Untitled Document
Untitled Document
 Sports
Two more bronze in wushu, Nepal still look for gold, silver
Aus pip Pak in thriller
Nepali women beaten, Martial Arts start today
In John Terry, soccer has its Tiger Woods—again
Weightlifters disappoint Nepal, handball team triumph
Keane move concludes recession-hit transfer window
Gibson to take over as head coach of WI
Murray Henin reach Australian Open final
CMMC send APF home
United beat City to reach League Cup final
 
 Main News
PM vows to end anarchy, impunity
 
 Editorial
EDITORIAL: No More Power Game
Let’s Be Diplomatic
Post-conflict Police Reform And Human Rights
Professionals Everywhere
EDITORIAL: Resolving The Row In UML
Torture Is Always Wrong
UML Facing Identity Crisis
Home Truths
 
 National
Japanese assistance for construction of school
School boy killed in accident at Chabahil
Timber smuggling creates conflict
Cancer diagnosed at early stage curable
Drafting of new constitution in final phase: Nemwang
‘Nepal garden of several cultures’
Administrative, structural changes main focus: Rai
Federalism on ethnic line risky: Khadka
Locals using free medicines
WB grants to campus
 
 
शनिवार
फर्कियो नेपाल रित्तो हात
कृष्णराज खनाल
 

सोभिनियर बटुल्नुवाहेक मध्यपूर्वको देश भियतनाममा सम्पन्न तेस्रो इण्डोर एसियाली खेलकुदमा सहभागी भएको नेपाल रित्तो हात स्वदेश फर्केको छ । हुन पनि प्रतियोगिताका लागि तयारी पनि रित्तै थियो । रित्तो तयारीले टिमले पदक लिएर फर्केला, खेलाडीहरुले पदक देलान् भनेर आशा गर्नु व्यर्थको अपेक्षा थियो । हुन त प्रतियोगितामा सहभागितााको मुख्य उद्धेश्य भनेको पदक तालिकामा आˆनो देशको नाम लेखाउनु नै हो तर ओलम्पिक चार्टरमा भने भाग लिनु मात्र पनि सर्वाधिक महत्वको कुरा हो भनेर परिभाषित गरिएको छ । हामीले त्यही परिभाषालाई आत्मसात गर्‍यौँ । नेपाल सहभागी ४३ मध्ये पदकविहीन नौ राष्ट्रको सूचीमा रह्यो । पदक नपाउने दक्षिण एसियाली चार राष्ट्र पाकिस्तान, माल्दिभ्स र भुटानकै लाइनमा नेपाल पनि रह्यो ।

तेस्रो एसियन इण्डोर खेलकुद प्रतियोगितामा नेपालले पाँच खेलमा १७ खेलाडीलाई सहभागिताका लागि उतारेको थियो र ती सबै खेलमा नेपालले उत्कृष्टता देखाउन सकेन । एक दुइ हप्ता अगाडिसम्म पनि कुन खेलाडीले कुन खेलको कुन इभेन्ट्समा भाग लिँदै छन् भन्ने कुरा अज्ञात रहेको अवस्थामा खेलाडीबाट पदकको अपेक्षा गर्नु मुर्खता बाहेक केही हुँदैन । हतार हतारमा निर्णय गरेर खेलाडीलाई हतारमा नै दौडाउनुपर्ने परिस्थितिको अन्त वास्तवमा यो प्रतियोगिताको परिणामले दिएको ठूलो पाठ हुुनसक्छ । र, आयोजक भियतनामबाट नेपाली खेल पदाधिकारीहरुले सिक्नुपर्ने र लागू गर्नुपर्ने थुप्रै कुराहरु छन् जस्ले आगामी दिनका लागि नेपालको खेलकुदमा ऐतिहासिक छलाङ मार्न सक्छ, जसरी भियतनामले छलाङ मार्‍यो । पहिलो इण्डोर एसियाली खेल प्रतियोगिताको पदक तालिकामा नाम मात्र लेखाउन सकेको भियतनामले दोस्रो प्रतियोगितामा तेरौँ स्थान ओगटेको थियो र यसपटक उसले ऐतिहासिक सफलता हासिल गरेर खेलकुदमा महाशक्ति राष्ट्रका रुपमा एसिया र विश्वभर आˆनो प्रभुत्व देखायो । भियतनामले पदक तालिकामा चीन पछि आˆनो नाम लेखाएर दुनियालाई महान् छलाङको परिभाषा मात्र दिएन, समर्पण, त्याग, मेहनत र इमान्दारिताको परिभाषा पनि दियो । यो साँच्चै सबैले सिक्नुपर्ने, जान्नुपर्ने र अवलम्वन गर्नुपर्ने विषय हो । भियतनाममा जम्मा भएका खेल पदाधिकारीको जिम्मेवार टोलीले यो कुराबाट पाठ सिक्नैपर्छ । प्रतियोगिताका लागि भियतनामले आफ्नो देशको सबै थोक लगायो । सबै शक्तिलाई उपयोग गरायो र भव्य रुपमा सम्पन्न गर्यो । यो एसियाका अरु देशका लागि पनि एउटा चुनौती थियो । झण्डै तीस वर्ष अघिसम्म पनि युद्धबाट पृथक भइनसकेको भियतनामले गरेको यो प्रगति हेर्न लायक थियो ।

