काठमाडौं, असार २३ गते । नयना शाक्यले सर्वाधिक स्कोर गरेपछि ११औं मोर्गन कप राष्ट्रिय महिला बास्केटबलमा प्राइम स्पोर्टस क्लबले गोल्डेनगेट क्लबलाई ३९-३४ स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।
दशरथ रंगशालाको कर्भडहलमा भएको प्रतियोगितामा प्राइमले पहिलो, दोस्रो, तेस्रो क्वाटरमा क्रमशः ११ - ५, ११-७, १५-१४ स्कोरले अग्रता लिएको थियो । अन्तिम क्वाटरमा भने गोल्डेनगेटले ८ -२ स्कोरले प्राइमलाई पछाडि पार्यो । गोल्डेनगेटका लागि अनिसा तुलाचनले सर्वाधिक ११ स्कोर गरेकी थिइन् ।
पुरुषतर्फको स्पर्धामा भने साउथ साइडरले मोर्गन कलेजलाई ८६-७२ स्कोरले पराजित गरी सेमिफाइनलमा प्रवेश गर्यो ।
साउथ साइडरले पहिलो क्वाटरमा २५-१२ स्कोरले अग्रता लिए पनि दोस्रो र तेस्रो क्वाटरमा भने १६-९, २३-२२ स्कोरले पछाडि परेको थियो । अन्तिम क्वाटरमा भने उत्कृष्ट प्रदर्शन गर्दै साउथ साइडरले ३०-२१ स्कोर बनाएर मोर्गनलाई पराजित गर्यो ।
खेलमा साउथ साइडरका संजय व्यंजनकारले सर्वाधिक ३२ अंक र मोर्गनका आयुस सिंहले १७ स्कोर जोडेका थिए ।
पुरुषतर्फको अर्को खेलमा गोल्डेनगेटले पि्रमियरलाई ९३-९० स्कोरले पराजित गर्यो । प्रतियोगितामा गोल्डेनगेट र पि्रमियर दुबै सेमिफाइनलमा प्रवेग गरेका छन् ।
गोल्डेनगेटको लागि सुशील गुरुङले सर्वाधिक ३१ अंक जोडेका थिए भने पि्रमियरका लागि सदीश प्रधानले सर्वाधिक २४ अंक जोडेका थिए ।