Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
बाबुकाजी कार्की
 

यस वर्षको एसएलसी परीक्षाबाट लाखौंको संख्यामा उत्तीर्ण विद्यार्थीका लागि उच्चशिक्षा हासील गर्न सर्वसुलभ व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भए तापनि निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूको सहयोग, सहभागिता तथा प्रतिबद्धताको पनि उत्तिकै महìव रहन्छ। विद्यालय तहको अन्तिम परीक्षा एसएलसीको नतीजा प्रकाशनपछि उच्च शिक्षा अध्ययनका लागि कुुुन बिषय, किन, कहाँ, कसरी पढ्ने बारे विद्यार्थी र अभिभावकबीच खुल्दुली हुनु स्वभाविकै हो। अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ओल्लो घाट न पल्लोतिर भएर हण्डर खाएको धेरै उदाहरण छन्। त्यसकारण एसएलसी पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमा नै आवश्यक सल्लाह र सहयोग गर्न सरोकार पक्षले कञ्जुस्याइँ गर्नु हुँदैन।

श्रमबजारमा तीव्र प्रतिष्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौतीहरू थ्ापिंदै गएका छन्। यस्तो बदलिंदो परिवेशको चुनौतीपूर्ण श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न समयको माग अनुसार अध्ययन विषयको छनोट होश पुर्‍याएर गरिनु पर्दछ। तसर्थ कुन विषय किन र कहाँ

पढ्ने ? अभिभावक र अनुभवको सल्लाह र सुझाव मार्गदर्शन हुन सक्छ। विद्यार्थीको चाहना अनुसारको पठनपाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकहरूको चिन्ता र चिन्तनको विषय बन्नु पर्दछ। गुणस्तरीय पठनपाठन तर्जुमाका लागि क-कसले के-के भूमिका निर्वाह गर्नुपर्ला ? सरकार एवं सरोकार पक्षले आ-आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्न चुक्नु हुँदैन। उच्चशिक्षा अध्ययनका लागि विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्य बीचको सहकार्यबाट गम्भीरतापूर्वक समयमा नै दूरदर्शी निर्णय र निष्कर्षमा पुग्नुपर्दछ।

यर्थाथमा विद्यार्थी आफैंलाई मात्र आप\mनो खुबी थाहा हुन्छ। त्यसकारण आफूले कक्षा एक देखि १० सम्म पढेको अनुभवका आधारमा मात्र उच्च शिक्षाको लागि विषय छान्ने निर्णय गर्नुपर्छ। कुनै पनि विषय सानो हुंदैन। आफूले पढेको विषयमा सतही ज्ञान मात्र नगरेर विशेषज्ञता हाँसिल गर्नुपर्दछ। तसर्थ विषय रोज्दा आफ्नो रुचि र क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि कुरामा विशेष ध्यान दिनुपर्छ। शिक्षण संस्थाको विज्ञापन तथा पुस्तिका लेखिएका कुरालाई मात्रै विश्वास नगरी शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता र पारदर्शिता समेतलाई वस्तुनिष्ठ भएर प्रत्यक्ष अवलोकन गर्नुपर्दछ। भविष्यमा अपनाउने पेसा, त्यसके लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताबारे यथार्थपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनोटको निष्कर्षमा पुग्नु बुद्धिमानी कदम हो।

अभिभावकलाई विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरुलाई भन्दा बढी थाहा हुन्छ। छोराछोरीको इच्छा विपरीतका विषय जबर्जस्ती पढ्न लगाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्या समेतका अपि्रय घटना हुने गरेको पाइन्छ। त्यसकारण छोराछोरीको क्षमता र रुचि अनुसारको विषय छनोट गर्न बाबु आमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ। उनीहरूको भावनाको कदर गर्दै अध्ययन गरेको विषयगत उपलब्धिहरूको आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहित गरिनुपर्छ। जसले गर्दा भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हाँसिल गर्न उनीहरू सक्षम होउन्।

छोराछोरीको विगतको शैक्षिक उपलब्धि पृष्ठभूमि जान्न शिक्षण संस्थासँग सम्पर्क गरेमा अझ सार्थक हुन्छ। त्यस्तै एक जिम्मेवार अभिभावकले आफ्नो आर्थिक हैसियतलाई ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचार प्रसारको वास्तविक धरातल समेतको वस्तुनिष्ठ अध्ययन अवलोकन गरेर मात्र शिक्षण संस्था छनोट गरेका खण्डमा पछि पछुताउनु नपर्ला।

सार्थक दूरदर्शी सोच राखेरमात्रै अनुशासित वातावरणमा शिक्षणसंस्था सञ्चालन गर्नुपर्छ। भनिन्छ, बाली लगाउन कम्तीमा एकवर्षको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन एक सय वर्षको योजना बनाउनुपर्छ। देखासिकी गरी धुरी चढ्नुको साटो गम्भीरतापूर्वक संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भाव्यताको अध्ययन अनुसन्धानपछि मात्र शिक्षणसंस्था सञ्चालन गर्ने निष्कर्षमा पुग्दा फलदायी हुन्छ। संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासिल गर्न व्यवस्थापनलाई चुस्त दुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नुपर्छ। विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रको रूपमा संस्थालाई स्थापित गर्ने लक्ष्यबाट संस्था निर्देशित हुनुपर्छ। विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरि मानेर शैक्षणिक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ। त्यसका लागि राज्यको सहयोग र सकारात्मक नीति नियम अपरिहार्य हुन्छ।

अर्कोतर्फ सञ्चालित उच्चमाविहरूको संख्यात्मक तथा गुणात्मक अवस्थाको अनुगमन निरीक्षणलाई सशक्त बनाउनुपर्ने हुन्छ। तोकिएको सर्त अनुसार विद्यालय सञ्चालन भएका छन् कि छैनन् ? निरन्तर अनुगमन हुनुपर्छ। शुल्कको पारदर्शिता एवं औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ। विद्यालयको सबै पक्षको पारदर्शिता बारे राज्य र स्वयं सेवाग्राही चनाखो हुनुपर्छ। साधनस्रोतको पर्याप्तता तथा तिनीहरूको अधिकतम उपयोगका साथै वस्तुनिष्ठ अनुगमन निरीक्षणको आधारमा पुरस्कार र दण्डको व्यवस्थाले एसएलसी पार गरेका लाखौं विद्यार्थीलाई विश्व श्रम बजारमा खरो प्रतिष्पर्धा गर्ने गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने यर्थात हो।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px