नेपालले भाग लिएको खेलमध्ये बक्सिङमा भाग लिएका दुइ महिला खेलाडीमध्ये सञ्जु लामालाई थप स्टेमिनाको आवश्यकता देखियो । स्टेमिना भएको भए उनले पदक जित्न सक्थिन् । दोस्रो चरणसम्म चार अंकमा बराबरी रहेकी लामाले तेस्रो राउण्डमा पुगेपछि मुक्का हान्नै सकिनन् र विपक्षीको मार खाएर पराजय भोगिन् । त्यस्तै बास्केटबलमा पनि नेपालको सान्त्वना जित भयो । चारवटा खेलमा लगातार हारेको नेपालले पाँचौँ तथा अन्तिम खेलमा कतारलाई कडा प्रतिस्पर्धामा हराएर एसियालीस्तरको प्रतियोगितामा ऐतिहासिक उपलब्धि बाहेक कुनै सनसनी मच्चाउन सकेन । त्यस्तै, स्नुकरमा पनि नेपाली टोलीको उपलब्धि ऐतिहासिक भएन । टिम खेलमा नेपाल क्वाटर फाइनलबाटै बाहिरियो । सरोज मुल्मीले व्यक्तिगत हैसियतमा केही सुधार देखाए पनि अरु खेलाडीको सुधारोन्मुख देखिएन । चेसमा पनि नेपाली टोलीको स्तरमा सुधार आएन । बद्रीलाल नेपाली र विलमलाल श्रेष्ठले केही भिडन्त जिते पनि समष्टिमा उनीहरुको मापन पनि उच्चस्तरको रहेन । महिला खेलाडी अस्मिता र मोनालिसाबाट पनि भविष्यमा चेसबाट कुनै उपलब्धि हुन्छ कि भन्ने संकेत पाउन सकिएन । दुवै खेलाडीले पराजितहरुको लाइनमा आफूलाई उभ्याए । आर्चरीको पुरुष टिम रिकर्भमा पनि नेपालले सुखद नतिजा दिन सकेन । पि्र जजिङबाट फाइनल राउण्डमा उत्रनु मात्र पनि नेपालका लागि कठिन भयो । चारमध्ये दुइ खेलाडी मात्र फाइनल राउण्डमा पाइला हाले पनि प्रेमप्रसाद पुन र जितबहादुर मोक्तानले एसियालीस्तरको वाण हान्न सकेनन् । प्रशिक्षणको अभाव यहाँ पनि महसुुस भयो ।

हार्नु जित्नु एउटा नियमित प्रक्रिया हो । एउटा नराम्रो नतिजाले अर्को राम्रो नजिताका लागि बाटो खुलाउनुपर्छ । नेपाली पदाधिकारीको आँखा यो नतिजाले खुलाउन सक्यो भने वास्तवमा यो पराजय मुलुकका लागि ठूलो उपलब्धि हुनसक्छ । पराजयका कारणहरु खोतल्ने र तिनीहरुलाई सुधार गर्ने हो भने साँच्चै नै आगामी साग र अरु थुप्रै प्रतियोगितामा नेपालले पदक पाउनसक्छ । त्यसतर्फ ध्यान दिन ढिलाइ गर्नुहुन्न ।

Other Headlines
.
मनोरञ्जनका लागि पार्कको कमी सविता शर्मा
'गोरखापत्र' ले गरायो स्मृति वर्षा राममणि रिसाल
रेडियो हाँक्ने नायिकाहरू नवीनराज कुइँकेल
जनावर पनि हिरोजस्तै विजयरत्न तुलाधर
कालीगण्डकी हुँदै मध्य मस्र्याङ्दी जयदेव भट्टराई
पौभा र संस्कृतिको मिश्रण केशवराज खनाल
बालमञ्चः फटाहा बाँदर
.
चुनौतीपूर्ण सहिदको पहिचान रामप्रसाद आचार्य
चर्चामा नभए पनि मन मनमा जयदेव भट्टराई
उत्तरआधुनिक नेपाली कलाको अभिलेखन
नेपाली सङ्गीतको एक शतक
आशङ्का रामप्रसाद पन्त
राई झुमाका यज्ञराज देवबहादुर कुँवर
आˆनोभन्दा अरूकै राम्रो ! शैलज पौडेल
व्यक्तित्वको अलग पाटो सहिद शुक्रराज पूर्ण ताम्राकार
'होप फर दि वेस्ट' प्रजित शाक्य
.
मोबाइल बिनाको व्यस्त जीवन भेषराज बेल्बासे
सुनकोशीको जलले सूर्यलाई अर्ध चढाउँदा हेमराज पाण्डे 'अभागी'
सुकुमवासी हिरण्यकुमारी पाठक
एकादेशमा ...टुहुरो ईश्वरको यात्रा वसन्तप्रकाश
कहाँ छन् यी निर्देशकहरू ? विजयरत्न तुलाधर
सुगन्धबाट पनि उपचार डा.डम्बरबहादुर सुनुवार
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px