Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
विजया दाहाल
 

अधिकांश नेपाली महिला पाठेघर तथा महिनावारी समस्यासँग जुझिरहेका छन्। उनीहरू शारीरिक मानसिक, मनोवैज्ञानिक तथा सामाजिक सम्पूर्ण रूपमा अस्वस्थ छन्। सुत्केरी अवस्थामा पौष्टिक खानेकुरा खान र आराम गर्न नपाउँदा विभिन्न समस्या देखापर्ने गरेका छन्। शारीरिक मानसिक थकाइलाई सहजै लुकाइदिने, एक्लैले सम्पूर्ण घरको काम सम्हाल्नुपर्ने बाध्यता छ अनि पुरुषहरूको सहयोगको वातावरण अझै पनि सहज बन्न सकेको छैन। ग्रामीण क्षेत्रका महिलाको कुरा गर्दा दाउरा चिर्ने, बच्चाको हेरचाह गर्ने, गह्र्र्रौं भारी बोक्ने कार्य उनीहरूको मुख्य जिम्मेवारीभित्र पर्दछ। भारी जिउ र सुत्केरी अवस्थामा यसले नराम्रो असर पुर्‍याइरहेको हुन्छ, तर पनि यी सबैकुरालाई साधारण सम्झने बानीको विकास हुँदै आइरहेको छ। महिनावारी हुँदा रगत बढी जाने, रिङटा लाग्ने, बेस्सरी पेट दुख्ने, ढाड दुख्ने यी समस्यालाई समस्याको रूपमा नलिई अति पीडाको वावजुद पनि महिनावारीको सामान्य प्रक्रियाको रूपमा लिने गरेका छन्। शहरी क्षेत्रका शिक्षित महिलाहरू केही सचेत भएको पाइए पनि गाउँका आमा दिदी बहिनीहरूमा यो समस्या हो भनेर थाहा नै नपाएको अवस्था छ।

उपत्यकाभित्र पर्ने भक्तपुर जिल्लाको वागेश्वरी गा.वि.स.मा बस्ने महिलाहरूको स्वास्थ्यसम्बन्धी जानकारीका लागि गत फागुनमा गरिएको एक अध्ययनले यी कुरा प्रष्ट्याएको छ। ५४ वर्षकी तुलसा रिजाल १२-१३ बर्ष अगाडिदेखि पेट दुखेर बेहोश हुनेगर्थिन्। डाक्टरलाई देखाउँदा पाठेघर सरेको र सुन्निएको छ भनियो, १५ दिन औषधी सेवन पछि सुन्निएको त बस्यो तर दुख्न भने छाडेन। बेलुका केही नहुने बिहान उठेपछि बाक्लो पिपजस्तो खस्ने, रगतको डल्ला जाने यो पीडादायी कष्ट पीडा १२ बर्ष सहेर बसेकी तुलसा गत कात्तिकमा रगतको धारो बगेर बेहोश भइन्। हस्पिटल ल्याइयो, अपरेशन भयो, तर टाँका पाकेर पटक-पटक हस्पिटल धाउनुपर्‍यो। यस्तै अर्की एकजना महिला देवकि लामिछानेको पनि असाध्यै पेट दुख्छ, ६-७ दिनसम्म रगतका टुक्रा टुक्रा जाने गर्छ, बढी रगत जानाले त्यो बेला उनी कतै हिंड्न सक्दिनन् साथै चिलाउने समस्याले पनि सताउने गरेको छ। ट्वाइलेट बस्दा गह्रौं झुन्डिएजस्तो हुने कम्मर दुख्ने साथै महिनावारीको समयमा रिङटा लाग्ने, टाउको दुखेर सहनै नसक्ने हुन्छ। तुलसा अधिकारी ३३ वर्ष मात्र पुगेकी छन् उनको पनि समस्या यस्तै छ। सेतो पानी बग्ने, रगत बढी जाने भएको १० वर्ष जति भएको छ, महिनावारीको समयमा ज्वरो आउन थालेको तीन वर्ष जति भयो।

