Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह
गोरखापत्र समाचारदाता
 

काठमाडांै, असार २२ गते। राष्ट्रपति डा. रामवरण यादवले पूर्ण वा आशिंक बजेट जे भए पनि राष्ट्रिय सहमतिमा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति यादव र उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारबीचको भेटघाटको अवसरमा उहाँले यस्तो आग्रह गर्नुभएको हो।

भेटघाटमा राष्ट्रपति यादवले अन्तरिम संविधानमा व्यवस्था भए अनुसार नै बजेट ल्याउन आफूलाई सुझाव दिएको गृह मन्त्री गच्छदारले बताउनुभयो। भेटघाटपछि पत्रकारसँग कुरा गर्दै मन्त्री गच्छदारले सहमति विना ल्याइने अध्यादेशलाई राष्ट्रपतिले जारी नगर्ने भन्नुभएको बताउँदै उहाँले अब सहमतिमा बजेट आउने विश्वास लागेको बताउनुभयो।

उहाँले भन्नुभयो, "राष्ट्रपतिज्यूले दिनुभएको सुझाव र अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार सरकारले बजेट ल्याउने तयारी गरिरहेको जानकारी मैले गरएको छु", राष्ट्रपति यादवले पनि संविधान बाहिर गएर आफूले कुनै काम गर्न नसक्ने जानकारी दिनुभएको बताउँदै उहाँले भन्नुभयो, "सरकारले सहमतिकै आधारमा बजेट ल्याउनेछ त्यो पूर्ण अथवा आंशिक जे पनि हुनसक्छ।"

मन्त्री गच्छदारले मुलुकमा जारी संकट समाधानका लागि राजनीतिक दलहरू गम्भीर नभएकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गरेको पनि बताउनुभयो।

उहाँले आर्थिक क्षेत्रमा नकारात्मक असर पर्न नदिन पूर्ण बजेट ल्याउनुपर्ने आफूले सुझाव दिएको बताउनुभयो।

सहमतिको आधारमा बजेट ल्याउने विषयमा राष्ट्रपति डा. यादवले दिनहुँ विभिन्न दलका नेताहरूसँग छलफल गर्दै आउनुभएको छ। विपक्षी दलका नेताहरूले लिखित रूपमै राष्ट्रपति यादवलाई बजेटका लागि अध्यादेश जारी नगर्न आग्रह गरिसक्नुभएको छ।

यसैबीच, राष्ट्रपति डा. यादवले संविधानसभाको विघटन पछि मुलुकमा बढेको राजनीतिक अन्योललाई राजनीतिक दलहरूले सहमतिबाटै टुंग्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

उहाँले राजनीतिक दलहरूको सहमति विना मुलुकलाई अगाडि बढाउन नसकिने भएकाले राजनीतिक दलहरूबीचको सहमतिबाटै हाल देखिएको राजनीतिक संक्रमणको निकास खोजिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

वर्तमान राजनीतिक अन्योलबाट देशलाई बचाउनुपर्ने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराउन शुक्रवार महाराजगञ्जस्थित शीतल निवासमा पुगेका महिला अधिकारकर्मीसँगको भेटमा राष्ट्रपति डा. यादवले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

अन्तरिम संविधानले दिएको अधिकार भित्र रहेर सरकारले बजेट ल्याउनसक्ने बताउँदै उहाँले सरकारले बजेट पूर्ण वा आंशिक कस्तो प्रकारको ल्याउन सक्छ भन्ने विषयमा खुलाउन चाहनु भएन।

राष्ट्रपति यादवले आफू संविधानको संरक्षक भएको नाताले संविधानले दिएको अधिकार भित्र रहेर काम गर्ने बताउनुभयो।

साथै, उहाँले विगत चार वर्षमा संविधानसभाले महिला अधिकारको सुनिश्चितताका सवालमा भएका उपलब्धिहरूलाई संस्थागत गर्दै अब हुने निर्वाचन वा नयाँ बन्ने संविधानमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व गराउन पहल गर्ने वचनबद्धता व्यक्त गर्नुभयो।

भेटका क्रममा महिला अधिकारकर्मीद्वारा अविलम्ब सहमतिमा सर्वदलीय सरकार बनाउन दलहरूलाई मार्गनिर्देशन सहित दबाब सिर्जना गर्ने वातावरण बनाउनुपर्ने, सहमतीय सरकार मार्फत तत्काल सर्वदलीय भेला आयोजना गरी प्रमुख विवादित विषयमा सहमति जुटाउन पहल गर्नुपर्ने, विगत चार वर्षमा संविधानसभाले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै भावी संविधानमा तिनको सुनिश्चितता गर्दा महिला लगायत अन्य उपेक्षित समुदायको हितलाई प्राथमिकता दिनुपर्ने लगायतका पाँच सूत्रीय ध्यानाकर्षणपत्र राष्ट्रपतिलाई हस्तान्तरण गरिएको छ।

भेटमा नीति वकालतका लागि महिला सञ्जालका अध्यक्ष शर्मिला कार्की, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, संकल्पका अध्यक्ष दुर्गा सोब, दिदीबहिनीका अध्यक्ष सलोनी सिंह, क्रियाशील पत्रकार महिलाका संगीता लामा लगायतका महिला अधिकारका क्षेत्रमा कार्यरत झण्डै दुई दर्जन संस्थाका महिलाको प्रतिनिधित्व रहेको थियो।

अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px