काठमाडौं, असार २३ गते। राष्ट्रपति डा. रामवरण यादव र अर्थमन्त्री वर्षमान पुनबीच शनिवार राष्ट्रपति निवासमा आगामी बजेट सम्बन्धमा छलफल भएको छ।
सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको बेला अर्थमन्त्री पुनले पूर्ण बजेट आउन नसके त्यसबाट उत्पन्न हुने कठिनाइ सम्बन्धमा राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो।
भेटपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री पुनले आफूले पूर्ण बजेट नल्याउँदा आउन सक्ने जटिलताबारे राष्ट्रपतिलाई जानकारी गराएको र छलफल सकारात्मक भएको बताउनुभयो। राष्ट्रपति डा. यादवले सरकारले चुनाव घोषणा गरिसकेको अवस्थामा आफूले संवैधानिक प्रावधान, अन्तर्राष्ट्रिय अनुभव र प्रचलनसमेत विचार गरी जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको अर्थमन्त्री पुनले बताउनुभयो। रासस