Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २२ गते। माओवादी सेनाका लडाकूको उमेरका विषयमा विवाद उत्पन्न भए पछि सेना समायोजनको अन्तिम चरणमा पुगेको भर्ना तथा छनोट प्रक्रिया अवरुद्ध भएको छ।

समायोजनका लागि भर्ना तथा छनोट प्रक्रिया थालनी गर्ने भनेर नयाँ भर्ति प्रक्रिया झैं नापजाँच गर्ने काम भएको भन्दै शिविरहरूमा लडाकूहरूले विरोध गरे पछि नेपाली सेनाले जारी प्रक्रियालाई तत्कालका लागि स्थगित गरेको बताएको छ।

नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले भर्ना तथा छनोट प्रक्रिया स्थगित भएको कुरालाई पुष्टि गर्दै शुक्रवार साँझ गोरखापत्रसँग भन्नुभयो, "केही समयका लागि जारी प्रक्रिया स्थगित भएको छ, पुनः सुचारु हुन सक्छ।"

चितवनका शक्तिखोरस्थित माओवादी सेनाका लडाकू रहेको तेस्रो डिभिजनको मूल प्रवेशद्वारमा लडाकूहरूले समायोजनको प्रक्रिया नभएर भर्ति प्रक्रिया झैं नापजाँच गर्न थालेकाले आफूहरूले विरोध गरेको जानकारी दिएका छन्।

हाम्रा चितवन समाचारदाता शान्ता अधिकारीका अनुसार दिनेश रामजी स्मृति बि्रगेडका बटालीयन सहकमाण्डर ढलकबहादुर मोक्तानले लडाकूहरूलाई भर्ति प्रक्रियामा समावेश गर्न खोजेकाले यो प्रक्रिया तत्काल खारेज गरी सम्मानजनक समायोजन नभएको खण्डमा आफूहरूले आन्दोलन गर्ने चेतावनी दिनुभयो।

संयुक्त राष्ट्रसंघले आफूहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक पटक प्रमाणित गरिसकेपछि नेपाली सेनाले पुनः छाती नाप्ने, स्वास्थ्य चेकजाँच गर्ने, उमेर नपुगेको बनाउने जस्ता काम गरेकोमा आफूहरूले आपत्ति जनाएको मोक्तानले बताउनुभयो।

लडाकूहरूले स्वैच्छिक अवकाशमा जाने लडाकूलाई एकमुष्ट रकम पाउनुपर्ने माग पनि राखेका छन्। यद्यपि यसअघि स्वैच्छिक अवकाशमा जाने लडाकूले पाउने रकमलाई दुई किस्तामा पाउने व्यवस्था गरिएको छ।

शुक्रवार दिउँसो समायोजनमा जान पाउने भन्दै खुसीका साथ मादल बजाउँदै नाचगान गर्दै मुख्य प्रवेशद्वारमा बसेका लडाकूहरू केही समय पछि त प्रक्रियामा कुरा नमिलेको भन्दै नाराबाजीमा उत्रिएका थिए।

सेनाले छनोट कार्यविधि र पाठ्यक्रम निर्माण गरिसकेपछि गत बुधवारदेखि भर्ना प्रक्रिया सुरु गरेको हो। उता नवलपरासीस्थित चौथो डिभिजनमा पनि भर्ना तथा छनोट प्रक्रिया अवरुद्ध भएको छ ।

नेपाली सेनाका टोलीले यहाँ स्थित शिविरमा रहेका कुल ३०२ लडाकूमध्ये १७२ जनालाई बिहीवारसम्म फाराम वितरण गरेको नवलपरासीस्थित हाम्रा समाचारदाता होमराज रानाभाटले जनाउनुभएको छ। जसमध्ये ७४ जना लडाकूले फाराम बुझाएका छन्।

उता पाँचौं डिभिजनमा पनि प्रक्रिया अवरुद्ध भएको हाम्रा समाचारदाता टीकाराम बस्नेतले जनाउनुभएको छ।

कुल ८० जनाले फाराम लिए पनि भर्ना प्रक्रियाप्रति असहमति जनाउँदै लडाकूहरूले फाराम भर्न मानेनन्।

अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px