Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
नाम, दाम र ग्ल्यामसर
रन्जत नर्सिङ राणा
 

त्यसै पनि क्रिकेटको लोकपि्रयता नेपालमा बढ्दो छ। यस अर्थमा इन्डियन पि्रमियर लिग -आईपीएल) को महिना दिनभन्दा लामो प्रतियोगितामा चासो र चर्चा चुलिँदै छ। विश्व क्रिकेट अर्थतन्त्रमै सवल भूमिका खेल्ने अपेक्षा गरिएको आईपीएलमा विश्वका नामी खेलाडीहरुले आˆना खल्ती मनग्ये रुपमा भरेर भारतीय क्रिकेट टिमका लागि दिलोज्यान दिएर खेलिरहेका छन्। भारतका नामी फिल्मी कलाकार, उद्योगपति तथा नेताहरुको मोह यसप्रति बढ्दै छ। यिनै सेरोफेरोमा रहेर इन्टरनेट तथा विभिन्न पत्रिपत्रिकाका तथ्यमा आधारित रन्जत नर्सिङ राणा को प्रस्तुति।

नाम, दाम र ग्ल्यामसर

तिबेला क्रिकेटको ज्वरोले छोएको छ, क्रिकेटप्रेमीलाई। नछोओस् पनि किन अन्तर्राष्ट्रियस्तरमा क्रिकेट खेल्ने प्रायः स्टार खेलाडीले एउटै मञ्चबाट चौका र छक्काको वषर्ा प्रहार गरेको देख्दा जोकोही पनि त्यतै तानिनु अस्वाभाविक होइन।

प्रसङ्ग हो- आईपीएल अर्थात् इन्डियन पि्रमियर लिग। एक महिनाभन्दा लामो अवधिसम्म हुने ट्वान्टी-ट्वान्टी क्रिकेटको यो संरचनामा विश्वका चर्चित क्रिकेट खेलाडीको उपस्थितिले विदेशीमात्र होइन नेपाली क्रिकेटप्रेमीलाई समेत तानेको छ। अझ छिमेकी देश भारतमा आईपीएल खेल हुनुले पनि नेपालमा यसको चर्चा बढी हुनु स्वाभाविक नै हो। दक्षिण एसिलाली राष्ट्रको लोकपि्रय खेलका रूपमा रहेको क्रिकेटबाट नेपालले पनि ठूलो आशा राखेको छ। जुनियर खेलाडीले त कैयौँ अन्तर्राष्ट्रिय ट्रफी पनि उचालिसकेका छन्। यस अर्थमा पनि नेपालमा क्रिकेटको लोकपि्रयता बढ्दो देखिन्छ। अझ आईपीएलमा नेपाली खेलाडी शक्ति गौचनले पनि स्थान पाउने चर्चाले नेपाली थप उत्साहित छन्। आईपीएलको एक टिम राजस्थान रोयल्सले शक्तिको खेल क्षमता हेर्न उनलाई भारत बोलाइसकेको छ ।

पृष्ठभूमि

सन् २००८ देखि सञ्चालन भएको यस प्रतियोगिताको पाँचौँ संस्करण यही अपि्रल ४ देखि भारतमा जारी छ। प्रत्येक वर्ष आयोजना हुने आईपीएलको दोस्रो संस्करण -२००९) भारतमा आमनिर्वाचन तथा सुरक्षाका कारण दक्षिण अपि|mकामा सारिएको बाहेक अन्य सबै प्रतियोगिता भारतमै सञ्चालन हुँदै आएका छन्।

भारतीय क्रिकेटको सर्वोच्च संस्था बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया -बीसीसीआई) को सक्रियतामा स्थापित आईपीएलको मुख्यालय भारतको मुम्बईमा छ। बीसीसीआई उप्ााध्यक्ष राजीव शुक्ला यस लिगका अध्यक्ष तथा म्याच कमिस्नर हुन्। जारी पाँचौँ संस्करणमा नौ भारतीय टिमको सहभागिता छ। रोचक कुरो यस प्रतियोगितामा पाकिस्तानबाहेक संसारभरिका क्रिकेट खेल्ने खेलाडीको सहभाग्ािता छ। भारतीय सरकारले भारतीय खेलकुद कार्यक्रममा पाकिस्तानी खेलाडीलाई सहभागी हुन प्रतिबन्ध लगाएपछि पाकिस्तानी खेलाडी सहभागिता नभएको हो तर बेलायतबाट भिसा लिएका पूर्वपाकिस्तानी खेलाडी अजहर महमुदले भने यसपटक सहभागिता जनाएका छन्। उनी किङ्ग्स इलेभेन पन्जावका तर्फबाट खेलिरहेका छन्।

