हरेक वर्ष तीता मीठा घटनाक्रम लिएर आउँछ । त्यसैले तीता मीठा अभिव्यक्तिहरू पनि सार्वजनिक भइरहन्छन् र यो अस्वभाविक पनि होइन । ती अभिव्यक्तिबाट हाम्रो राजनीति, समाज, सामाजिक अभियन्ता र सारथीहरूको सोच पनि सार्वजनिक भइरहन्छन् । अभिव्यक्तिका माध्यमबाट समग्र वर्ष २०६८ साललाई केही हदसमम ठम्याउन सकिन्छ । उनीहरूले के भने ? कस्ता कुरा बोले ? ती अभिव्यक्तिहरू यथार्थमा परिणत भए/भएनन् ? प्रतिष्ठित र समाजमा चिनिएका उनै व्यक्तिहरूका कथनी र करणी कस्तो रहृयो, प्रस्तुत छ
राजु आचार्यले सङ्कलन गरेको वर्ष २०६८ का केही चर्चित र रमाइला अभिव्यक्ति ।
हिले युद्धमा जाने परिस्थिति छैन र माओवादी युद्धमा जाँदैन पनि। म शान्ति र संविधानको विकल्प देख्दिन।
डा. बाबुराम भट्टराई, उपाध्यक्ष एनेकपा -माओवादी), २०६८ वैशाख ५ गते।
दलहरूको सहमतिमा जम्मा सात प्रदेश मात्र बनाउन पनि सकिन्छ।
पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष एनेकपा -माओवादी), २०६८ वैशाख ८ गते।
एकातिर जनविद्रोह ठीक भन्दै हिँड्ने र अर्कोथरीसित त्यसको डटेर विरोध गर्ने, एकातिर संविधान बन्दै बन्दैन भन्ने र अर्कोतिर जेठ १४ गते राति १२ बजेसम्म संविधान बन्छ बन्छ भन्ने, एकथरीसित जनस्वयंसेवक अपरिहार्य छ भन्ने अर्कोथरीसित यो गलत हो भन्दै हिँड्ने, यति मात्र होइन एकातिर ७ बुँदे सहमति गरेर सरकार बनाउने र अर्कोतिर पुनः १२ बुँदेमा फर्केर सरकार ढाल्न खोज्नु कमरेड अध्यक्षमा पाइने दोहोरो चरित्र अर्थात द्वैतवादका केही विशेषता हुन्।
मोहन वैद्य, उपाध्यक्ष, एमाओवादी, २०६८ वैशाख ११ गते।
विश्वको कुनै पनि देशमा संविधानसभाको निर्वाचन भएको तीन वर्षमा संविधान बनेको इतिहास छैन ।
पुष्पकमल दाहाल 'प्रचण्ड', अध्यक्ष एनेकपा माओवादी, २०६८ वैशाख २४ गते।
ááá
साथीहरूसँग घुमघाम र सपिङमा पैसा खर्च भएको थाहै हुँदैन।
स्नेहा राणा, व्युटिसियन, २०६८ जेठ १२ गते।
मेरो श्रीमानले मदिरा नपिइदिए हुन्थ्यो भन्ने लाग्छ।
हिमानी शाह, पूर्वयुवाराज्ञी, २०६८ जेठ १७ गते।
नेताहरू डनसँग, डनहरू पुलिससँग र पुलिसहरू नेतासँग डराउँछन्।
दीपक मनाङ्गे, डन, २०६८ जेठ २६ गते।
ááá
म दुई/चार दिन बाहिर गएको बेला परशुराम बस्नेतलाई संरक्षण गरेको आरोप लगाइयो। के मैले उनलाई खल्तीमा हालेर सँगै लगेको थिएँ ?
