Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
प्रमुख समाचार
'शान्ति सम्झौताको मर्म बिर्सियो'
शदरराज सुवेदी/महेन्द्र विष्ट
 

विराटनगर, कात्तिक ९ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीले शान्ति सम्झौताको मूल भावनालाई बिर्सिएर सेना समायोजनको कुरालाई मात्र उछालिरहेको आरोप लगाउनुभएकोछ ।

"सहमति, सहकार्य र एकता शान्ति सम्झौताको मूल मर्म हो तर माओवादीले यो भावानालाई बिर्सिएर सेना समायोजनको कुरालाई मात्र उछालीरहेको छ ," कोइरालाको आरोप थियो ।

संविधानसभाको निर्वाचनपछि कार्यकर्तामा जागरण ल्याउने उद्देश्यले काङ्ग्रेसले विराटनगरबाट सुरु गरेको जनजागरण अभियानको शनिबार उद्घाटन गर्दै कोइरालाले माओवादीलाई सचेत गराउनु यो बेला आफ्नो कर्तव्य भएकाले यी कुरा गरेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो-"एगि्रमेन्टमा भएका सबै कुरा लागू हुनुपर्छ । सेना समायोजन पनि त्यस भित्रको एउटा प्रसङ्ग हो ।"

पूर्वप्रधानमन्त्री कोइरालाले नेपालको शान्ति सम्झौताको फर्मुलालाई र्नै हेरर विदशीहरूले अहिले सहयोग गरिरहेको जिकिर गर्दै भन्नुभयो-" उनीहरूले सहकार्य, सहमति र एकताको राजनीतिलाई मात्र सहयोग गरेका हुन् ।"

"बन्दुकको आवाज बोल्ने शान्ति होइन, प्रजातन्त्र र सहमतिको आवाज बोल्ने शान्ति अहिलेको आवश्यकता हो", कोइरालाले भन्नुभयो र थप्नुभयो, "तर प्रचण्डजी अहिले बाङ्गो बाङ्गो कुरा गर्न थाल्नुभएको छ । संसदीय व्यवस्था असफल भयो भन्ने कुराप्रति मेरा आपत्ति छ । "

पूर्वप्रधानमन्त्री कोइरालाको प्रश्न थियो प्रजातन्त्रको जननी मानिने संसदीय व्यवस्था कसरी असफल हुन सक्छ ? सभापति कोइरालाले यही जनजागरण अभियानमार्फत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउन चाहेको बताउनुभयो ।

म प्रचण्डजीलाई यही सभामार्फत

'शान्ति सम्झौताको मर्म

सम्झाउन चाहन्छु- "राष्ट्र भनेको जनता हो , जनताबिनाको राष्ट्र हुन सक्तैन । माआवादीले जनतालाई बिर्सिए जस्तो छ ।"

पूर्वप्रधानमन्त्री कोइरालाले माओवादी यहाँसम्म कसरी आयो? काङ्ग्रेसले के भूमिका खेल्यो ? अनि के का लागि भूमिका खेलिएको हो, प्रचण्डजीले बिर्सनु हुँदैन भन्नुभयो ।

"अहिले प्रचण्डीजीले विभिन्न शब्दजालहरू बुन्दै विभिन्न कुराहरू गरेर जनतालाई त्यसभित्र फँसाइरहनुभएको भन्दै कोइरालाले तर यस्ता शब्दजालमा उहाँ आफैँ फस्तै गइरहेको दाबी पनि गर्नुभयो ।

उहाँले काङ्ग्रेसको हरेक पाइलामा इतिहास लेखिएको छ भन्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने इतिहास पनि काङ्ग्रेसले रचेको स्मरण गराउनुभयो । पूर्वप्रधानमन्त्रीको थप कथन थियो यस्तो इतिहास रचेको काङ्ग्रेसलाई कसैले परास्त गर्न सक्तैन । काङ्ग्रेस इतिहासका कारण यहाँसम्म आइपुगेको हो । यो सबैले बुझ्नुपर्छ ।

पूर्वप्रधानमन्त्री कोइरालाले कसैसँग सम्बन्ध भयो भने आˆनो बिर्सने बानी छैन भन्दै प्रधानमन्त्री प्रचण्डले भने पुरानो सम्बन्ध बिर्सने गरेको गुनासो गर्नुभयो । प्रचण्डजीसँग आफूले साडे तीन वर्ष सँगै काम गरियो तर उहाँ गलत बाटोमा जान लाग्नुभएको देखेर सम्झाउँदैछु, कोइरालाले भन्नुभयो ।

उहाँले वाईसीएलको ज्यादती र क्यान्टन्मेन्टमा थन्क्याइएका हतियारहरू लिएर संसद् प्रवेश गरेका घटनाप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नभयो, "यस्ता ज्यदतीहरूको विषयमा काङ्ग्रेस अब चूप लागेर बस्तैन प्रचण्डजीले यो कुरा राम्रोसँग बुझे हुन्छ ।"

शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउने अठोट व्यक्त गर्दै क्रान्तिको बिगुल फुक्ने विराटनगरमा आएर आज शान्तिको बिगुल फुकेको पूर्वप्रधानमन्त्री कोइरालाले उद्घोष गर्नुभयो ।

उहाँले कार्यकर्ताहरूलाई भन्नुभयो-"तपाँइहरू यही शान्तिको सन्देश लिएर गाँउ-गाँउ जानुहोस् । आजदेखि काङ्ग्रेसमा कोही नेता छैनन् सबै कार्यकर्ता हुन्, म पनि कार्यकर्ता हुँ । यही समतानको सन्देश म दिन चाहन्छु ।

उहाँले तरुण, विद्यार्थी, मजदुर, महिलालगायत सबै कार्यकर्तालाई क्रान्तिकारी छबी जोगाइराख्न निर्देशन पनि दिनुभयो ।

सोही सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति सम्झौताको सिँडी टेकेर सत्तामा पुगेको माओवादीले अराजकता र अशान्ति फैल्याइरहेको आरोप लगाउँदै भन्नुभयो-"उसले जनतालाई पिराल्ने र कार्यकर्ता पोस्ने नीति लिइरहेको छ ।"

कार्यवाहक सभापति सुशील कोइरालाले कब्जा गरिएका सम्पति,घर जग्गा अहिलेसम्म पनि फिर्ता नगरिएकाले माओवादीप्रति विश्वास गर्ने आधार नरहेको बताउनुभयो ।

उपसभापति रामचन्द्र पौडेलले माओवादी अहिले पनि हिंसाको पक्षमा रहेको उसका व्यवहारले देखाएको छ भन्दै शान्ति सम्झौताको पूर्ण पालन गर्न अनुरोध गर्नुभयो ।

नेपाली काङ्ग्रेस मोरङका सभापति अमृत अर्यालको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू महेश आचार्य, कृष्णप्रसाद सिटौला, तीर्थराम डङ्गोल, ज्ञानेन्द्र कार्की, सुजता कोइराला, डा मिनेन्द्र रिजाल, डा शेखर कोइराला, युवा नेता गगन थापा, प्रदीप पौड्याल, महिला नेत्री अम्बिका बस्नेत, भुटनीदेवी खवास, डिगबहादुर लिम्बूलगायतका नेताहरूले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाली काङ्गेसले सुरु गरेको जन जागरण अभियानको माध्यमबाट दिगो शन्ति, लोकतन्त्रको स्थायित्व र नयाँ संविधान निर्माणको विषयलाई गाँउ गाँउसम्म पुर्‍यउने बताएको छ । शनिबार सम्पन्न जागरण सभामा पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, र धनकुटालगायतका जिल्लाबाट सहभागीहरू आएका थिए । कायकर्ता ओसार्न दर्जनौँ बसहरूको प्रयोग गरिएका थिए ।

अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक नारद गौतम
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन' शरदराज सुवेदी
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता रामप्रसाद आचार्य
नेपाली दूतावासका दुई भवन बेवारिस प्रकृति अधिकारी
अमेरिकी राष्ट्रपति चुनाव आज रामप्रसाद आचार्य/कृष्णराज खनाल
सरकार चलाउने बन्यो संयन्त्र गोरखापत्र समाचारदाता
महत्त्वपूर्ण निर्णयमा काङ्ग्रेस सहभागी हुने बानको विश्वास राम हुमागाइ
महासचिव बान नेपालमा गोरखापत्र समाचारदाता
संविधानमा अब छैटौँ संशोधन गोरखापत्र समाचारदाता
गोर्खा बु्रअरीमाथि छानबिन ओम थापा
'शान्ति सम्झौताको मर्म बिर्सियो' शदरराज सुवेदी/महेन्द्र विष्ट
नेपाल संवत्ले पायो राष्ट्रिय संवत्को मान्यता गोरखापत्र समाचारदाता
युद्ध भोग्नेले बुझ्छ शान्तिको महत्त्व गोरखापत्र समाचारदाता
फेला परे पूर्वराजाका शिकार, गैँडाका साढे चार हजार खुर सरोज आचार्य
पचहत्तरै जिल्लाका न्यायाधीशको सरुवा गोरखापत्र समाचारदाता
सरकारमा आउन काङ्ग्रेसलाई आग्रह गोरखापत्र समाचारदाता
सयभन्दा बढीको सरुवा सतसठ्ठी प्रजिअ हेरफेर गोरखापत्र समाचारदाता
'कोइराला बीसबाट उन्नाइसतिर' राजेन्द्र विष्ट/बलराम पाण्डेय
माओवादीको नाम सम्बन्धमा बहस सिराजुद्दिन खान/नेपालगन्ज
'सेना समायोजन हुन्छ', तिहारअघि मन्त्रिपरिषद् विस्तार
माओवादी बहुदल विरोधी होइन गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px