सन् २०१० मा इन्डिया टाइम्सको सहभागितामा युट्युबमा प्रत्यक्ष प्रसारण हुने आईपीएल अहिलेसम्मकै पहिलो खेलकुद कार्यक्रम पनि बनेको छ। चौथो संस्करणसम्म आईपीएलको ब्रान्ड भ्यालु ३ दशमलव ६७ अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको छ। स्पोर्टिङ इन्टिलिजेन्स डटकमका अनुसार खेलाडीले पाउने पारिश्रमिकका आधारमा अमेरिकी बास्केटबल लिग नेसनल बास्केटबल एसोसिएसन

-एनबीए)को दाँजोमा मात्र यो दोस्रो छ। प्रो राटाका आधारमा आईपीएलका प्रत्येक खेलाडीको औसत वाषिर्क आय निकै राम्रो छ।

तेस्रो संस्करणसम्म आठ टिमको सहभागिता रहेको आईपीएलमा चौथो संस्करणदेखि दुई टिम पुणे वारियर्स तथा कोचीलाई थप्ने निर्णय गरियो। कोचीको टिम सहभागिताक्रममा निकै विवादास्पद तथ्य देखापरेपछि तत्कालीन भारतीय केन्द्र सरकारका राज्यमन्त्री शशी थरुरले राजीनामा नै दिनुपर्‍यो। यसैक्रममा भारत सरकारका विभिन्न निकायले सम्भावित अनियमितताको श्ाङ्कामा आईपीएल तथा सहभागी सबै टिमको आर्थिक मामिलामा समेत अनुसन्धान गर्‍यो। त्यसलगत्तै बीसीसीआईले सन् २०१० डिसेम्बरमा ललित मोदीलाई आईपीएल अध्यक्षबाट हटायो। कोचीले भने चौथो संस्करणमा सहभागिता जनाउन पायो।

कोची टिमको सहभागिता नरहेको यस संस्करणमा आईप्ाीएलले प्रत्येक टिममा खेलाडी सङ्ख्या ३० लाई बढाएर ३३ पुर्‍यायो। यस संस्करणमा नौ टिमबीच ७६ म्याच खेलाइनेछ, जसको उद्घाटन खेल मुम्बईमा भयो भने समापन मे २७ मा चेन्नईमा हुनेछ। एघार विभिन्न स्थानमा हुने यी म्याच डबल राउन्ड लिगका आधारमा होम एन्ड अवेको तरिकाबाट खेलाइँदै छ। हालसम्मको प्रतियोगिताको सफल टिम चेन्नई सुपर किङ्ग्सलाई मानिन्छ, यसले तेस्रो र चौथो संस्करणको उपाधि हात पारेको छ। यसैगरी, राजस्थान रोयल्स पहिलो संस्करण र डेकन चार्जर्स दोस्रो संस्करण विजेता रहेका छन्।

ट्रफी र पुरस्कार

सन् २००८-२०१० सम्मको आईपीएलको ट्रफी हीराजडित रहेको छ। यसमा सुनमा कुँँदिएको एउटा खेलाडीको आकृतिले भारतको नक्सानजिक ब्याट समातेर ब्याटिङ गर्दै गरेको छ। नक्सामा आईपीएलका सबै टिमको नाम मणिद्वारा अङ्कित छ। प्रत्येक वर्षका विजेतालाई ट्रफीको प्रतिआकृति र नगद पुरस्कार प्रदान गरिन्छ। विजयी टिमले २० लाख डलरको नगद पुरस्कार प्राप्त गर्नेछ। आईपीएलको चौथो संस्करणमा दुई नयाँ टिमको प्रवेशसँगै भारतको नक्सा सट्टा एउटा ठूलो कप राखिएको छ।