केपी शर्मा ओली, नेता, नेकपा एमाले, २०६८, असार ११ गते।
म डा. बाबुराम भट्टराईजीको फ्यान हुँ, उनी सहमतीको प्रधानमन्त्री बन्दा एमालेलाई आपत्ति छैन।
विद्या भण्डारी, उपाध्यक्ष, नेकपा एमाले, २०६८ असार २४ गते।
ááá
म हिन्दुस्तानी हुँ, तर भारतले बुद्ध आफ्नो देशमा जन्मेको भन्दा साह्रै झोँक चल्छ।
तुलसी घिमिरे, फिल्म निर्देशक, २०६८ साउन १२ गते।
श्रीमतीको आयु बढोस् भनेर साउनभरि सोमबारे व्रत बस्छु, माछामासु खान्न।
किरण केसी, हास्य कलाकार, २०६८ साउन १२ गते।
शान्ति प्रक्रिया र संविधान निर्माण एकैपटक टुङ्ग्याउँछु भन्नु जनता झुक्याउने षड्यन्त्र हो।
प्रेमबहादुर खड्का, अध्यक्ष नेपाल बार एसोसिएसन, २०६८ साउन १३ गते।
अध्यक्षसँग कहिल्यै मतभेद हुँदैन भन्ने होइन, अनि कमरेड किरण र कमरेड बाबुरामसँग सधैँ मतभेद नै भइरहनुपर्छ भन्ने पनि होइन।
नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एनेकपा माओवादी, २०६८ साउन २१ गते।
प्रेममा असफलता भन्ने शब्दावली नै हुँदैन । मिलन वा विछोड हुनसक्छन्, असफलता हैन ।
सरुभक्त, साहित्यकार, २०६८ साउन २५ गते।
प्रहरीका हाकिम कहाँ बस्छन्, तिनीहरूका श्रीमती, छोराछोरी, परिवार कहाँ-कहाँ बस्छन्, हामीलाई थाहा छ । हामीसँग तुजुक नदेखाऊ ।
महेश बस्नेत, अध्यक्ष, युवा सङ्घ नेपाल, २०६८ साउन २८ गते।
म्ााओवादी व्यवहारिक र नेपाली काँग्रेस आप\mनो नेतृत्वको सरकारले मात्र समस्याको समाधान गर्नसक्छ भन्ने जिद्दी छाड्ने हो भने सहमतिका लागि कुनै समस्या हुँदैन।
झलनाथ खनाल, अध्यक्ष नेकपा एमाले, २०६८ साउन ३० गते।
ááá
अर्जुनदृष्टि राम्रो शब्द हो, तर पछिल्लो समयमा बदनाम भयो, दिव्यदृष्टि भन्दिन, मेरो एकलव्य चेष्टा हुनेछ, साह्रै गम्भीर चेष्टा।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई, २०६८ भदौ १३ गते।
पशुपतिनाथसँग माग गरौँ, यो भुकम्प अब अमेरिका, अरू विकसित मुलुकतिर मात्र आओस्।
विजयकुमार गच्छदार उपप्रधानमन्त्री तथा गृहमन्त्री, २०६८ असोज ३ गते।
तराईका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग भएको घोषणा गरेको खण्डमा कुनै पनि कानुनले त्यसलाई रोक्न सक्दैन।
शरतसिंह भण्डारी, पूर्व रक्षामन्त्री एवम् नेता मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, २०६८, असोज ९ गते।
ááá
पुष्पकमल दाहाल 'प्रचण्ड'को भारतीय गुप्तचर संस्था 'रअ'सित सम्बन्ध छ।"
रामबहादुर थापा, महासचिव, एनेकपा माओवादी, २०६८ कात्तिक ६ गते।
'रअ'सित भेट्नैपर्छ, नभेटी हुँदैन भन्ने मान्छे उहाँ -बादल) नै हो।
पुष्पकमल दाहाल, अध्यक्ष एनेकपा माओवादी, २०६८ कात्तिक १२ गते।
सशस्त्र सङ्घर्षका बलमा सत्तामा पुगेका नेताले गौतम बुद्धको अनुयायी बनेर शान्तिको प्रचार गर्नुको कुनै अर्थ छैन।
दुर्गाप्रसाद चौधरी, सहायक कमान्डर, एमाओवादी लडाकु, २०६८ कार्तिक १७ गते।
गौतम बुद्धको जन्मस्थललाई विश्व शान्ति सहर बनाउने उद्देश्यले वान कि मुन -राष्ट्र सङ्घका महासचिव) लाई भेट्न जान लागेको हुँ।
पुष्पकमल दाहाल, अध्यक्ष, एनेकपा माओवादी, २०६८ कात्तिक १९ गते।
तपाईंको बन्दुक खोई त मामु
माआवादी लडाकु सोनीकुमारी झालाई नाबालक छोराले प्रश्न गर्दै, २०६८ मङ्सिर १ गते।
एमाले र माओवादी एकीकरण सम्भव छ।
झलनाथ खनाल, अध्यक्ष नेकपा एमाले, २०६८ मङ्सिर ३ गते।
म कम्बल ओडेर घ्यू खाने मान्छे होइन। ६ पटक सम्पत्ति सार्वजनिक गरिसकेँ।
हृदयश त्रिपाठी, भौतिक योजना तथा निर्माण मन्त्री, २०६८ मङ्सिर ४ गते।
नबिग्रेका नेतामा माओवादीभित्र म र एमालेमा झलनाथजी हुनुहुन्छ।"
मोहन वैद्य, उपाध्यक्ष, एनेकपा माओवादी, २०६८ मङ्सिर १९ गते।
अरूले गरेको अनियमितता भ्रष्टाचार हुने, माओवादीले गरेको प्रसाद हुने ?
