Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
कवितामै बित्यो छ दशक
जयदेव भट्टराई
 

स्कुल पढ्दा नै कविता लेख्न थाल्ने उहाँ अझै पनि कविता लेख्दै हुनुहुन्छ। ७३ वर्षे जीवनमा आइसक्दा सिर्जना र साधनाको माध्यमबाट चुलिइसक्नुभएका उहाँ भनिदिनुहुन्छ, ''मैले त्यस्तो केही गरेजस्तो लाग्दैन, जसका लागि मेरो चर्चा गर्न परोस्।'' चर्चा र प्रचारबाट टाढिन खोज्ने उहाँ स्वभावैले त्यस्तो हुनुहुन्छ। उहाँकै कविताजस्तै अरूभन्दा पृथक, अरूभन्दा अलग, अरूभन्दा भिन्न र अरूभन्दा फरक।

"वाद, गुट र परिभाषाजस्ता गन्थनदेखि कविता पर र अलग्गै छ। म वैयक्तिक सर्वोच्चतामा विश्वास गर्ने मान्छे हुँ। त्यसैले मेरा कविताहरूमा मेरो सोचाइ, मेरो विचार आउँछ।

कविताका बारेमा यसरी अभिव्यक्ति दिने कृष्णभक्त श्रेष्ठले नेपाली साहित्यमा कविता केन्दि्रत लेखनीलाई निरन्तरता दिनुभएको छ। पत्रकारिता र कवितालाई सँगै डोर्‍याएर लामो समय व्यतीत गर्ने श्रेष्ठ यतिखेर पत्रकारिताबाट विश्राम लिएजस्तै हुनुभएको छ। कविता लेखनलाई निरन्तरता दिइरहनुभएको छ, यद्यपि प्रकाशनमा भने उहाँले चासो देखाउनुभएको छैन। किन ?

"म कवितामा पुनरावृत्ति नहोस् भन्ने कुरामा सचेत छु। मैले लघुचिन्तन भनेर छोटाछोटा कविता लेखेंर त्यसको सङ्ग्रह निकाल्ने सोच पनि थियो, अहिले छैन। यही पुनरावृत्ति होला कि भन्ने डरले प्रकाशन गर्न नखोजेको हो।"

श्रेष्ठले १३ वर्षको उमेरमै पहिला कविता 'भारती'मा छपाउनुभयो। ६० वर्षे साहित्यिक यात्रामा चार कवितासङ्ग्रह प्रकाशन गर्ने उहाँ लेखन र प्रकाशनमा त्यति हतारिन हुन्न भन्ने प्रस्ट हुन्छ। काठमाडौँको ठमेलमा जन्मिनुभएका उहाँले वि.सं. २००९ सालबाट साहित्य यात्रा थाल्नुभयो भने पत्रकारिताको आरम्भ २०२१ प्रकाशन थालिएको अङ्गे्रजी साप्ताहिक 'दि नेप्लिज पर्सपेक्टिभ'मा संलग्न भएर गर्नुभयो। पत्रकारिता यात्रामा 'गोरखापत्र'का प्रधानसम्पादक, मधुपर्क मासिकको प्रधानसम्पादक हुने उहाँ ३० वर्षे पत्रकारितामा गोरखापत्र संस्थानको महाप्रबन्धकसमेत हुनुभयो।

जीवनको तीन दशक पत्रकारितामै बिताउने श्रेष्ठ अङ्गे्रजीमा एमए गरेर बसिसके पनि जागिर खाने सुरमा भने हुनुहुन्नथ्यो। घरमा बुबालाई हृदयघात भएपछि आफूभन्दा सानाको रेखदेख गर्नुपर्ने र घर हेर्नुपर्ने भएपछि उहाँ जागिरे जीवनमा जोडिनुभयो। साथै उहाँले केही समय अध्यापन पनि गर्नुभयो। पत्रकारिता र साहित्य दुवैमा आफू सफल बन्न नसकेको कुरा उहाँ सहजै भन्नुहुन्छ। "मेरो पत्रकारिता जीवनमा केही गरौँ भन्ने बेलामा मैले चाहेर पनि गर्न सकिनँ। म कुनै राजनीतिक दलविशेषको मान्छे नभएकाले सहयोग पाउन सकिनँ। साहित्यमा कलम चलाउँदा १६औँ देखि २१औँ शताब्दीसम्मका कविको प्रभावमा लेख्नेहरू एकै थलोमा बसेर लेख्थ्यौँ हामी। यो चरणमा महाकवि देवकोटा, गोपालप्रसाद रिमाल अलि नजिक थिए हामीसँग। हामीले अभिव्यक्तिको माध्यम व्यापक गर्न खोज्यौँ, आˆनो पाठक आफँै बनाउन खोज्यौँ तर हामीले आˆनो पाठकको सिर्जना गर्न सकेनौँ। यिनै कारणले सफल हुन सकेनौँ।"