टिमको स्वामित्व

भारतका विभिन्न सहरकेन्दि्रत आठ टिमको निर्माण अवधारणाअनुसार यी टिमको स्वामित्वका लागि लिलाम बढाबढ गरिएको थियो। २४ जनवरी २००८ मा आठ टिममा बढी बोली लगाउनेको नाम घोषणा गरिएको थियो। यस लिलामीको सुरुवाती अर्थात् आधार मूल्य ४० करोड अमेरिकी डलर राखिएको थियो तर यस लिलामीमा ७२ करोड ३५ लाख डलरभन्दा बढीको बोली लाग्यो।

च्ाौथो संस्करणका दुई नयाँ टिमका लागि भएको लिलाम बढाबढका लागि प्रत्येक टिमका लागि २२ करोड ५० लाख डलरको सुरुवाती मूल्य तोकिए पनि कोची र पुणे दुवैको लिलामी बढाबढ कुल ७० करोडभन्दा बढीमा भएको थियो।

खेलाडी किनबेच

सहभागी टिमले खेलाडी प्राप्त गर्ने पाँच विधि छन् । जसअनुसार टिमले वाषिर्क लिलामीमा, घरेलु खेलाडी खरिद गरेर, मोल नतोकिएका खेलाडीलाई खरिद गरेर, खरिद-बिक्री माध्यमबाट र पदास्थापन खेलाडी खरिद गरेर खेलाडी प्राप्त गर्न सक्छन्।

खरिद-बिक्रीका लागि टिमले सम्बन्धित खेलाडीको सहमति लिनु अनिवार्य छ। खेलाडी खरिद गर्ने टिमले पुरानो र नयाँ सम्झौताबीचको फरक रकम भुक्तान गरेपछि खरिद प्रक्रिया सम्पन्न हुन्छ। यदि नयाँ सम्झौता पहिलेको तुलनामा बढी छ भने फरक रकमको अंश खेलाडी र सो खेलाडी बेच्ने टिमबीच बाँडिन्छ।

टिम संरचनाका नियम

-टिममा न्यूनतम १६ खेलाडी, एक चिकित्सक र एकजना कोच हुनुपर्छ।

-एउटा टिममा एघारभन्दा बढी विदेशी खेलाडी राख्न नपाइने र बढीमा चार विदेशी खेलाडीले एकैपटक खेल्न पाउँछन्।

-प्रत्येक टिममा कम्तीमा १४ भारतीय खेलाडी हुनैपर्छ।

- प्रत्येक टिममा बीसीसीआईको अन्डर-२२ टिमबाट ६ खेलाडी हुनैपर्छ।

यस्तै खेलाडी खरिदमा खर्च गर्न पाउने सीमा पनि तोकिएको छ, यो सीमा ५० लाख डलरको छ। अन्डर-२२ का खेलाडीको न्यूनतम वाषिर्क पारिश्रमिक २० हजार डलर तोकिएको छ। अन्य खेलाडीका लागि ५० हजार डलर छ। आईपीएलको इतिहासमा हालसम्मकै सर्वाधिक महँगा खेलाडी गौतम गम्भीर हुन्, जसलाई कोलकाता नाइट राइडर्सले चौथो संस्करणका लागि २४ लाख डलरमा खरिद गरेको थियो। यसपछि पाँचौँ संस्करणका सर्वाधिक महँगा खेलाडी रवीन्द्र जडेजा भए। उनलाई खरिद गर्न चेन्नई सुपर किङ्ग्स तथा डेक्कन चार्जस्बीच हानाथाप नै भएको थियो। अन्ततः रवीन्द्रलाई २० लाख डलरमा खरिद गरेर चेन्नईले आप\mनो पोल्टामा पार्न सफल भयो।