सिपी गजुरेल, सचिव, एनेकपा माओवादी, २०६८ मङ्सिर २५ गते।
ááá
तलब नपाउने कुकुरको रासन प्रहरीको भन्दा बढी हुनु स्वाभाविक हो।
विजयकुमार गच्छदार, उपप्रधान तथा गृहमन्त्री, २०६८ पुस २१ गते।
यो इतिहासकै मधेस मैत्री सरकार हो।
महेन्द्रप्रसाद यादव, अध्यक्ष तमलोपा नेपाल, २०६८ पुस २४ गते।
ठूला पार्टीलाई तस्कर, कालो बजारी र भ्रष्ट कर्मचारीले चन्दा ओइर्याउँछन्। अनि कसरी हिसाब किताब पारदर्शी हुन्छ ?
चित्रबहादुर केसी, अध्यक्ष राष्ट्रिय जनमोर्चा, २०६८ पुस २७ गते।
"खाने-बस्ने समस्या यस्तै भईरहने हो भने मेरो व्यक्तित्व असाध्यै कमजोर हुन्छ।"
व्याकूल माइल, राष्ट्रिय गीतका रचनाकार, २०६८ पुस २७ गते।
ááá
थारू र मधेसी विना नयाँ संविधान त के देशै चल्दैन।
विजयकुमार गच्छदार, उपप्रधान तथा गृहमन्त्री, २०६८ माघ १ गते।
उपत्यकामा घर नहुनेले आफूलाई सुकुम्वासी मान्ने हो भने म र प्रधानमन्त्री पनि सुकुम्बासी नै हो।
भीमप्रसाद गौतम, मन्त्री, भूमिसुधार तथा व्यवस्था, २०६८ माघ ३ गते।
म प्रधानमन्त्री पनि छैन, केही पनि छैन। तर राष्ट्रपति भन्दा कम छु जस्तो लाग्या छैन।
पुष्पकमल दाहाल, अध्यक्ष, एमाओवादी, २०६८ माघ ९ गते।
छोराले क्याम्पस पढोस् भनेर बुबाले भारतबाट एसएलसीको सर्टिफिकेट किनेर ल्याइदिनुभएको थियो ।
सौगात मल्ल, कलाकार, २०६८ माघ १९ गते।
भोलि सदरमुकाम कहाँ बनाउने भन्ने मुद्दामा पनि विवाद र झगडा हुन सक्छ । ७५ जिल्लालाई नै प्रान्त बनाए टन्टै साफ ।
शेरबहादुर देउवा, वरिष्ठ नेता, नेपाली काङ्ग्रेस, २०६८ माघ १९ गते।
ááá
जनयुद्धमा दिनदिनै ताजा लोकल कुखरा, घिउ, मीठा कुरा, ताजा सब्जी खान्थें, अहिले छैन।
पुष्पकमल दाहाल, अध्यक्ष, एनेकपा माओवादी, २०६८ फागुन ७ गते।
एक सय ५० जनाका लागि बनाइएको कारागारमा सात सय कोचिएर बसेका छौँ। हरेक कुरामा असुविधा र सकस छ। यस्तोमा पनि मानिसहरू हाँसेको देख्छु। खुसी भएर हिँडेको भेट्छु। जेल मेरो लागि नौलो होइन।
जयप्रकाशप्रसाद गुप्ता, पूर्वमन्त्री -हाल केन्द्रीय कारागार थुनामा), २०६८ फागुन ११ गते।
मन्त्री क्वार्टरबाट आउँदाजाँदा यूएन पार्कमा सुकुम्बासीका नाउँमा आरसीसी घर बनाएको देख्छु। गृहमन्त्री भएर पनि सुकुम्बासी हटाउने निर्णय कार्यान्वयन गर्न सकिन भनेर मन दुख्छ। आफैँलाई सोध्छु- यो देशमा सरकार छ कि छैन ?
विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा गृहमन्त्री, २०६८, फागुन १७ गते।
धनी मानिसहरू नै स्वास्थ्य बनाउनु पर्यो भनेर साग खोजेर हिँड्छन्। गोजीमा टन्न पैसा भयो भने मात्र सिस्नो पनि मीठो हुन्छ।
डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष, गैर-आवासीय नेपाली सङ्घ, २०६८ फागुन २० गते।
सक्छौ भने जङ्गल फर्केर देखाउ, तर्साउने, धम्क्याउने र छक्याउने कुराले काङ्ग्रेस पछाडि हट्नेवाला छैन।
सुशील कोइराला, सभापति नेपाली काङ्ग्रेस, २०६८ फागुन २७ गते।
ááá
आफूलाई हेप्ने श्रीमानलाई किक् हान्नुहोस्। लोग्नेले तँ भने तपाईं पनि लोग्नेलाई तँ भन्नुस्
डा. बाबुराम भट्टराई, प्रधानमन्त्री, २०६८ चैत ३ गते।
सचिनको शतकसँगै बङ्गलादेशविरूद्धको हारबारे आलोचना गर्नेहरू... पहिले सचिनले हासिल गरेको भन्दा लाखौँ गुना कम उपलब्धि कमाएर देखाऊ अनि कुरा गर।
अमिताभ वच्चन, भारतीय अभिनेता, २०६८ फागुन ४ गते।
खरिदार सुब्बा साथीहरू कर्मचारीका नेता छन्। हामीसँग मुखमुखै लाग्छन् ।
किशोर थापा, सचिव नेपाल सरकार, २०६८ चैत ४ गते।
त्ामाकोसीलाई अवरोध गर्ने काम जोसुकैबाट भए पनि छाडिन्न।
रवीन्द्र अधिकारी, सभासद -दोलखास्थित आयोजना निरीक्षणबाट फर्केर), २०६८ चैत ६ गते।
न्यायपरिषदमा राजनीतिक व्यक्तिको नियुक्ति भयो भने न्यायाधीश नियुक्ति निष्पक्ष हुँदै हुँदैन।
खीलराज रेग्मी, प्रधानन्यायाधीस, २०६८ चैत ८ गते।
पहिले बाबुराम नभई हुँदैन भन्थे, अहिले नहटाई हुँदैन भन्छन्। धोबीघाट वैठकताका बाबुराम नभई हुँदैन भनेको होइन ?
पुष्पकमल दाहाल 'प्रचण्ड', अध्यक्ष एकीकृत नेकपा माओवादी
२०६८ चैत ९ गते।
म्ाओवादी र मधेसवादी दलबाट मन्त्री बनेकाले सय खत माफ पाउने, तर मेरो पार्टी सानो भएकाले प्रधानमन्त्रीको कारवाहीमा परेँ।
सरिता गिरी, पूर्व मन्त्री, २०६८ चैत १० गते।
सरकारले राम्रै काम गरेको होला। हाम्रो कानले मात्रै नराम्रो सुन्यो। दुवै कान नभएको भए सुन्नै पर्दैनथ्यो। दोष कानकै हो।
कालीबहादुर मल्ल, सभासद्, एमाओवादी, २०६८ चैत १२ गते।
नेपाली मात्र त्यस्ता जाति सावित हुन लागेका छन्, जो स्वभिमानको नारा लगाउँछन् र दानको अभिलाषा राख्छन्। माग्नेको केको स्वभिमान ?
किशोर नेपाल, वरिष्ठ पत्रकार, २०६८ चैत १८ गते।
प्रचण्डजीले चितवन गएर चितवन टुक्र्याउँदिन भन्नुभयो, काठमाडौँ बसेर देश नै चिरा चिरा पार्ने कुरा गर्नुहुन्छ।
रामचन्द्र पौडेल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता, २०६८ चैत १ गते।
मधेस मधेसबाट खोसिएको छ, जल जमिन वन जङ्गल गैरमधेसीबाट खोसिएको छ। सबै थोक मधेसीको हातमा छैन।
महन्थ ठाकुर, अध्यक्ष तमलोपा, २०६८ चैत १९ गते।
दलहरूसँगको सम्झौतामै मैले गद्दी छाडेको थिएँ तर ती सम्झौता कार्यान्वयन भएनन्।
ज्ञानेन्द्र शाह, पूर्व राजा २०६८ चैत १९ गते।
हामीसँग स्वैच्छिक अवकास रोजेका र वाईसीएलसमेत १० हजार जनमुक्ति सेना छन्।
सीपी गजुरेल, सचिव एनेकपा माओवादी २०६८, चैत १७ गते।
अब संविधान बन्नेमा कुनै शङ्का नगर्नुस्।
पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष एनेकपा माओवादी २०६८, चैत २३ गते।
तानाशाही सर्वसत्तावाद लाद्ने प्रयास कुनै पनि हालतमा पूरा हुन दिन्नौँ।
सुशील कोइराला, सभापति नेपाली काङ्ग्रेस, २०६८ चैत २४ गते।
म्ाओवादीले चर्को स्वरले कराएर र पाखुरा निमोठ्दैमा उसले चाहेजस्तो सङ्घीयता र राज्य पुनर्संरचनाको टुङ्गो लाग्दैन।
केपी ओली, नेता नेकपा एमाले, २०६८ चैत २७ गते।
बुबाले मरेको अभिनय गर्दा छेउमा बसेर टुलुटुलु हेर्दै रुन्थेँ। अहिले सम्झँदा हाँसो उठ्छ।
अनमोल केसी, कलाकार २०६८ चैत २७ गते।