०३३ मा 'कृष्णभक्त श्रेष्ठका कविता', ०५२ मा मान्छेको कथा, ०६० मा रातको दस बजे र ०६१ मा 'ठूलो मान्छे' जस्ता कवितासङ्ग्रह प्रकाशमा ल्याउनुभयो उहाँले। नेपाली लेखक सङ्घका सदस्य, रोदी र अमलेखका संस्थापक सदस्य उहाँ नेपाल साहित्यकार संसद्का संस्थापक सदस्य सचिवसमेत हुनुभयो। साहित्यमा कविता विधामै केन्दि्रत भएर लेख्ने कृष्णभक्त श्रेष्ठ आफूले कविताबाहेक संस्मरणमा कलम चलाउन खोजे पनि पूर्वाग्रही होइएला कि भन्ने डरले त्यतातिर कलम चलाउन मन नमानेको बताउनुहुन्छ। संस्मरण लेख्न धेरैले जोड गरे पनि डायरी लेख्ने बानी नभएकाले तिथिमिति यकिन गर्न गाह्रो पर्ने हुँदा अरू विधामा कलम चलाउन नखोज्ने उहाँ भन्नुहुन्छ, "जीवनमा मैले कहिल्यै आˆनो कविता त कण्ठ गर्न सकिनँ भने संस्मरण लेख्ने त कुरै आएन।"

जीवनमा साहित्य र पत्रकारितामा योगदान दिए पनि कवि श्रेष्ठ ओझेल परेजस्तै हुनुभएको छ अचेल। नयाँसडकको पीपलबोटमा साथीभाइमाझ गफिएर बस्ने, सभासमारोहमा देखापर्ने उहाँ अचेल यी सबबाट टाढिनुभएको छ। लेखेर राखेका रचना र कृतिसमेत छपाउने जाँगर छैन उहाँमा। 'मिडिया'का कारण कतिपय स्रष्टाहरू कहाँबाट कहाँ पुगिसके उहाँ भने मौन बस्नुभएको छ। केका

लागि ? किन उहाँलाई ओझेल पारिँदै छ ?

"मलाई कसैले ओझेल पारेका होइन, म स्वयम् ओझेलमा बसेको हुँ। हाम्रो समयमा पनि 'प्रचार'को चलन थियो। समूह बनाएर एकले अर्कोको प्रशंसा गर्ने गर्थे। यो मानवीय स्वभावै हो।" मैले जीवनमा कहिल्यै आˆना कृतिहरूमा अरूलाई भूमिका लेखाइनँ। कहिल्यै पनि आˆना कृति समीक्षार्थ दिइनँ। मलाई लाग्छ, समीक्षा गर्न योग्य छ भने त किनेर पनि गरिहाल्छन् नि।"

"कृष्णभक्त श्रेष्ठका कविता सरल शैली र पदावलीमा अभिव्यक्त हुन्छन् र स्थानीय तथा राष्ट्रिय अवस्थामा आधारित भए पनि विश्व समस्या, सभ्यता र जीवन दर्शन बोल्छन्। युगको त्रास, मूल्यहीनता, निस्सारता, परम्पराको बोझ, शोषण, अस्थिरता र अनिश्चितताले कविलाई संसार श्मशानजस्तै देखाएको छ र मानवलाई निष्प्राण। जीवन र जगत्प्रति कविको व्यङ्ग्य कहिलेकाहीँ उत्तिकै तीक्ष्ण भएर निस्कन्छ।"

साझा कवितामा सम्पादक डा. चूडामणि बन्धुले भन्नुभएजस्तै कवि कृष्णभक्त श्रेष्ठको मौनता कतै जीवन र जगत्प्रति उहाँको व्यङ्ग्य त होइन ?

अमलेखमा संलग्नता, मुकुटको प्रत्येक अङ्कमा एकएक साहित्यिक वादलाई महत्त्व दिएर प्रकाशित गर्ने क्रम, नेपाल साहित्यकार संसद्सँगको संलग्नता, आˆनो पाठक आफैँ बनाउनुपर्छ भन्ने अभियान यी सबैमा सफल हुन नसकेको जस्ता कुरा उहाँ निर्धक्क भनिदिनुहुन्छ। जीवनको अधिकांश समय ठमेलमै बिताउने कृष्णभक्त श्रेष्ठ केही वर्षदेखि धुम्बाराहीमा बस्दै आइरहनुभएको छ। झट्ट हेर्दा कडा मिजासका जस्ता लागे पनि सरल र उदार कृष्णभक्त सहजै भनिदिनुहुन्छ, "म अलि अहम्वादी पनि हँु। म आˆनो परिचय गराउन त्यति रुचाउन्न। म प्रचारमुखी हुन रुचाउँदिनँ।" मनमा लागेका कुरा सहजै भनिदिने कृष्णभक्तजस्ता व्यक्तित्व हम्मेसी पाइँदैन। मान्छे यथार्थ त्यति रुचाउँदैन, प्रचार रुचाउँछ, प्रशंसा रुचाउँछ, कृष्णभक्त श्रेष्ठ प्रचार र प्रशंसा रुचाउनुहुन्न, यथार्थ रुचाउनुहुन्छ।

व्यथित काव्य सम्मान, महाकवि देवकोटा सम्मान, हरिहर शास्त्री सावित्रीदेवी पुरस्कारबाट सम्मानित कृष्णभक्त श्रेष्ठ नेपाली कविता क्षेत्रका सफल र सशक्त कविका रूपमा चिनिनुभएको छ, सम्मानित हुनुहुन्छ। नेपाली र अङ्ग्रेजी भाषामा ३० वर्ष पत्रकारिता गर्ने, साहित्यमा ६० वर्ष बिताउने, असल शिक्षक र स्वाभिमानी व्यक्तित्व बनाउन सफल श्रेष्ठले आफूलाई सफल नभने पनि हामीले भन्नैपर्छ उहाँ सफल हो। उहाँले प्रचार र प्रशंसा नचाहे पनि हामीले उहाँको सिर्जना र साधनाको प्रशंसा गर्नैपर्छ, प्रचार गर्नैपर्छ जसले कवितामै ६ दशक बिताइसक्नुभयो। á

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px