टेलिभिजन प्रसारण अधिकार र प्रायोजन

टेलिभिजन प्रसारण अधिकारबाट आईपीएलले आप\mनो आयको मुख्य अंश प्राप्त गर्छ। सन् २००८ मा सोनी टेलिभिजन र सिङ्गापुरस्थित वल्र्ड स्पोटर्स ग्रुप -डब्लुएसजी) सँग आईपीएलले सम्झौता गरेर टेलिभिजन प्रसारण अधिकारबाट पाँचदेखि दस वर्षको अवधिमा १ दशमलव ६ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ। यो धनराशिमध्ये ४० प्रतिशत आईपीएललाई, ५४ प्रतिशत टिमलाई तथा ६ प्रतिशत पुरस्कार राशिका रूपमा वितरण गरिनेछ। सन् २०१७ सम्म यस ढाँचाबाट धनराशि वितरण गरिनेछ भने यसपछि आईपीएलले ५० प्रतिशत, टिमले ४५ प्रतिशत र पुरस्कार राशिमा ५ प्रतिशत खर्च गरिनेछ। यस्तै आईपीएलले किङ फिसर एयरलाइन्सलाई अफिसियल अम्पायर पार्टनरका रूपमा सम्झौता गरेको छ। जसबापत आईपीएललाई भारतीय रुपियाँ १०६ करोड -दुई करोड ११ लाख डलर) थप आय हुनेछ। यसबापत खेलमा अम्पायरको पोसाकका साथै थर्ड अम्पायर निर्णयक्रममा खेल मैदानको ठूलो स्त्रिmनमा किङफिसर एयरलाइन्सको ब्रान्डहरू देखिन्छन्। सोनी र डब्लुएसजीले टेलिभिजन आईपीएलको विभिन्न मुलुकका टेलिभिजनलाई प्रसारण अधिकार पुनर्बिक्री गरेका छन्। बेलायतदेखि अमेरिका, क्यानडालगायत विश्वभरिका एक सयभन्दा बढी मुलुकमा यस प्रतियोगिताको टेलिभिजन प्रसारण हुन्छ।

प्र्रायोजन तथा आर्थिक कारोबार

भ्ाारतको सबैभन्दा ठूलो प्रोपर्टी डेभलपर्सले आईपीएलको टाइटल प्रायोजन गर्न पाँच करोड डलर तिरेको छ। यस्तै मोटरसाइकल कम्पनी हिरो होन्डासँग दुई करोड २५ लाख डलर, पेप्सीसँग एक करोड २५ लाख डलर तथा वियर निर्माता तथा एयरलाइन्स कम्पनी किङफिसरसँग दुई करोड ६० लाख डलरभन्दा बढीको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ।

बेलायतस्थित ब्रान्ड फाइनान्स नामक कम्पनीले सन् २०१० मा आईपीएलको मूल्य ४ दशमलव १३ अर्ब, सन् २००९ मा २ दशमलव ०१ अर्ब डलर भएको बताएको थियो। तर, सन् २०११ म्ाा आईपीएलको ब्रान्ड भ्यालु घटेर ३ दशमलव ६७ अर्ब डलर भएको कम्पनीले सार्वजनिक गरेको छ। आईपीएलको झन्डै आठ दर्जनभन्दा बढी आधिकारिक प्रायोजनको सहमति भएको छ भने स्वीस घडी कम्पनी ब्यान्डेलियरले आईपीएलका लागि आधिकारिक घडी निर्माण गर्ने पनि भएको छ।

पछिल्ला त्ाथ्याङ्कहरूमा आईपीएलका टिमहरूको नाफा सम्बन्धमा केही विरोधाभास देखिएका छन्। यसमध्ये केहीले आईपीएलका चार टिममात्र नाफा कमाउन सक्षम भएको बताएका छन् भने द टाइम्सले प्रायः सबै टिमले नाफा कमाइरहेको जानकारी दिएको छ। एक अनुमानअनुसार सहभागी टिमहरूमध्ये पनि सबैभन्दा कमको ब्रान्ड भ्यालु नै झन्डै चार करोड डलर भएको बताइन्छ।

