ज्युरिच, असार २३ गते। फुटबलमा अब रेप|mीको लापरवाहीले गोल अमान्य हुने छैन। यसैगरी, इस्लामी राष्ट्रका महिला फुटबलर पनि स्कार्फ लगाएर मैदानमा उत्रनबाट रोकिने छैनन्।
फूटबलको नियम बनाउने संस्था इन्टरनेसनल फूटबल एसोसिएशन बोर्ड र फिफाको सञ्चालक समिति गोललाइन प्रविधि तथा मुस्लिम खेलाडीलाई स्कार्फ लगाएर खेल्ने अनुमति दिन तयार भएका छन्। धर्म र संस्व[mतिलाई केही हदसम्म कानूनले पनि छूट दिए पनि फिफाले सन् २००७ मा महिला फूटबलरले स्कार्फ लगाउनमा प्रतिबन्ध लगाएको थियो।
हालै जोर्डनविरुद्धको खेलमा स्कार्फ लगाएर खेल्न नदिंदा इरान वाकओभर दिन बाध्य भएको थियो। जसले गर्दा इरानको महिला फुटबल टिम लन्डन ओलम्पिक खेल्नबाट वञ्चित भयो। तर यस कदममा इस्लामी राष्ट्रहरूले कडा विरोध गरेपछि फिफा झुक्न बाध्य भएको छ। स्कार्फलाई रग्बी र तेक्वान्दोमा पहिले नै मान्यता दिइसकेको छ।
यसैगरी, विश्वभरका खेलाडी, संचारमाध्यम, प्रशिक्षकले कडा माग गरेपछि गोललाइन प्रविधि पनि प्रयोग हुने भएको छ। युरो २०१२ मा इंगल्यान्डविरुद्धको खेलमा मार्को डेभिसले गोल गरे पनि रेप|mी र लाइन्सम्यानले बलले गोलरेखा पार गरेको छुट्याउन नसक्दा युक्रेन निराश बनेको थियो। गत विश्वकपमा जर्मनीविरुद्धको खेलमा प|mान्क लाम्पार्डको गोल अमान्य हुँदा इंगल्यान्डले यस्तै नियति भोग्यो।
यी दुवै मागमा इन्टरनेसनल फूटबल एसोसिएशन बोर्डले बिहीवार राति सहमति दिइसकेको छ। यसअघि, फूटबलमा मैदानमा रेप|mीले गर्ने निर्णयमा प्रविधिको प्रयोगले खेल निरस हुने र स्कार्फ लगाएर फुटबल खेल्दा खेलाडीलाई खतरा हुनसक्ने भन्दै फिफाले यी दुई नियम लागू गर्ने अनुमति दिन अस्वीकार गरेको थियो।
गोललाइन प्रविधि
अब गोलको विवादमा निर्णय गर्न दुई प्रविधि उपलब्ध हुनेछ। जसमध्ये पहिलो 'हक आई' हो। यो प्रविधि टेनिस र क्रिकेटमा प्रयोग भइसकेको छ। अब गोलपोस्टसँग लगाएका क्यामेराबाट उपलब्ध तस्वीरको आधारमा निर्णय गरिने छ। यसैगरी, निर्णय गर्न 'गोलरेफ' प्रविधि पनि लागू गरिनेछ। गोलपोस्ट नजिक विशेष रूपमा तयार गरिएको चुम्बिकीय क्षेत्र हुनेछ। यसका लागि विशेष बलको प्रयोग गरिनेछ। सो बल त्यो क्षेत्रमा पुग्ने बित्तिकै गोलको संकेत मिल्नेछ।
यी दुवै प्रविधिले एक सकेन्डमा नै रेप|mीलाई गोल भए नभएको ज्ञात हुनेछ। यी दुई प्रविधिलाई अनुमति दिनुअघि दसथरीका प्रविधिको परीक्षण गरिएको थियो। फिफाले गोललाइन प्रविधि आगामी डिसम्बरमा हुने क्लब विश्वकपमा लागू गर्ने जानकारी दिएको छ। यसैगरी, यूईएफका अध्यक्ष मिचेल प्लाटिनीले यो प्रविधि प्रयोग वैकल्पिक मात्र भएको बताएका छन्। एजेन्सी