यो नीतिले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

"सुकुम्बासी समस्या राष्ट्रको साझा समस्या भएकाले विकल्पहरूको खोजनीति गरी व्यवस्थापन गर्नुपर्छ तर विकल्पहरूतिर सोच्दै नसोची वन जंगल तथा सरकारी क्षेत्रमा बसाल्ने प्रवृत्तिले कम्तीमा ४० प्रतिशत जोगाउने सरकारी नीति माथि नै चुनौती थपिएको छ" सचिव घिमिरेले भन्नुभयो।

यो नीति पारित भएपछि कपिलवस्तुमा २० वर्ष पुराना दुई सुकुम्बासी बस्ती हटाइएको छ। बारा, कैलाली, कञ्चनपुरमा पनि सयौं हेक्टर जमीन खाली गराइएको छ भने राजधानीको बागमती किनारका सुकुम्बासीलाई पनि हटाइएको छ।

अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px