काठमाडौं, असार २२ गते। भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठीले संघीयता नचाहने राजनीतिक दलको नेतृत्वमा नयाँ सरकारको गठन हुन नसक्ने बताउनुभएको छ।
उहाँले 'राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति नभएसम्म प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा एक, दुई, तीन आउँदैन' भन्नुभयो।
शुक्रवार यहाँ आयोजित एक साक्षात्कारमा तराई-मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका त्रिपाठीले आंशिक या तृतीयांश नभई पूर्ण बजेट नै आउने दाबी गर्नुभयो।
'राष्ट्रपति डा. रामवरण यादवले बजेट रोक्नुहुन्छ जस्तो मलाई लाग्दैन' भन्दै मन्त्री त्रिपाठीले समयमै पूर्ण बजेट नआए भौतिक मन्त्रालयलाई प्राप्त ३६ अर्ब रुपियाँ बराबरको विदेशी सहयोग निष्त्रिmय हुने बताउनुभयो।
जेठ १४ पछि मुलुकमा राष्ट्रिय सहमतिको आवश्यकता अझ बढ्दै गएको बताउँदै मन्त्री त्रिपाठीले भन्नुभयो, "संविधान, संघीयता लगायत सम्पूर्ण विवादित विषयको निकासका लागि अबको सहमति प्याकेजमै हुनुपर्दछ।"
अन्तरिम संविधान, २०६३ ले मुलुकको वर्तमान संक्रमणको व्यवस्थापन गर्ने क्षमता गुमाइसकेको बताउँदै तमलोपा नेता त्रिपाठीले संघीयता विनाको संविधान मधेसवादी राजनीतिक दलहरूलाई कदापि स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो।
संविधान जहिले पनि संविधानसभाबाट नै आउनुपर्दछ भन्दै मन्त्री त्रिपाठीले मधेसको मौलिकता र पहिचान स्वीकार नगर्नेहरूको मौलिकता र पहिचान मधेसी जनताले पनि स्वीकार नगर्ने स्पष्ट पार्नुभयो।
आˆनो कार्यकालमा उपभोक्ता र कोटेशन प्रणालीबाट हुने विकासमा रोक लगाइएको दाबी गर्दै मन्त्री त्रिपाठीले आफू आर्थिक वर्षको अन्त्यमा हुने 'असारे विकास'लाई रोक्न नसकेको स्वीकार्नुभयो।