क्रिकेट, राजनीति र बलिउड

क्रिकेट भारतमा सबैभन्दा लोकपि्रय खेल भएकै कारणले हुन सक्छ यसको प्रभाव सबै क्षेत्रमा देखिन्छ। नाम र दाम कमाउने सजिलो उपायका रूपमा क्रिकेटलाई उपयोग गर्छन् भारतीय राजनीतिज्ञ। भारतीय क्रिकेट संस्थामा नेताहरूको जमघट भएकै हुन्छ। यस्तै आईपीएलका वर्तमान अध्यक्ष राजीव शुक्ला सांसद हुन्। यस्तै, आईपीएलमा कोची टिमको भ्रष्टाचार विवादमा राष्ट्रसङ्घमा समेत काम गरिसकेको भारतका केन्द्रीय राज्यमन्त्री शशी थरुरले पदबाटै हात धुनुपर्‍यो। यस्तै विभिन्न पटक केन्द्रीय मन्त्री भइसकेका शरद पवारको क्रिकेट पावर पनि राम्रै छ।

आईपीएलको अवधारणासँगै भारतीय क्रिकेटमा बलिउड पनि तानिन थालेको छ। कोलकाता नाइट राइडर्सका मालिक हुन्- बलिउड नायक शाहरुख खान, जुही चावला तथा उनका पति जय मेहता। यस्तै राजस्थान रोयल्समा बलिउड अभिनेत्री शिल्पा सेट्टी तथा उनका पति राज कुन्द्राको सहस्वामित्व छ। इमर्जिङ मिडियाका तर्फबाट लाच्लान मर्डोकको लगानी छ- राजस्थान रोयल्समा। ल्ााच्लान मिडिया टाइकुन रूपर्ट मर्डोकका जेठा छोरा हुन्। यसैगरी किङ्ग्स इलेभन पन्जावमा नायिका प्रीति जिन्टा र व्यापारी नेस वाडियाले लगानी गरेकी छन्। आईपीएलमा बलिउड कलाकारहरूकै प्रभावका कारणले हुन सक्छ यसको ग्ल्यामर पक्ष बढी नै देखिन थालेको छ। क्रिकेटको खेल मनोरञ्जन तथा नृत्यको समागम आईपीएल हुँदै गइरहेको छ। त्यसैले बलिउड महानायक अमिताभ बच्चनदेखि अमेरिकन गायिका केट पेरीसम्मलाई आप\mनो आँगनमा ल्याएर क्रिकेटमा ग्ल्यामर पस्कँदै छ, आईपीएल । त्यसमा पनि चेयर लेडीहरूको नृत्यले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ।

घट्दै छ लोकपि्रयता

हालै सार्वजनिक गरिएका आँकडालाई आधार मान्दा आईपीएलको टीभी रेटिङ घट्दो छ। सात हप्ता लामो यस प्रतियोगिताको सुरुका ६ खेल हेर्नेको सङ्ख्या १८ दशमलव ७ प्रतिशतले घटेको आँकडाले देखाएको छ। विगतमा यो समय टेलिभिजनमा खेल हेर्नेको सङ्ख्या निकै उच्च हुने गर्दथ्यो।

बलिउडको चमकदमकको प्रवेशसँगै आईपीएलमा देखिएको गीत, सङ्गीत तथा नृत्य प्रयोगलाई मन नपराउने धेरै छन्। यही कारणले दुई प्रमुख प्रायोजकले प्रतियोगिताबाट हात झिकेको पनि बताइन्छ। सचिन तेन्दुलकर र्फममा नहुनु, वीरेन्द्र सेहवाग र महेन्द्रसिंह धोनीले अहिलेसम्म ठूलो धमाका देखाउन नसक्नु, युवराज सिंह क्यान्सरका कारण मैदानबाहिर रहनु, गाङ्गुलीको ब्याटिङ र युसुफ पठान पनि चम्कन नसक्नुले आईपीएलमा धेरैको रुचि कम हुँदै गइरहेको छ।

यस्तै प्रशंसकहरू प्ानि कुन टिमलाई समर्थन गर्नेमा द्विविधामा पाइन्छन्। आईपीएलका टिमहरू सम्बन्धित सहरको प्रतिनिधित्व गर्दछन् तर कोलकाता सहरका लोकपि्रय क्रिकेटर सौरभ पुणेबाट, दिल्लीका गौतम गम्भीर कोलकाता तथा बैङ्ग्लोरका राहुल द्रविड राजस्थान रोयल्सबाट खेल्छन् भने प्रशंसक कसलाई समर्थन गर्ने भन्नेमा द्विविधिमा पर्नु अस्वाभाविक होइन।á

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px