उर्मिला गीरीलाई पनि यस्तै समस्या छ तर आफू स्वस्थ भए जसरी उनी भन्छिन् "पर सरेको बेला मात्र बिरामी हुन्छु अरूबेला ठिक छु" उर्मिलाले सामान्य अर्थमा सहज उत्तर दिइन् "शारीरिक तथा मानसिक थकाइलाई सहजै लुकाइदिने प्रवृत्ति नै बनिसकेको छ।" उनको भनाइबाट सहने बानी संस्कारको रूपमा विकसित भइरहेको छ भन्ने प्रष्ट बुझ्न सकिन्छ। तर वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर चन्दा कार्कीका अनुसार महिनावारीको अवस्थामा बढी रगत बग्नु, पेट दुख्नु जस्ता लक्षण सामान्य अवस्था नरहेको बताउँछिन्। पाठेघरको मुख सानु छ भने रगत निस्कन नपाएर पेट दुख्ने हुनसक्छ, बच्चा जन्माएपछि मुख ठूलो हुन्छ र पेट दुख्न छाड्दछ तर त्यसपछि पनि समस्यादेखि नै रहृयो भने डाक्टरलाई देखाउनुपर्छ। बच्चा जन्मिएपछि सेतो पानी बग्न सक्छ तर धेरै बग्नु राम्रो होइन। सुगर, यौनरोग तथा धेरै कमजोर भएको बेला पनि सेतो पानी बग्नसक्छ र सेतो पानी जाने कारणले ढाड दुख्नसक्छ भने पाठेघरको मुखमा या अण्डा निस्कने ठाउँमा मासु पलाउँदा थाइराइडको समस्या छ, मुटुको अपरेशन गरेको छ भने पनि बढी रगत जाने गर्दछ। २१ दिनदेखि ३५ दिनसम्मको अवधि महिनावारीका लागि सामान्य हो। अधिकांश महिलाहरूको रिङटा चल्ने समस्या रहेको छ, यसमा प्रत्यक्ष महिनावारीको सम्वन्ध नभए पनि पौष्टिक खानेकुराको कमी आराम नपुगेको अवस्था, बढी रगत जाँदा रक्त अल्पत्ताको कारणले टाउको दुख्ने तथा रिङटा लागेको हुनसक्ने डाक्टर कार्की बताउँछिन्।

सुत्केरी व्यथा लामो लागेको बेला पेट थिचेर बच्चा जन्माउने प्रयास गर्नाले, पाठेघरमा ट्युमर पलाएको छ भने, सुत्केरी अवस्थामा गह्रौ भारी उठाउनाले, पर्याप्त मात्रामा पोषीलो खानेकुरा खान नपाएको अवस्थामा पनि पाठेघर तल र्झनसक्छ। यसो भएमा पनि ढाड दुख्ने समस्या देखिन्छ। पााठेघर खस्ने तीन चरण हुन्छन्। पहिलो चरणमा पाठेघरले आˆनो ठाउँ छाड्छ तर योनिभित्रै हुन्छ। दोस्रो चरणमा पाठेघर योनिको मुखसम्म आउँछ। तेस्रो चरण पार गर्दा पाठेघर योनिको मुखबाहिर निस्कन्छ। यस्तो अवस्थामा तल्लो पेट दुख्ने, भारी भएको महशुस हुने तथा सम्भोग गर्दा दुख्ने लक्षण देखापर्न भनाइ डा. कार्कीको छ।

टाउको दुख्ने, रिङ्टा लाग्ने, सेतो पानी बग्ने, रगत बढी मात्रामा जाने तथा पेट दुख्ने अधिकांश महिलाहरूको समग्रमा एउटै समस्या छ।

डाक्टरका अनुसार यो कुनै समस्या नआई देखिएका असर होइनन्। गह्र्रौ भारी बोकेकोले रगत तथा सेतो पानी बगेको हुनसक्ने यिनीहरूको अनुमानमा डा. कार्कीको भनाइ छ। भारी बोक्नुसँग प्रत्यक्ष सम्बन्ध भने छैन। तर कम्तीमा पनि वर्षको एकपटक पाठेघरको जाँच गराउनुपर्छ। कपडा नफेर्ने, सफा नगर्ने बानीले पनि चिलाउने तथा इन्फेक्सन हुने डर हुन्छ।

परिवार, समुदाय तथा स्वयं महिलाहरूलाई महिला स्वास्थ्यसम्बन्धी समस्याबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ, उनीहरू स्वयंमा चेतना नआएका कारणले पनि यो समस्याको निराकरण हुनसकेको छैन। उनीहरूमा बुझाइको कमी छ। महिलाहरूले लाज र संकोच नमानी आˆनो अवस्थाबार प्रष्ट छलफल गर्नुपर्दछ। लैंगिक विभेद हट््नुपर्दछ। उल्लिखित समस्या आउन नदिन घर परिवारका साथै श्रीमानको सहयोग पनि अपरिहार्य छ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px